हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

साउथ बीचमा यती

सुन्दर जोशी, (वेष्ट पाल्म बीच, फ्लोरिडा)

साउथ विचको एउटा रेष्टुरेन्टमा विशाल सागरको वगर भरी आँखा छरेर बसिरहेका थियौ हामी । भर्खर सागर बाटै उत्पति भए जस्तै अबस्थामा एकहुल युवतीहरु वगर छिचोल्दै हामी बसिरहेको रेष्टुरेन्ट भित्र छिरे । आफ्नो त आँखा बिझाउन छाडिसकेको थियो अर्थात अभ्यस्त भै सकेका थिए । तर भर्खर आइपुगेको साथी केसाङ भने आंखा अन्तै डुलाउने प्रयास गरि रहेको थियो । कस्तो अनर्थ,  एउटी मैया त टक्क अडिएर हामीलाई नै नियाली रहेकी थिई । म उस्को हेराईको आसय बुझ्ने प्रयास गर्दै थिए । उ त लगभग चिच्याई "यती एट द बीच” भनेर । सगरमाथाको काखबाट सिधै समुद्रको सतहमा आईपुगेको केसाङको अनुहार आंधी आउनु अघिको आकास जस्तै थियो । छिन छिनमा बादलका हुलहरु उ ि रहेको उसको अनुहार नियाल्दै उनले भनिन् " केसाङ, मलाई चिनेनौ ? म जेनिफर तिम्रो गोक्यो तालको डलफिन”

अनायास केसाङको अनुहारमा विहान देखियो र उ स्वभाविक हुने प्रयास गर्दै थियो, आतुर जेनिफरले अंगालोमा बाधी हाली । "मेरो यतीलाई यहाँ भेटेर म अति खुशी छु, सायद तिमी उसको साथी हौ ” विस्तारै अंगालो खुकुलो पार्दै आँखा नचाउँदै प्रष्ट नेपालीमा मलाई सोधी । मैले स्वीकृतीमा टाउको मात्रै हल्लाई दिएँ । उनीहरु दुईजना गफिन थालेको देखेर मनमनै सोचेँ 'साउथ बीचको यती र गोक्यो तालकी डलफिन विच केही रहस्यपुर्ण सम्बन्ध त पक्कै पनि हुनै पर्छ । उनीहरुलाई आफ्नो उपस्थितीले असजिलो नभई दियोस भनेर म एउटा बहाना बनाई त्यहाँबाट हिँड्न खोजेँ ।

कति बा ी होली, मेरो आसय बुझेर प्रशन्न हुदै भनि "तिमो फोन नम्बर दिएर जाउ न”

म आफ्नो फोन नम्बर उनलाइ दिएर टाप कसेँ । केसाङले एक शब्द पनि सोधेको होईन 'कहाँ जाने, कतिबेला लिन आउने' आखिर यती न हरियो । म मन मनै मुरमुरिदै सिधै बे साईड तिर हान्निएँ ।

सगरमाथाको आधार शिबिरतिर पर्यटकहरुको हुल लिएर हिँडी रहँदा केसाङ प्राय यतीको हाउभाउ गरेर सबैलाई हँसाई रहन्थ्यो । म ती पुराना दिनहरु सम्झदै भावनामै कालापत्थरको गेगरहरुमा हिँड्न थालेछु । अनायास फोनको घण्टी बज्दा ेस लागे झै झस्किएँ । झण्डै डेढ घण्टा पछि फोनको घण्टी बज्यो । केसाङ बोली रहेथ्यो- "हैन कता भागेको मलाई यो भवसागरमा एक्लै छाडेर ? ”

"तॆरो डलफीन लागि समुन्द्र तिर ?”  मलाई पनि झोक चल्यो ।

मेक्सीकन जांडको कप बोकेर म उनीहरु भएको ाउंमा पुगे । जेनिफर अघि जस्तै दुई त्यान्द्रो लुगामा थिइनन् । अर्थात उनीहरु उनको को ामा पुगेर फर्कि सकेका थिए । निकै सभ्य देखिने पहिरनमा झन राम्री देखिएकी थिई जेनिफर । मलाई बस्ने संकेत गर्दै मार्गरिटाको चुस्किलिदै सोधी "केही पिउने ? ”

एउटा कुनामा सकिराको साल्सामा जोबनहरु हल्लिन थाली सकेको थियो, नपिउने त कुरै थिएन । मैले मेक्सीकन जांडको कप केसाङको अगाडी राख्दै भने ।
"यतीलाई मनपर्ने जांड"  उ यसरी हांसी की थुप्रै आँखाहरु अनायास हामीतिर बटारिए ।

"तिमीले कुन मार्गरिटा पिएको ?” मैले स्थान ग्रहण गर्दै सोधे । "प्रेसिडेन्टे” साउती मै उसले भनि ।

"मलाई पनि त्यही मन पर्छ”  मैले भने । मुसुक्क हांस्दै उसले केसाङको हातबाट जांडको कप तानेर चाखी र भनी "कस्तो रमाईलो हुने थियो यदि दुई तिन दिन अघि नै तिमीहरुलाई भेटन पाएको भए ।”  जे होस तिमीले मेरो यतीलाई याहासम्म ल्याएकोमा धेरै धन्यबाद । जेनिफर मसंग सहज हुने प्रयास गर्दै थिई ।

"तिमी चाहान्छौ भने …” मेरो कुरा बिचैमा काटेर उनले भनी "अबको दुई तिन घण्टा पछि त म मायामी छोड्दै छु। दुई हप्ता पछि त म तिम्रो देशमा हुने छु ।”

"नेपाल जाँदै छौ फेरी ? तर तिम्रो देशको बिदेश बिभागको बिज्ञप्त्तीमा त नेपाल भ्रमण गर्न खतरायुक्त मुलुक भित्र पर्छ नी ”मैले उसको प्रतिकृया नियाल्दै भने ।

"त्यस्तो बिज्ञप्त्ती तिमीहरु जस्ताका लागि, म त फ्रिक्वेन्ट्ली नेपाल गई रहन्छु । मलाई केही फरक पर्दैन ।” उसले उल्टै मलाई व्यंग्य कसी ।

"के गथ्र्यौ नेपालमा ?”

"मेरो यतीसंग हिमालहरु चाहार्थे ।" केसाङको कपाल सुमसुम्याई  दिँदै रहस्यपुर्ण मुस्कान छाडी।

"तिमी नेपाली यति राम्रो बोल्छ्यौ कि खाली हिमाल चाहार्ने काम मात्रै त पक्कै पनि होइन ।” मैले पनि नछोडने हिसाबले सोधे ।

हांसी रहेको कुहिरो आंखाले मलाई भित्रै सम्म नियाल्दै भनि "नेपालको दुर्गम ाउंहरुमा पाईने जडीबुटीहरु माथी आधारित थियो मेरो पि.एच.डी. को अनुसन्धान । माथिल्लो मुस्तांगी भेगको आम्चीहरु अर्थात त्याहाका स्थानिय डक्टरहरु मेरो थप अनुसन्धानको विषय हो ।”

मैले उनलाई पुलुक्क हेरेँ । उनको उमेर र ब्यक्तित्व संग पोष्ट डक्टरल डिग्री दांजी रहेको थिएँ । उसले मेरो हेराइको गलत अर्थ लगाई छ र सोधी
"बिश्वास लागेन ?”

"हैन, हैन, म त सोचि रहेको थिएँ  अहिलेको स्थितीमा…………”

"यात्रा गर्नु खतरा छ ।” उनले मेरो कुरा काट्दै भन्न थालीन् "खतरा त छ, तर आफ्नो कामलाई प्राथमिकता दिने हो भने डराएर काम पनि त चल्दैन । फेरी त्यो भेगका मानिसहरुको उन्मुक्त हांसो र निश्चल ब्यवहार पनि त गुमाएको छु मैले ।”

"तिमी किन खतरा मोली मोली फेरी ती ाऊँहरुमा जान चाहन्छौ जहाँ झण्डै तिम्रो जिवन समाप्त भै सकेको थियो” अनायास केसाङ केही उत्तेजित भै  सोधी रहेथ्यो ।

"उनिहरु मसंग ससंकित थिए । कतै म गाउंलेहरुलाइ उनीहरुको विरुद्ध भडकाई नदिउँ भनेर । तर मेरो काम उनीहरुको बिरुद्धमा थिएन ।” जेनिफरले भनि ।

म जिल्ल परेको देखेर केसाङले भन्यो "जडीबुटीको कालो धन्दा गर्ने दलालहरुले उनलाई झण्डै समाप्त पारी दिएका थिए ।”

"किन ?”


"किन रे ? ” मेरो प्रश्न सुनेर केसाङ झन आक्रोसित हुदै भन्न थाल्यो- "किन भने उनीहरु एक पैसा राजस्वमा नबुझाई करोडौको अमुल्य जडिबुटी विदेशी दलालको गोदाममा पुर्याइ रहेका छन ।”

"सरकारले उनीहरुलाई रोक्न सक्दैन  ?” सारै हलुंगो प्रश्न गरेछु क्यार दुबै जनाको आंखाले मलाई घुर्न थाले ।

"तिमीलाई केही पनि थाहा छैन, उनीहरुको नेटवर्क धेरै ुलो छ- गाऊँको सिपाही देखि सिँहासनमा बस्नेहरु सम्म । पदमा बस्नेहरुको विदेशी बैक खातामा करोडौ जम्मा भई रहेको हुन्छ । यदि त्यही रकम देशको ढुकुटीमा जाने हो भने सिङगै नेपालको स्वरुप बदलीन सक्छ ।”

"अनि … ।” म केहि सोध्न चाहन्थे तर मलाई वोल्नै नदिई जेनिफरले सिलसिला जोडिन । "अनि दुखको कुरा अंग्रेजी दन्त्य कथाका रबिन हुडहरुपनि उनीहरुसंग चन्दा मात्रै उ ाउँछन ।”

"हो र ?” मैले आश्चर्य ब्यक्त गरेँ ।

"बिश्वास गर,  त्यहाँ परिवर्तन हुनलाई प्रलय आउनु पर्छ । नत्र शहर बजारमा घुस र गाऊँघरमा चन्दा यो क्रम रोकिने वाला छैन ।” जेनिफरले मार्गरिटाको लामो चुस्की लिदै यी कुराहरुको प्रसंगलाई पुर्ण बिराम लगाइ ।

केसाङ पनि इलेक्ट्रिक लेमोनेड यसरी तानी रहेथ्यो मानौ त्यो वौद्धको छयाङ हो । मेरो लागि अर्को पेग अर्डर गर्दै जेनिफरले सोधीन् "तिमी नेपाल नगएको कति भयो ? ”

"झण्डै दश लाग्यो ।” मैले भनेँ

"जाने बिचार छैन ?”

"जान्छु”

"जानु पर्छ । यहाँ तिमीसंग सबै भौतिक सुख सुबिधाहरु हुन सक्छ तर थुप्रै संकट र क िनाईहरुमा पनि तिम्रो देश साँच्चै सुन्दर छ ।”

म भावुक भई आफ्नो घर परिवार, आफ्नो गाऊँको पाखा, पर्वतहरु सम्झिन थालीसकेको थिएँ ।

"तिम्रो मौनताभित्र ुलो वेदना र यथार्थ लुकेको छ । तिमी भावुक हुँदैछौ ।” उनले मेरो अनुहार चियाई । जवाफमा मैले एक शब्द पनि वोल्न सकिन । बरु झन विक्षिप्त मुटु सम्हाल्दै कल्पनामै भए पनि आफ्नो देशसंग नजिक हुने प्रयास गरिरहेको थिएँ ।

"म तिमीलाई दोष दिन्न । अमेरिकन ड्रिमका बिभिन्न रुपहरु छन । मेरो बुबा आ महिनाको गर्भवती मेरी आमालाई जसको गर्भमा म थिएँ लिएर एउटा सुनसान रातमा दलालहरुको का को डुँगामा बसी क्युवाबाट भागेर हिडेका थिए । अहिले मेरो बुबा मायामी विश्व बिद्यालयमा प्रोफेसर हुनुहुन्छ र म तिम्रो सामु छु ।”

"अनि आमा ?” केसाङले गरुङ्गो स्वरमा सोधी हाल्यो ।

"दलालहरुले वहाहरुलाई किनार भन्दा धेरै माइल पर समुन्द्रमा फालेर भागे रे । मेरी आमाको अमेरिकन सपना कोष्टल गार्डहरुको इमरजेन्सी भ्यान सम्म…”

जेनिफरको स्वर अबरुद्ध भयो र आँसु टिलपिलाएको आँखाले उनी हामीलाई नियाल्न थालिन ।

"तर मेरो पुख्र्यौली देश क्युबा जसलाई मैले चित्र र टेलिभिजनको पर्दामा मात्रै देखेको छु ……” फेरी पनि उनको गला अबरुद्ध भयो र उनले बुढी औंला तलतिर संकेत गरि अधोगती दौडी रहेको छ भनी । केसाङ जुरुक्कै उ ेर बाहिर दौडियो । आंसुले टिलपिल जेनिफरका सुन्दर आँखाहरुले उसलाई पच्छायो ।

"जे होस तिमीहरुसंगको भेटघाट साँच्चै नै अबिष्मरणीय भयो । म मेरो आमाको स्मृतीमा संसारको जुनसुकै कुनामा भए पनि यति बेला यहाँ आई पुग्ने प्रयास गर्छु । वहाँको अन्त्यष्टीको दिन हिजो थियो ।”

म मनमनै सोची रहेको थिए सांच्चै नै उनीसंग दुई तिन दिन अघि भेट्न पाएको भए हामीले पनि उनको आमाको चिहानमा फूल राख्न पाउने थियौ ।

जेनिफरले मसंग हात मिलाऊँदै भनी "लौ त, फेरी भेटौला कुनै दिन ।”  अनी उनी बाहिर उभिई रहेको केसाङ छेउ पुगीन । के के भनीन मैले सुन्न पाइन तर उनले खल्तीबाट केही निकालेर केसाङको हातमा जवरजस्ती थमाई रहेकी थिइन ।

साँच्चै गरुङ्गो थियो हाम्रो बिदाई । हामी ओझेल नपरुन्जेल जेनिफर हामीलाई हात हल्लाई रहेकी थिइन । सागरको किनारभरी फैलिएको मायामी शहरमा अस्ताउन लागेको घामले विरक्त लाग्दो रंग छरेको थियो । केसाङ हातमा भएका डलरका नोटहरु नियाल्दै घरीघरी मलाइ हेरी रहेको थियो । म भने स्वयम आफुलाई साउथ बीचमा आइपुगेको एउटा यती मात्रै ानी रहेको थिएँ । इतिहास र दन्त्यकथाको पात्र यती । हिमाल जस्ताको तस्तै भएपनि हिउंमा आफ्नो अस्तित्व बिलाउंदै गएको यती ।

समाप्त

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |