हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

ढिलो भएपनी उनी एक दिन आउंछन

पुरुशोत्तम सुबेदी, (बेल्जियम)

दुरान फर्कायर हो गको । एघार बर्ष भए । काआत बनाएर आउछु भनेका छन । लोग्ने बिनाकी बुहारी- कसै संग हांसे पनि बोले पनि घरमा रिस गर्छन् । दाजुले फोन नगरे, पैसा नप ाए पनि नन्द मै माथि जाइ लाग्छिन । छोराले हप्ता दिन फोन नगरे सासु पनि संका काट्छिन । आफ्नो पोईलाई प्वाओ कमाउने अर्ती दियकी होली नि भनेर।  बिबाह हुंदा म २२ बर्षकी थिएँ । अहिले त म सात कम दुई बीसकी पुगें । बल्ल बल्ल भनसुन गरेर माइत हिंडेकी -आज भाईको छोरा- भतिजाको बर्तवन्ध हो रे । भरे तुरुन्तै फर्कनु छ -देवोर को छोरा लाई बोडिंङबाट ल्याउनु पर्छ, चारै बजे आइपुग्नु पर्छ । अस्ति फोन गरेका थिए । मुसिर सम्ममा आई पुग्छु भनेका छन,  कुन्नी त्यसो भन्न लाएको ३ बर्ष भयो । खै मलाई त पत्यार पनि लाग्नै छोड्यो । आफुलाई राम्रो लागेको साडी लागाएर हिंडे पनि कुरै काट्छन- पोइले बेल्जियमबाट कमाएर प ाइ दिएको छ र खुब लगाउने भएकी छे आदी आदी । हा - मलाइ त यही घरेलुकै मन पर्छ । चप्पल पनि छिनेका थिए, खाली खुट्टामै छु । बैंस त कुनै थाहै नपाई गइसक्यो, के को चप्पल ? चाडपर्व आउँदा पनि खुशी लाग्दैन । पोहोर साल तिज्मा लिन बा आएका थिए जान दीनन सासुले । ४ वटा त भैंसी छन सबै मेरै थाप्लोमा हो । कहिले कांही त घांस काट्दा काट्दै टोलाएर आफु कहाँ छु थाहै नहुने -सानो भारी देखे सासुको मुखै बांङो देखिन्छ । मेरो सिरिमानले कमाएर न प ाए यो घरको छाकै टर्दैन । तै पनी म कती हेलां भएकी । सासुपनि मैना मैनामा मेरो को ामा छिर्छिन -पोइले कन्ना पछाडि केही प ाएको पो छकी यसलाई ? राती पनि चिओ गर्छिन कतै गई कि भनेर । पानी लिन जांदा पनि कौसी बाट हेर्छिन रे । रोपाइका खेताला तिर पनि संका काट्छिन । आखिर के को बन्धन हो मलाई यस्तो ? म उन्को छोराको सपना सजाउन आएकी । आखिर म गो ाली मात्रै भएँ । पल्तिर जयन्द्रेसंग के कुरामा हो कुन्नी म एकदिन हांसेकी थिएँ, सासु ले कुरो लाइछन, लोग्ने यस् मैना बोलेनन् । मलाई पनि कुरा लगाउनेको तांति नै छन नि । तर त पत्याउन्न !  खैरिनी ल्याएर बसिच्चन रे --तिम्रांकाले भन्छन - खै के हो के हो । दुरानको भोली पल्टै हिंडेका हुन । त राम्रोसंग अनुहार पनि हेर्न कहाँ पाएकी थिएँ रतर मन त दयालु होला जस्तो लाग्छ । ढिलो भएपनी उनी एक दिन आउछन ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |