हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

बोझ

शुषमा मानन्धर, (कुमारीपाटी, ललितपुर)

फुटबलको साह्रै क्रेजी ऊ । पहिले पहिले त उमेरमा अलि खेल्थ्यो पनि तर अव शरीर र समयले नदिएर अचेल फुटबल खेलवाट सन्यास लिइसकेको छु भन्दै आफूलाई चित्त बुझाउन थालेको छ । वल्र्डकपको बेला उसलाई अरु के चाहियो र ऊ जति बेला पनि टिभी कै अगाडि आंखा तानी रहेको हुन्छ । उसको चियाचमेना र खाना खाने काम पनि को ा मै टिभी हेर्दाहेदै हुन्छ । गएको रात पनि फुटबल म्याच हेरी अनिँदो बसेको उसले सवा दशमा अफिस आई मेचमा बस्न नपाउँदै चुटकी बजाई लामो हाइ काढ्यो । रातभरि बसियो तैपनि आफूले सर्मथन गरेको टीमले जित्न सकेन उसलाई यसैमा थकथक छ । "थुक्क, कस्तरी खेलेका बजियाहरुले ! कम्तीमा एउटा गोल त फर्काउनु पथ्र्यो ।" ऊ आफै गन्गनायो ।

प्रशासनको हाकिम आई सकेका थिएनन् त्यसैले उनको को ाबाट आजको दैनिक पत्रिका मंगाई आद्योपान्त पढ्यो उसले । केहीवेर पछि पिउनले ल्याएको कालो चिया पनि खायो अनि घर्रा तानेर एउटा फाइल पल्टायो । हिजो उ ेको टिप्पणीको फाइलमा उसको आफनो मन्तव्य र सिफारिस लेख्नु थियो उसलाई । दुइ तीन लाईन लेख्यो पनि । अरु चैं लेख्नै मन लागेन । निद्रा नपुगेर हो कि शायद उसलाई हाइले निकै सतायो । उसले आफ्नो नाडी घडि हेर्यो सांढे बाह्र हुंदैछ । आज किन घडिले एक बज्न यस्तो ढिलो गरेको । समय मिलेन कि भनी उसले अरुसंग पनि भिडाई हेर्यो त्यत्ति नै हो सांढे बाह्र । ऊ नजिकै सहकर्मीको को ामा छिर्यो कम्प्युटरको काममा व्यस्त भन् ानेका सहकमी अर्कै दुनियांमा व्यस्त रहेछन् । इन्टरनेटमा खबर खोजिरहेका ती सहकर्मीले एकदिन अगाडि न्यूरोडमा भएको दुई महिलाको भिडन्त बारेको समाचार इन्टरनेटमा पढेका हुन कि भनी ऊसंग सोधे । उसले आफूले त्यो रोमान्चक खबर अहिले सम्म पढी नसकेको बताउँदै खाजा पछि पढ्ने विचार गर्यो । तिनीहरु एउटै राजनैतिक धारका, त्यसैले साह्रै गफ मिल्छ । सानो राजनैतिक धागोबाट शुरु भएको गफमा दुबैले एक घण्टा सम्ममा ूलै कम्बल बुन्न सकाए ।

" ओहो । खाजाको समय नै बित्न लागेछ !!"  भन्दै ऊ उ ्यो । उसलाई आज चिउरा र पिरो आलु अचार खान मन लाग्यो त्यसैले सधै खाजा खाने ाउँमा नगै अलि टाढाको पसलमा पुग्यो । खाजा खाई आउँदा तीन बजीसकेथ्यो । सवा तीन देखि अर्को हाकिमको को ामा मीटिङ्ग बसियो सवा चार त्यसै बज्यो । आफ्नो कार्यकक्षमा फर्केर एक पल्ट इन्टरनेट हेर्यो दुई चार इमेल गर्दैमा पाँच पनि बजेछ । उसले जिउ तन्कायो कर्याक कुरुक औंला पड्कायो आज त साह्रै थाकियो । आजको जागीर पनि पाक्यो, ऊ बच्चो झैं रमायो ।

व्याग बोकी ढल्कंदै थकित मुद्रामा घर पुग्यो ऊ । त्यो बेला उसकी श्रीमती सोफामा हात खुट्टा लुला छाडेर असरल्ल पसारेकी थिई, थाकेकी जस्ती । उसले कारण सोध्यो । "थाकें, दिनभरिको कामले लखतरान परेर सुस्ताएकी" भन्ने जवाफ पायो उसले श्रीमतीबाट । छक्क पर्यो ऊ र उल्टै प्रश्न गर्यो उसले श्रीमतीलाई 'घरमै बसी पनि कोही थाक्छन् र ? दिनभरि घरमा के नै काम हुन्छ र गर्न ? खाएको थाल मस्काउने, बढारकुंडार, लुगा धुने, बजार जाने, खाजा बनाउने, छोराछोरीलाई हेर्ने यत्ति मात्र हैन ? उसको निचोडमा यी कुनै कामै हैनन् । त्यो त महिलाले निर्वाह गर्नु पर्ने आफनो धर्म र दायित्व हो । काम भनेको बाहिर अफिस जानेहरुले गर्छन त्यसैले उनीहरु थाक्छन् पनि । आज कत्ति धेरै काम गरेको छ उसले । एउटा भए पो सम्झनु ।

"जा जा तातो चिया बनाएर ल्या, समाचार वित्न लाग्यो होला ।" श्रीमतीलाई अह्राउँदै उसले टि.भी. खोल्यो । लुगा धॊएर सोझ्याउन नपाएको ढाड समाउंदै सकी नसकी श्रीमती उ ी चिया बनाउन । यति मात्र कहां हो,  उसले त अझ भरेको लागि खाना पनि पकाउनु छ । तरकारी छैन, कसले किन्न जान्छ ? श्रीमान घर आएपछि आजको उनको ड्युटी सकियो तर विचरी घरमा खटेर काम गर्ने उसकी श्रीमतीको कामको सीमा कहांनिर छ उसले गरेका अथक र अनगिन्ति कामको पहाड मुनि ऊ थिचिएकी छे तर उसले बोकेको उसको यो बोझ कसले महशुश गरिदिने हो ?

mdhsusma@yahoo.com

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |