हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गीत

विपुलश्री सिजापति , ( काठमान्डौ )

केही मौनका केही भाखाको नि कसुर थियो   
केही मनको केही आँखाको नि कसुर थियो 
कति आँधी सह्यो चड्को सह्यो होला मनले   
डढ्यो मन मनकै आगोको नि कसुर थिए   

कँही पत्थर कुनै बाटोको फेरि लत्यायो होला  
कतै बाटोकै पत्थरमा फेरि शिर झुकायो होला
कहीँ हाँस्दै लुकायो होला आँसु उसले उत्सवमा
कहीँ एकान्तमा फेरि आँसुले रुवायो होला
रुँदारुँदै केही तोडेर रोयो केही जोडेर रोयो  
केहीँ मुठ्ठीमा च्यापेर केही भुईँ छोडेर रोयो
जब आँसु झरे कारण कतै केही जरुर थिए  
डढ्यो मन मनकै आगोको नि कसुर थिए   


कति गहिरो थियो माया कति गहिरो लगाव थियो
ती भन्नेले भनी दिए यो किस्मत नै खराब थियो
जब तस्बिरको एक छेउ मेरो च्यातियो होला 
जब रोकिएर सास मन पनि निसास्सियो होला
जब छरपस्ट मेरा टुक्रा टुक्रा आत्तिदै उठायो होला 
कतै म बिझ्न पुगी घाउ पनि लगायो होला   
हरेक टुक्रामा सग्लो थेँ देखाइमा पो दूर थिए
डढ्यो मन मनकै आगोको नि कसुर थिए  

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |