हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

अन्तिम रात

होमशंकर बास्तोला, (दुवेकोल-७ खोटाङ)

तल्लाघरे रने अस्ति मात्र शहरबाट गाउँ आएको थियो । यो उसको लागि गाउँका पुराना साथीहरुसँग भेटघाट गर्ने सुनौलो अवसर थियो । ऊ धेरै जसो शहरमा बस्दथ्यो । ऊ शहरमा के गर्दथ्यो त्यो उसलाई मात्र थाहा थियो ।

जुनूका बाबु आर्थिक रुपले कमजोर थिए । विद्यालय पनि घरदेखि निकै टाढा भएको हुँदा यसले पढ्न पाएकी थिईन । ऊ साँच्चै निरक्षर नै थिई । दैनिक घाँसदाउरा र गाईबाख्रा चराउनमै उसका दिनहरु बितिरहेका थिए ।

पुसको जाडोमा एकाबिहानै आँगनमा सुकुल ओछ्याएर जुनूका बाबु घाम तापेर डोको बनिरहेका थिए । जुनू पनि बाबुसँग गफ गर्दै थिई । त्यसै समयमा रने उसको घरमा आयो । जुनूका बाबुले सुकुलमा बस्ने आग्रह गरेपछि ऊ बस्यो ।

"होइन बाबु ! तिमी शहरबाट कहिले आयौ ? अहिले कहाँ छौ ? के गर्छौ हँ ?"  जुनूका बाबुले एकै वाक्यमा केही प्रस्नहरु सोधे । उसलॆ आफूले राम्रो काम पाएको र कामको लागि केही मान्छे खोजेर लानु पर्ने कुरा बतायो । गफको सुरमा उसका आँखा पटकपटक जुनूसँग जुधिरहेका थिए ।

"राम्रो काम पाइन्छ भने मलाई पनि लगेर लगाइ दिनु न अंकल ।" जुनूले बाबुको अनुहार हेर्दै भनी ।

"तिमीले त चिन्तै गर्नु पर्दैन ! राम्रो र धेरै तलव पाउने जागिर लगाइदिन्छु हिँड मात्र न।" रनेले कुरा थप्यो । जुनूका आमाबाबुसँगको तीन÷चार घण्टाको वातचितपछि ऊ फर्कदा जुनूलाई जागिर लगाइ दिने सहमतिका साथ बिदाबारी भयो ।

केही दिनपछि जुनू र रने शहरतिर लागे । दुई दिनसम्मको पैदल यात्राले ऊ थिकिसकेकी थिई । रने बस्ने शहर जानको लागि कटारीमा आएर बस चढ्नु पर्दथ्यो । जुनूले आजसम्म न बस देखेकी थिई न त चढेकी नै । कटारीका दुई÷तीन तले रङ्गरोगन गरेका पक्कीघरहरु देखेर ऊ पुलकित भइरहेकी थिई । ऊ गाउँमा हुँदा खोलापारिको डाँडामा देखिने टिन टल्केको स्कुलको छानो वाहेक अन्यत्र टिनको छानोसम्म देखेकी थिईन ।
 
अर्को दिन वीरगन्जको बसस्टेण्डमा आइपुगेपछि उनीहरु एउटा होटलतिर लागे । "अंकल, तपाई बस्ने शहर आइपुगेको हो ? जुनूले सोध्दा "कहाँ आइपुग्नु नि ! अझै दुई दिन लाग्छ' भनेको र ऊ बस्ने शहर पुग्न रेल चढ्नु गर्ने बताएको थियो ।

साँझको बिजुली बत्तीमा घर-अफिसमा झुण्डयाएका बोर्डहरुमा आफ्नो नाम ेगाना लेखिएका भए पनि जुनू पढ्न जान्दिन थिई । ऊ अग्लाअग्ला घरमा रङ्गीचङ्गी बत्तीहरु बलेको देखेर दङ्ग थिई । वीरगन्जमा दुई दिन बस्दा रनेले अनेक प्रलोभन देखाएर जुनूमा फक्रदै गरेको बैंस चुडेको थियो । जुनूले पनि जागिरको आशा र नमाने छोडी दिने उसको धम्कीले बिचल्लीमा पर्ने सोचेर उसलाई आफ्नो बैंस धोग्न दिएकी थिई ।
 
त्यहाँबाट ऊ बस्ने शहर पुग्न बोडर पार गर्नु पर्दछ । त्यसैले उसले पहिले नै जुनूलाई भनेको थियो "जुनू बोडरमा चेकिङ हुन्छ होस गर्नु पर्छ है । आइमाई र लोग्नेमान्छे एकै साथ हिँडेको देखेमा 'कहाँ हिँडेका ? के गर्छौ के काम छ ? आदि सोधेर दिक्क लगाउँछन् । सोध्न महिलाहरु बसेका हुन्छन् । हामीसँग पासपोर्ट पनि त छैन नि ! सीमा पार गर्न त पासपोर्ट न चाहिन्छ । हामी सीमा पार गर्दा छुट्टाछुट्टै रिक्सामा चढेर जानु पर्छ । रिक्सा रोकेर तिमीलाई सोधीहाले भने सामान किन्न रक्सौल गएको भन्नु पर्छ है नत्र गाह्रो पर्छ नि ।"

उसलाई के थाहा भारतसँगको खुल्ला बोडरमा पासपोर्ट चाहिंदैन भन्ने । गाउँघरमा हुँदा तल्लाघर माथिल्लाघरका युवाहरु साउदी अरव, कतार र अन्य देशमा कामको खोजीमा जानको लागि पासपोर्ट चाहिन्छ भनेर बनाउन सदरमुकाम गएका छन् भन्ने सुनेकी थिई । उसले यहाँबाट पार हुन पनि पासपोर्ट चाहिएला भन्ने सोचेर हुन्छ भनेकी थिई ।

दिउँसो रेल छुट्ने हुँदा दुई घण्टा अगाडि नै उनीहरु वीरगन्जबाट रिक्सा चढेर रक्सौल लागेका थिए । वीरगन्ज भन्सार र शंकराचार्य गेटको बीचमा प्रहरीको जस्तै बिट बनाएर बसेका माइती नेपालका कर्यकर्ताहरु सँगसँगै हिँडिरहेका महिला-पुरुषहरुलाई सोधपुछ गरिरहेका थिए । जुनू त्यहाँ पुग्दा अगाडिको शंकराचार्य गेटले उसको एकाग्रता पिइलिएको थियो । अघिल्लो रिक्सामा रने र पछिल्लो रिक्सामा ऊ बसेर विनारोकतोक उनीहरु रक्सौलको प्लेटफारममा पुगिसकेका थिए । रक्सौल शहरको बुङबुङ धुलो र शडक छेउको फोहोरले ह्वास्स नमी ो गन्ध आइरहेको थियो । गन्तव्य स्थानतिर टुँ…टुँ… गर्दै आएको रेलमा चढेर उनीहरु मुम्बईतिर लागे । बाटोमा आउँदाको क्षण र त्यहाँ पुग्दाको क्षण त जुनूलाई रमाइलो लागेको थियो ।

मुम्बई शहरमा रेलले ओराली दिएपछि उनीहरु शहरको एउटा भित्री गल्लीतिर लागे । एउटा घरको गेटमा पुग्दा लामालामा जुँगा पालेको एउटा पाले गेटमा उभिरहेको थियो । रने र जुनू पुग्ने बित्तिकै उसले सलोट ोकेर गेट खोल्यो । घरको आगाडि भाग आकर्षक देखिए पनि भित्र उदास र निराशजस्तो देखिने त्यो घरको अगाडि उभिएर रनेले देखाउँदै भन्यो "हेर ! यी यही हो तिमीले जागिर खाने घर । अब तिमी यही घरमा बस्नु पर्दछ ।"

"तपाई चाहिँ कहाँ बस्नु हुन्छ नि !"  भनेर उसले सोध्दा "म पनि त यही बस्छु नि" भनेर भनेको थियो ।

घरभित्रको बै क को ामा पुग्दा एउटी मोटी आइमाई र एउटी नेपालीजस्ती देखिने आइमाई नेपाली भाषमा गफ गरिरहेका थिए । उनीहरुलाई देख्ने बित्तिकै त्यो नेपाली आइमाई ढोकाबाट बहिर निस्की । मोटी आइमाईलेभित्र आएर बस्ने संकेत गर्दै रनेलाई भनी "स्वागत ! माल बहुत अच्छा हैं !"

को ाभित्र बसेपछि उनीहरुले हिन्दीमा के के वात गरे उसले केही बुझिन । केहीबेरपछि त्यो मोटी आइमाई बाहिर निस्की । उसको जिउडाल र रुपरंग हेर्दा ईश्वरले नै गेजस्तो लाग्दथ्यो ।

"तिमी यही बस्दै गर हैं । म तिमीलाई केही मेकअफका सामान र कपडाहरु किनेर ल्याइदिन्छु । अफिसमा बस्दा यस्तो लुगा लगाएर कहाँ बस्नु हुन्छ र यहाँ कस्ताकस्ता मान्छेहरु आउँछन् ।" सोफाबाट उ ्दै रनेले भन्यो ।

"म पनि तपाईसँगै जान्छु न कपडा नाप्नु परेन ? "अबोध  मनले आफू जाने स्वीकृत उसले मागी ।

"पर्दैन तिमी यही बस ! मेरो बाहिरतिर घुम्ने काम पनि छ । फेरि तिमी ट्रेनको यात्राले थाकेकी पनि त छ्यौ । आराम गर्दै गर म हेरेर ल्याइदिन्छु ।"- उसले त्यहाँबाट छुट्कारा पाउन छिटै आउने बाचा गरेर उम्कियो ।

जब साँझ पर्दै जान्थ्यो जुनूभित्र डर थपिदै जाँदै थियो । झमक्क साँझ परिसक्दा रने नआउनु र त्यहाँको वातावरण त्यस्तै देखिनुले ऊभित्र विभिन्न शंकाहरु उब्जिरहेका थिए । साँझ छिपिदै गएपछि मोटी आइमाई जुनू नजिक आएर गाला मुसार्दै भनी "कति राम्री ! बिचरा !"

उभिएर आदेश गर्दै भनी "जा ! को ीमा ग्राहक आइसक्यो । नत्र ग्राहक भड्किन्छ ।"

ऊ छाँगाबाट खसेजस्तो भएर अतालिएको स्वरमा बोली "कस्तो ग्राहक ?"

"छिटो जा भनेको किन टेर्दिनस् तँलाई मैले त्यसै यहाँ लिएकी छु ?  मेरो पच्चीस हजार खर्च भएको छ ।" हातको पन्जा उ ाएर खाउँला झैँ गरी ।
"आमा ! उसले मलाई बेच्यो, जागिर लगाइ दिन्छु भन्थ्यो ।" ऊ छाँगाबाट खसेजस्ती भई र काल्लिएर चिच्याउन थाली । "यत्रो विश्वास गरेको धोकेवाज बजिया ! अब म एक्लै कसरी घर पुग्न सक्छु "

"ए ! घर जाने ? पच्चीस हजार ले अनि मात्र यहाँबाट उम्कन पाउँछेस् । यहाँबाट उम्कन सजिलो ानेकी छस् तैंले तुरुन्त को ामा जा, ग्राहक उम्कन लागिसक्यो ।" को ी मालिक्नीले उसलाई पाखुरामा अ ्याएर झड्कारी ।
 
"मलाई दिएको छ र पैसा जसलाई दिएको छ उसैसँग माग्नोस् न !" उसले घुकघुक रुँदै को ी मालिक्नीको हात छुटाउन खोजी ।

"के रे राँड मुखमुखै लाग्छेस् । पैसा नउ ाइ इन्द्रको बाउ चन्द्रले पनि छाड्न सक्दैन ।" ऊ दाह्रा किटेर चिच्याई । केही छिन अगाडिको त्यहाँको मौन वातावरण तनावपूर्ण भइरहेको थियो । दुई जनाबीचको सामान्य भनाभनमा मोटी आइमाईले जुनूलाई जगल्ट्याई । केही छिनमै दुई जना गुन्डाजस्तै देखिने युवक को ी मालिक्नी नजिक आएर उभिए । जुनू भने घुकघुक रुदै 'दिदी मलाई यो काम वाहेक जेसुकै काम लगाउनुहोस् म गर्छु । यो काम म गर्न सक्दिन ।' ऊ आँखाबाट आँसुका ढिकाहरु झारेर हात जोडिरहेकी थिई । गालामा झरेका आँसु पुछ्दा उसका हात हिलै भएका थिए ।

"तँलाई यही काम गर्न मैले पैसा तिरेकी छु। तु ! यसलाई लगेर को ीमा थुन ।" मोटी आइमाईले आदेश दिएर हिंडी ।

त्यहाँ उभिएका दुई युवकले जुनूलाई एकएक पाखुरामा समाएर को ामा लगेर थुने । ऊ को ाभित्र ढोका र भित्तामा हिर्काउँदै रातभरि रोइरहेकी थिई । उसले बिहानी दुई प्रहर मात्र आँखा जोडेकी थिई । को ामा ल्याइदिएको खाना पनि केही दिन त उसले खाएकी थिईन तर खानै पर्यो । दैनिक जसो को ी मालिक्नीका गाली र कार्यमा तयार नहुँदा पाएको शारीरिक र मानसिक यातनाले ऊ ग्राहकलाई सन्तुष्टि प्रदान गर्न थालिसकेकी थिई । आफूले नचाहँदा नचाहँदै ग्राहकहरुलाई शरीर सुम्पेर उसले धेरै चोटि आँसु बगाएकी थिई ।

पाँच वर्षसम्मको त्यो नारकीय जीवनले उसलाई प्राणघातक रोग एड्स लागिसकेको थियो । उसलाई एड्स लागेको कारण को ी मालिक्नीले गलहत्याएर को ीबाट बाहिर निकालिदिई । "अब कहाँ जाने यस्तो प्राणघातक रोग लिएर घर जाँदा परिवार समाजले के भन्ला फेरि म बाबुकी एक्ली सन्तान न हुँ । तर कसरी यस्तो मुख लिएर जानु ?" ऊ एकछिन उभिएर रोई । हिँड्दै जाँदा ऊ सडकको बीच भागमा उभिई ।

सडकको पूर्वतिरबाट आएको तूफान गाडीबीच सडकमै रोकेर ड्राइभरले रन्किएर भन्यो "मरना है क्या ?"

"मर्न त खोजेको हो तर …… " आँखा पुछ्दै ऊ बोली । हिन्दीको प्रश्नमा नेपालीको उत्तरले ड्राइभरलाई अचम्म लाग्यो । "यो नेपाली केटी हो कि क्या हो" भन्ने सोची ड्राइभर सडकमा ओर्लेर उसलाई सोध्न थाल्यो । जुनू घुकघुकका खित्कासँगै आफूले भोगेका विगत र वर्तमानका कहाली लाग्दा दिनहरुको वर्णन गरिरहेकी थिई । उसको विगत र वर्तमान सुन्दै जाँदा ड्राइभरका अनुहारमा दया र करुणाका रेखाहरु प्रष्ट दौडिरहेका थिए । च्व…च्व……र बिचरा……बिचरा……। भन्दै ड्राइभर जुनूका कुराहरु सुनिरहेको थियो । ड्राइभर ट्रकमा सामान लिएर रक्सौलतिर आइरहेको थियो । उसले जुनूको सबै विवरण सुनॆपछि रक्सौलसम्म पुर्याइदिने बाचा गरेर त्यहाँसम्म ल्याइदियो । जुनूका साथमा शरीर ढाकेको कपडा वाहेक केही पनि थिएन । रक्सौलमा पुगेपछि ड्राइभरले तीनसय रुपैयाँ दिएर स्नेहपूर्ण बिदाइ गर्दै भनेको थियो "बैनी तिमी मेरो छिमेकी जिल्लाकी रहिछ्यौ । अरु त म तिमीलाई के सहयोग गर्न सक्छु र यो तीन सयले घर जान सामान्य सहयोग हुन सक्छ ।" जुनूले आँखा पुछ्दै 'धन्यवाद दाइ' भनेकी थिई ।

ऊ गाडीबाट ओर्लेपछि प्लेटफार्मतिर लागी । जहाँबाट ऊ पहिले ट्रेन चढेर नरकमा लागेकी थिई । प्लेटफार्ममा बसेर उसले यताउता हेरी । ट्रेन प्रस्थान गर्न लागेको र वरिपरि मान्छेको घुइँचो थियो । उसले ती सयौं मान्छेबीच चिनेको मान्छे कोही छ कि भनेर हेर्दा हेर्दै साँझ  पर्यो । "अब के गर्ने !" ऊ सोचिरहेकी थिई । साँझको बत्तीको प्रकाशमा ऊ प्लेटफार्मबाट शहरतिर लागी । प्लेटफार्मको एक छेउमा पुग्दा उक्त ाउँ सुनसान र एकान्तपूर्ण थियो । त्यस छेउको एकान्त कुनामा तीन जना युवाहरु भूईंमा मातेजस्तै लडेका थिए । उनीहरुलाई देख्ने बित्तिकै जुनू डराई । एक युवक उ ेर जुनूको हातमा जवर्जस्ती अँ ्याएर मायालु पारामा भन्यो "ओहो ! कता हिँड्यौ प्रिय एकछिन बसौंन ।"

अर्को जुवक लर्बराउँदै उ ेर जुनूलाई आँखा तर्दै बोल्यो "कति राम्री रैछिन् । हा हा ……" ऊ हाँस्यो ।
पहिलो युवकले समाएको हात छुटाउन खोज्दै ऊ चिच्याई "मलाई छाड्दे !" जुनू उनीहरु बीचबाट छुट्न धेरै प्रयास गरी । उसले चिच्याएर सहयोग मागी "गुहार ! ……बचाउ ……" यत्ति हो त्यसपछि त्यो रात त्यहाँ कुनै चिच्याहट सुनिएन । एकदम एकान्त र सुनसान ।
 

Comments

gyan deo singh

hi bharti didi namaskar

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |