हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

पैसा

चूडा निर्भीक, ( )

पैसा पैसा भन्छ मान्छे दगुर्छ ।

मौका पाए निल्छ पैसा हसुर्छ ।।

पैसा खोजी भाग्छ मान्छे पछाडी ।

पैसा फल्ने बोट हुन्नन् अगाडी ।।

 

पैसा खोजी गर्छ मान्छे सबैले ।

मर्दा लान्नन् साथ पैसा कसैले ।।

आए दौडी काल नांगै गईने ।

जम्मा गर्छौ व्यर्थ लोभी भईने ।।

 

पैसा साथी बन्छ बन्दा बिरामी ।

पैसा थुप्रो राख्नु हुन्नन् सिरानी ।।

पैसा बन्ने चोरको त्यो भकारी ।

डाँका गर्ला ज्यान मार्ने तयारी ।।

 

पैसा ज्यादा मिल्छ मान्छे बिगार्छ ।

पैसा ठीक्कै ताक्नु मान्छे सपार्छ ।।

पैसा देख्दा देव का तीन नेत्र ।

पैसा खोजी बिक्न जान्छन् चरित्र ।।

 

लाग्दा ज्यादै भोक पैसा नखानु ।

खन्दै खाल्डो भित्र हुन्नन् नजानु ।।

पैसा गन्दै ज्यान फाल्नै हुँदैन ।

पैसा मात्रै खास त्यो देखिदैन ।।

 

पैसा छैनन् बाँच्न पर्छन् समस्या ।

औधी खोज्दै गर्छ लोभी तपस्या ।।

पैसा जम्मा गर्न टाढा नजाऊ ।

नेपाली हो राज्य आफ्नै सजाऊ ।।

 

छन्दः शालिनी ११ अक्षर ४ अक्षरमा विश्राम ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |