हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जिन्दगीको दौड

विवेक दुलाल क्षेत्री \"दमक\", (हाल ; अबुधाबी ,युएइ)

यो जीवन
यौटा दौड नै त  हो
बिहानदेखि साँझसम्म
हामी दगुरी रहेको हुन्छौ
यो जीन्दगी
यौटा म्याराथुन नै त हो
जन्मेदेखि मृत्युसम्म
कुनै न कुनै कुरामा
हामी भाग लिइ रहेका छौ।

प्रतियोगितामा एकाध मेडल बाहेक
खै के पायौ हामीले दौडिएर ?
अहम् को दुरी बाहेक

खै के उपलब्धि गर्यौ हामीले भाग लिएर ?

म मन्दिर जानेहरुको
दौड देखेर
चुपचाप आँखा नझिम्क्याइ हेरिरहेछु
अब पथ्थरको मुर्ती पुज्न पनि
हामी दगुरिरहेछौ ।

ठुलै भिड लाग्न थालेको छ
कुर्सीकोलागि दौडनेको पनि यतिखेर
म चुपचाप मनन गर्छु
यो भन्दा अर्को ठुलै प्रतियोगिता
दुनियामा कहि छैन होला !

हामी कतै न कतै
भिन्न भिन्न रुपमा तल्लीन छौ दौडन
बिद्यार्थी हुदै स्कुलसम्म
ब्यापारी हुदै  बजारसम्म
सन्यासी हुँदै गेरुबस्त्रसम्म
बेरोजगारी हुँदै  परदेश सम्म
यस्तो लाग्छ
दौडै दौडमा यति अब्यस्त भै सक्यौ कि
कल्पनामा पनि ,बिपनामा पनि
हामी फगत दौडी रहेछौ ।

मैले त ठम्याउन पनि सकिन!
कतै हजुर पनि उभिनु भएको त होइन ?
पूरा गर्न आफ्नो जिन्दगीको दौड।



 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |