हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भुलेर अतीतका पीडाहरू

उज्ज्वल जी.सी., ( )

अन्याय थियो

अत्याचार थियो

भ्रष्टाचार थियो

एकाधिकार थियो

अझ भनौ

यिनको संयोगले निर्मित

अराजकता,अविश्वास

र असमानताका बलिष्ठ

थुम्काहरू थिए

००

जेजे भइरहेथ्यो

यथार्थमा

नहुनु पर्ने थियो

हुनुपर्ने थिएन

र त

चेतनशील मस्तिष्कहरू

साहसमा जुटे

फलतः

एउटा विशाल ऑंधी चल्यो

कसैको सिंन्दूर मेटियो

कसैको काख चिस्सियो

सत्यका लवजहरू प्रस्फुटित भए

अन्ततः

लोकतन्त्र झुल्कियो

देशले जनता चिन्यो

जनताले देश चिने

धमिलोपन हराउंदै गयो

उत्साह र उमङ्गहरूले

उडान भरे

खुल्ला आकाशका अनुभूतिहरू फैलिए

००

हो महाशय !

प्रस्फुटित विचारहरू

विश्वासका गुच्छा बन्दै

फक्रन खोज्दैछन्

तुफानका धक्काहरू छेक्दै

शुभ्र भविष्यको कल्पनामा

भुलेर अतीतका पीडाहरू ।

०००

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |