हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अकल्पनीय निमन्त्रणा

आचार्य प्रभा, (वोल्डर, कोलोराडो)

सरोज र प्रकाश डाइनिङ्ग टेबुलमा राखिएका परिकारहरु बडो स्वादले भोजन गरिरहेका हुन्छन् । प्रकाशले एकथरिको मासुको परिकार सरोजको अगाडि सार्दै भन्छन् "यो परेवाको मासु चाख त मेरी श्रीमतिले बडो मी ो गरि पकाएकि छिन् । "

सरोज अनायास झस्किन्छ । अनि प्रश्न गर्छ "पकाश, कहाँबाट ल्यायौ त परेवा?"  प्रकाश ट्टाको साथ जवाफ दिन्छ "ख्वै? कुन धर्मात्माले के को भाकल गरेर परेवालाई पूजाआजा गरि रातो अविरको टिका लगाएर उडाएको रहेछ । कहाँबाट कसरी मेरो कौशीमा बस्न आएछ । यसो छेउमा गएको त भागेन,  अनि मैले समातेर किन यसको स्वाद नलिउँ त भनेर मारिवरी श्रीमतिलाई पकाउन लगाएँ । यसै खुशीमा तिमिलाईपनि बोलाई हालेको नि । खाउ न मी ो छ । मलाई त परेवाको मासु असाध्य मी ो लाग्छ ।"  यतिका गफ चुट्दै प्रकाश मासुको टुक्रा चपाउनमा व्यस्त हुन्छ । सरोज भने प्रकाशको शब्दहरुले किँकर्तव्यविमूढ  बन्छ । उसलाई त्यो मासुको भाँडो नै आफुबाट टाढा हुँईक्याई दिउँ जस्तो लाग्छ । उसलाई एक पलपनि त्यहाँ बसेर अरु गाँस मुखमा लगाउन पटक्क ईक्षा हुँदैन । उ विचलित बन्छ । सरोज अनायास गम्भिर भएको देखेर प्रकाशले पुनः प्रश्न गर्छ "सरोज, के भयो ? तिमि अचानक गम्भिर भयौ । तिमिलाई परेवाको मासु मन पर्दैन ?"

प्रकाशको यस प्रश्नले सरोज अनुत्तरित बन्छ । उसलाई दिक्क लाग्छ किनकि यहि परेवालाई उसले बिहानमात्र देशको शान्तीकोलागी कामना गरेर पूजा आजा गरि उडाएको थियो । उ पश्चातापमा पर्छ अनि मान्छेको जातलाई धिक्कार्छ । जसलाई शान्तीको प्रतिक मानेर पूजा गरिन्छ उसैको मासु जिब्रोमा फडकार्दै स्वादिष्ट मानेर खाईन्छ । यो कस्तो बिडम्बना,  उ अन्यौलमा पर्छ । उ ेर भागुँ या साथीको निम्ता स्विकारुँ ? यत्तिकैमा उसको मोबाईलको घण्टि बज्छ । फोन रिसिभ गर्दा एक अप्रत्यासित घटनाको खबर आउँछ । दुई पार्टीबीचको झगडामा पाँचजनाको मृत्यू र ति मध्ये एक सरोजको आफ्नै भाई परेको खबरले सरोज अवाक् बन्छ र प्रकाशलाई खबरको वृत्तान्त नभनि हत्तारिँदै बाहिर निस्कन्छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |