हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भाषण

इन्जिनियर राकेश कार्की, (लस एन्जेलस)

झुठो भाषण गर्नेसंग

भाषण मात्र हुन्छ जमातको लागि

मनचिन्ते सपनाहरू फुक्छ

नक्कली सुनौलो प्रभातको लागि

 

जो जो को जे जे माग हुन्छ

बोलेरै दिइरहन्छ वरदान

सिपालु हुन्छ हो कि हो कि जस्तो

ठाडो ठाडो पारिदिन्छ सबैको कान 

 

उ चाहन्छ धेरै भन्दा धेरैले

आँखा चिम्लि उसको पछि पछि हिँडुन

उसको चोर औँलाको ठडाइमा

केवल उसले हालेको घाँसमा चरून

 

बुनिरहन्छ भट्याइएका भाषणले

मायाजालका माकुरे जालै जाल

देखाइरहन्छ आशा पारिरहन्छ भ्रम

बोली बोलीमा धुर्त्याइँ चालैचाल

 

हरेक मिडिया मिडियामा अनगिन्ति

फिजिरहन्छ उसका भाषण

झुक्किने झुक्किरहन्छन् फस्ने फसिरहन्छन्

चलिरहन्छ उसको मनमौजी शासन

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |