हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

वोध

माया शर्मा, (भर्जिनिया)

गह्रौं मन र क्षतविक्षत मुटु लिएर चौरमा बसिरहेको थिएँ । एउटा फुच्चे पत्रिका हातमा लिएर कराउँदै आइपुग्छ "लौ आयो ताजा खबर लिउँ हजूर लिउँ । आफ्नै लोग्नेद्वारा स्वास्नीको हत्या, महिलाहरु नारा लगाउँदै अब सडकमा" । यस्तै के-के ! मेरा हातहरु अगाडि बढ्छन् । नभन्दै आफ्नै लोग्नेद्वारा स्वास्नीको हत्या भएको रहेछ यथेष्ट दाइजो ल्याउन नसक्नाले । यस्तै अर्को खबर थियो बिलासिताका सामान र प्रशस्त सम्पत्ति माइतीले दाइजोको रुपमा आबश्यकता पूरा गरिदिन नसक्नाले उच्च घरानिया आधुनिक परिवारभित्रको अवस्था र श्रीमान-श्रीमतीको बीचका सम्बन्धबिच्छेद ।

यस्तै यस्तै थुप्रै समाचारहरु थिए । यिनीहरुले मेरो मनलाई नमि ो गरी छुन पुग्छन् र सोच्न थाल्छु- हो मान्छेहरु धन-सम्पत्ति र दाइजोको लागि कति तल झर्न सक्छन् अनि बिर्सन्छन् नैतिकता भन्ने शब्दलाई नै । हाम्रो समाजमा पुरुषार्थ देखाउने लोग्नेमान्छेहरु ।

मेरो मानसपटलमा एकपटक फेरि सरलाको सम्झनाले आधिपत्य जमाउँछ । हो सरला र म सानैदेखि सँगै हुर्केका र स्कुल क्याम्पससम्म सँगै पढ्ने साथी । केटा र केटीलाई फरक दृष्टिले नहेर्नु उनको विशेषता भनौं । उनका आफ्ना केटी साथीहरुसँग भन्दा पनि बढी कुरा मिल्थ्यो हामी केटा साथीहरुसँग । उनलाई कसैलाई होच्याएको जिस्क्याएको र कुनै पनि अर्थमा केटीहरुप्रति कमजोरी सोचाइसम्म पनि पटक्कै मन पर्दैनथ्यो । यस्तै यस्तै कुरामा विचार मिल्ने भएर होला म अलिक बढी नै नजिक थिएँ उनीसँग ।

उनी स्वाभिमानी स्वाबलम्बी र आदर्शवान थिइन् । कहिले कुनै पनि कुरामा अरुको भर नपरी सम्पूर्ण स्वयम् नै गनै गर्थिन । म उनका यी सबै भावनाहरु राम्रोसँग बुझेकोले होला उनको विश्वासलाई जितेर सबैभन्दा नजिकको साथी हुन पाएकोमा गौरवान्वित थिएँ ।

एकदिन उनी मेरो घरमा आइन र भनिन् "समीर ! तिमीसँग म कुनै पनि कुरा लुकाउन चाहन्न । तिमी मेरो सबैभन्दा मिल्ने र नजिकको साथी अनि जसले मेरा सबै चाहना र भावनाहरुलाई राम्रोसँग बुझेका छौ । भोलि बिहान ीक आ बजे तिमी मेरो घरमा आऊ है ।"  म आज्ञाकारी छात्रजस्तै समयमा नै उनको घरमा पुग्छु मनभरि प्रश्नै प्रश्न बोकेर । कुरो बुझें सरलाको बिहेको लागी कोही हेर्न आउँदै रहेछन । बिहेको बारेमा सरलाले आफू दाइजोको बिरोधमा रहेको र सामाजिक देखावटीका लागि ऋण खोजेरै भए पनि दाइजो दिनुपर्ने बाध्यताको घृणा गर्ने अनि दाइजोबिना नै बिबाह हुन सक्ने धारणा राखेकी थिइन् भने केटाको जवाफ थियो 'बाबुको सम्पत्तिमा त मलाई कुनै आशा छैन भने दाइजो र ससुरालीले दिएको सम्पत्तिलाई हेर्ने त्योभन्दा अर्को तल्लो दर्जा नै छैन मसँग ।' अनि यसरी अनावश्यक तडक-भडक नगर्ने गरी बिहेको टुङ्गो लाग्छ ।

मैले साचेको थिएँ सरला साँच्चिकै भाग्यवती केटी हुन् भनेर । आफ्नो विचारसँग मेल खाने जोडा पाइन् । उनको यो विचारले धेरै पटक यस्ता प्रस्तावहरु अगाडि नबढेको कुरा मलाई राम्रोसँग थाहा छ । धेरै पढा-लेखा आधुनिक र शिक्षित परिवार अनि उच्च ओहोदामा पुगेका पुरुषहरु भए पनि सोचाइ उही साँगुरै थियो तर आज बिपीनजीको विचारले म कति प्रभावित छु र आदर गर्न मन लाग्छ भित्रैदेखि आदर्शवान् पुरुष भनेर  ।

उनको बिहेपछि हाम्रो भेटघाटको क्रम पातलो हुँदै जान्छ । उनी उनको नयाँ जीवनको कर्तव्य दायित्व र जिम्मेवारीमा व्यस्त हुन्छिन् भने म आफ्नै व्यस्ततामा । यस्तै एकदुई वर्षपछि अध्ययनको सिलसिलामा म पाँच वर्षको लागि विदेश जाने भएँ । उनी का माडौंमा बस्ने हुँदा विमानस्थलसम्मै आएकी थिइन् मलाई विदाइ गर्न । "राम्रोसँग अध्ययन पूरा गरेर कुशल डाक्टर बनी तिमी स्वदेश फर्क । तिमीलाई मेरो शुभकामना । हुन त बिदेशको ाउँ अनि एक्लो तिमी अवश्यै गाह्रो हुन्छ नै तर पनि तिम्रा एक असल मित्रको भावना अनि सफलताको कामना तिमीसँग रहने छ । उसको अध्ययनको बाटो टुङ्गिए पनि ।"  भन्दै आँखाभरि आँशु पारेर बाहिरिएका थिइन् उनी । उनको आँखामा आँशु ? आफैंलाई प्रश्न गर्न पुग्छु । यो सामान्य थिएन मेरो लागि तर पनि म उड्छु अनुत्तरित प्रश्न बोकेर ।

स्वदेश फर्काइपछि मेरो बसाइ का माडौमा नै हुनपुग्छ । केही समयपछि पुनः सरलासँग अचानक भेट हुन्छ । पहिलाभन्दा निकै गम्भीर अनि उनको आँखाभित्र कुनै पीडा लुकेको पाउँछु । सबै कुरा हुँदै जाँदा थाहा हुन्छ उनका दुईवटा बच्चाहरुसमेत भइसकेको रहेछन् । म बच्चाकै डाक्टर भएकै कारण हाम्रो भेटघाटको क्रम पुनः अलि बाक्लिन थाल्छ ।

एकदिन अलि चाँडै बिरामी जाँची सकी बाहिर निस्कँदै थिएँ । दुबै छोराहरुसहित उनी मेरो अगाडि नै पर्छिन् र भन्छिन्- "समीर ! तिमीलाई चाँडै फुर्सद  भएजस्तो छ । राम्रै भयो । म तिमीलाई नै बोलाउन आएकी ।"  म उनको पछि लाग्छु, घरमा पुगिन्छ । थाहा पाएँ सानो छोराको जन्मदिनको निम्तो पाएको रहेछु । एकैछिनमा सुरु हुन्छ केक काटेर छोराको जन्मदिन । केटाकेटीहरु खुसीले उफ्रँदै रमाइलो गर्छन् केक खाँदै । बच्चाहरुको चार-पाँच जना साथीहरु र तीन आमा-छोराबाहेक अरु कोही कसैको उपस्थिति देखिन मैले । बच्चाहरु खानपिन गरेर गइसकेपछि पनि मेरो आँखाले खोजेको कसैको उपस्थिति नपाएकोले म प्रश्न गर्न पुगेछु- "अनि खै त विपीन जी ?"  एकाएक उनको अनुहारमा गम्भीरताको तुवाँलोले छोपिदिन्छ । अनि म आफैंलाई डर लाग्न थाल्छ कतै असमयमा कुनै नराम्रो प्रश्न त सोधिन ? एकछिन पछि मौनतालाई चिर्दै उनको लामो सुस्केरासँगै जवाफ दिइन्- "उहाँ यहाँ बस्नुहुन्न भनौं वा म उहाँसग बस्न सकिन । सरल भाषामा भन्दा हामीसँगै बस्न सकेनौं । त्यसैले म यहाँ एक्लै छु मात्रै बच्चाहरु लिएर ।"
 
म आश्चर्यचकित हुन्छु र आत्तिँदै प्रश्न गर्छु- "यो सब किन र कसरी भयो ? कतै तिमीले आवेशमा आएर कुनै गल्ती त गरिनौ ? विपीनजी त भद्र मानिस हो उहाँ त मेरो आदर्शको मन्दिर हो किन सरला के म सुन्न सक्छु ?"

उनी भन्छिन्- "हुन त समीर मैले कारण भन्नु र नभन्नुमा कुनै केही फरक छैन । हो यो पुरुषप्रधानसमाज जहाँ लोग्नेमान्छेको कहिले कुनै दोष नै देखिँदैन न त उसलाई कुनै प्रश्नका औंलाहरु नै उ ाइन्छ । हो तिमीले भनेझैं यो सिंगो समाजले पनि मलाई नै दोषी हर्याउँदै होला अनि भन्दै होलान्- गल्ती मैले नै गरको हो भनेर । अनि उ ाइँदै होलान् हजारौं औंलाहरु मैमाथि नै विपीनजीको भद्रपनमाथिको विश्वासले ।"

"हो तिमी सुन्न चाहन्छौ भने तिमीलाई  भन्छु सबै कुरा । कमसेकम तिमीले त मलाई राम्रोसँग बुझेका छौ । फेरि मलाई पनि केही बोझ हल्का होला सुनाएरै भए पनि बिसाउन पाउँदा ।"
 
"विपीनजीले मसँग बिहे गर्नु र दाइजो चाहिँदैन भन्नुको पछाडि यति धेरै षड्यन्त्रको नाटक र पर्दापछाडि धेरै कुराहरु लुकेका रहेछन् जसलाई  आदर्शवान् महान् व्यक्ति ान्यौं तर समीर तिमी कल्पना पनि गर्न सक्दैनौ मान्छेको स्तर त्यति तल पनि पुग्छ भनेर । यो स्तर र साँगुरो विचार अनि मनभित्र रहेको कालो भावना त्यतिबेला मात्र बुझें दाइजोको रुपमा भौतिक सामग्री होइन आफ्नो व्यवसाय स्थापना गर्नको लागि पैसा पो चाहिएको रे । हो त्यो त त्यतिबेला परेको पैसाको आवश्यकता पूरा गर्नको लागि मात्र खेलिएको नाटक रे । विपीनजीको आर्थिक समस्या समाधान गर्ने स्रोतको रुपमा मलाई हेरिएको थियो । हरेक दिन मेरो कार्यालयमा फोन गर्ने गथ्र्यो । फर्केर आउँदा आवश्यकअनुसारको रकम ल्याउन नसके फर्केर घरमा आउन नपर्ने खालका धम्कीले भरिएर । हो समीर मैले पैसालाई कहिल्यै महत्व दिइन घर-परिवार र खुसीको लागि म आफू बेचिन परे पनि आर्थिक समस्या टारिदिने वचन दिएँ अनि स्वीकारे चुनौतिलाई । आखिर मान्छेको मन त हो नि एकदिन अवश्य फर्किन्छ भनेर ।

आर्थिक सहयोगका साथै उहाँलाई व्यावसायिक सफलता मिल्दै गयो- अनि शब्दहरु ओकलिन थाले मलाई श्रीमती भनेर समाजमा चिनाउनु पर्दा उहाँको आत्मसम्मानमा ेस पुग्छ रे । विपीनजी मसँगै हिँड्दा उहाँको बेइज्जत हुन्छ रे ! त्यतिबेला केबल आर्थिक समस्याको लागि सौन्दर्यतालाई महत्व नदिइएको रे । एउटा सफल व्यावसायीको श्रीमतीमा हुनुपर्ने सौन्दर्यता मसँग नभएकोले उहाँको जीवनबाट टाढा हुनुपर्ने र सँगै हिँड्न आशा जीवनमा कहिल्यै नल्याउनु भनी धम्क्याउन थालियो । उहाँको शारीरिक चाहना पूरा गर्ने साधन र आर्थिक समस्यासमाधानको स्रोतबाहेक अरु कुनै नाता थिएन विपीनजी र मेरोबीचमा । कागजी रुपमा समेत सामाजिक रुपमा रहेका हामीबीचको नातालाई टुटाउन धेरै प्रहारहरु नभएका होइनन् ममाथि ।

नबुझ्नेले घरपरिवार स्वास्नी र छोराछोरीप्रतिको कर्तव्य नबुझे पनि म आफ्नो कर्तव्यबाट कहिल्यै चुक्न चाहन्नथें । दुईवटा नाबालकको सुन्दर भविष्य घरपरिवार र समाजको लागि मैले मेरा व्यक्तिगत इच्छा चाहना उमंग र आकांक्षालाई तिलान्जली दिएरै गर्न सके जति गर्दै गएँ । धेरै समझदारी र सम्झौता गर्ने प्रयास गरें । मेरा समझदारी र सहनशीलताहरुले एक्लै बाँच्न नसकेर टाँसिएको समेत आरोप नपाएका होइनन् तर पनि परिवर्तन हुनसक्ने आशामा लामो समयदेखि बिबाहकै दिन विच्छ्याइएको षड्यन्त्रको जालमा नबुझेर भनौं वा बुझेरै पनि म यसरी फस्दै गएँ । न त उम्कन सक्थें न त बाँच्न नै । के तिमी सोच्न सक्छौं बिबाहजस्तो पवित्र सम्बन्धभित्र यस्तो षडयन्त्र यतिले मात्र नपुगेर अर्को षड्यन्त्र बुन्न थालियो शारिरीक र मानसिक यातनाले कमजोर बनाउन नसकेपछि चरित्रहीनका प्रमाण जुटाउन झु ा आरोप र वेश्या शब्दहरुको प्रयोग गरेर । त्यतिले पनि नपुगेर आफ्नै घरपरिवार अनि आफ्नै भाइसँगको गलत सम्बन्धको आरोप र हरेक रातहरु आफ्नो ओछ्यानबाट उ ाएर भाइसँग प ाउने दुस्प्रयास सबै हुँदै आए ममाथि ।

यसरी लामो समयदेखि पीडाको आगोभित्र सल्किएर बाँचिरहँदा मैले म आफू र आफ्ना व्यक्तिगत चाहना र इच्छाहरुलाई त बिर्सेकै थिएँ सायद बिर्सेछुं क्यारे यसको घेराबाहिर अरु पनि केही अर्थ छ जीवनको भनेर अनि बिर्सेछुं अर्को कुनै संसार पनि छ बाँच्नका लागि भनेर । अनि सायद बिर्सेछुं मेरो कर्तव्य समाज र नाबालकको भविष्यप्रतिको । सायद त्यसैले होला मभित्रको मनले मलाई भन्न थाल्यो 'तँ उम्किनुपर्छ यो जालबाट ।'
 
मेरो आत्मविश्वासले भन्न थाल्यो म त कमसेकम पढेलेखेकी आफ्नै खुट्टामा उभिएकी र आफैंले केही गरेर बाँच्न सक्ने अवस्थामा त मेरो स्थिति यस्तो छ भने अरु नारीहरुको अवस्था कस्तो होला । अनि नाच्न थाल्यो यो वृत्तचित्र मेरो मनभित्र र सोच्न थालें मैले केही गर्नुपर्छ यहाँ भनेर । मलाई भान हुन थाल्यो मसँग थुप्रै जिम्मेवारीहरु छन् यहाँ मैले गर्नुपर्ने । केही गर्ने उद्देश्य र जिम्मेवारीले गर्दा म क ोर निर्णय गर्छु त्यो जालबाट उम्कने । जससँग भावनात्मक सम्बन्ध नै नरहेपछि देखावटी सम्बन्धको कुनै अर्थ नै रहेन मेरा लागि । त्यसैले मैले समाजमा केही गर्ने उद्देश्य र यी उम्रन लागेका हजारौं कलिला मुनाहरुको मस्तिष्कमा स्वच्छ र शान्त वातावरण दिने लक्ष बोकेर म यो सानो शान्त को ामा कैद हुन चाहें जहाँ मेरा भावनाहरुको हत्या हुने छैन । मेरा इच्छा चाहना र आकांक्षाहरुलाई निमो िने छैन ।
 
हो समीर अहिले म त्यही बाटोमा हिँडिरहेकी छु । जुन बाटोमा मलाई समय अनुभव र उद्देश्यले ल्याएको छ । यही मार्ग नै मेरो जीवनको लक्ष्य, उद्देश्य र गन्तव्य हो । त्यो हो- समाजमा बुझकीहरु नभएको होइन केवल चेतनाको खाँचो छ यसमा हामी जस्ता शिक्षित वर्गबाट पाइला उ ाइनुपर्छ । हो यसैले म हरेक  अभिभावकको घरमा पुग्ने गरेकी छु । बिन्ति गर्दै छोरा र छोरी दुवैलाई विद्यालय प ाउन अनुरोध बोकेर भन्ने गरेकी छु नारीहरुलाई- 'हामी कमजोर होइनौँ कुनै पनि पुरुषभन्दा, त्यो त हाम्रो शहनशीलता र धैर्यता हो' भनेर । समाजमा यस्ता चेतनाहरु ल्याउनु, समाजमा महिलाप्रति हेरिने दृष्टिलाई बदल्नु र यस समाजभित्र लुकेर बसेका यस्ता दृव्यपिशाच नामर्दहरुलाई गलहत्याएर मिल्काउनु । यस्ता व्यक्तिहरुले गर्दा हजारौं नारीहरु पीडाको दनदनी बलेको आगोभित्र पोलिनु परेको छ भने कैयौं नारीहरुले काललाई विकल्पको रुपमा लिनु परेको छ । अर्कोतिर ती कलिला बालकबालिकाहरुको भविष्य बर्बाद  भएको आमाको न्यानो माया गुमेको छ । हो समीर ! मसँग भएको क्षमता खुबी शिक्षा विवेक र लगनशीलतालाई त्यसमै लगाउँदै आइरहेकी छु र लगाइरहने पनि छु ।

आज मसँग हजारौं महिलाको साथ छ भने कतिपय विवेकशील पुरुषहरुको विवेकहीनता विवेकशीलतामा परिणत भएका उदाहरण थुप्रै छन भने कतिपय अचेतनाको कारणले जीर्ण अवस्थामा पुगेको घरपरिवार र सम्बन्धलाई जोगाउन हामी सफल पनि भएका छौं । यसरी समाजकोलागि आफूले केही गर्न सकेकोमा म सन्तुष्ट नै छु र निरन्तरता दिने छु यसकै लागि ।

यस कार्यका लागि हामीलाई थुप्रै विदेशी संघ-संस्थाहरु पनि साथ दिँदै आइरकेका छन् । हामी सँगै मिलेर काम गर्दै आइरहेका छौं । यसकै सिलसिलामा मलाई केही समयको लागि विदेशी संस्थाहरुले निम्तो दिएका छन । अँ समीर बाबुहरुलाई राम्रो विद्यालयमा राखेर म केही समयको लागि बाहिर जाँदैछु । उनीहरुले तिमीलाई राम्रोसँग चिनेका छन् कृपया भेट्दै गर्नु बेलाबेलामा । मैले तिम्रो नाम लेखिएकी छु अभिभावक भनेर ।"

म किंकर्तव्यविमूढ हुन्छु उनको कुरा सुनेर । यतिबेलासम्म् विपीनले उनलाई लेखका २-३ वटा चि ् ी पढ्ने अनुमति पाएकोले पढिसकेको थिएँ । एउटै कुरो दोहोरिएको थियो आर्थिक माग र पूरा नगरे हुन सक्ने गलत परिणाम र सजायँको धम्की । अनि म झसंग झस्किन्छु सुन्दर अनुहारभित्र लुकेको तल्लो स्तरको दर्जासँग ।

सरलाको सबै भनाइमा सत्यता पाएँ । म पनि का माडौं बस्ने हुँदा विपीनजीलाई मैले धेरैपटक देखें तर कहिल्यै एक्लै होइन,  अरु कसैसँग । विपीनजीले मलाई राम्रैसँग चिनेका थिए तर पनि उनी मसँग तर्केर नै हिँडिरहन्थे मैले देखुँला कि भनेर । एकपटक उनी भाग्न सफल भएनन मबाट र मैले सोधें सरलाको बारेमा । छोटो जवाफ दिए " अँ िक छ ।"  अनि परिचय लिन चाहें साथमा रहेकी युवतीको । अन्कनाइएको जवाफ दियो 'सहकर्मी' भनेर ।

मेरो मानसपटलमा ति स्मरण घुम्न थाल्छन् कुनै चलचित्रको दृष्य झैं । सरलाले ा विहेका लागी आएका प्रस्तावहरु अस्वीकार गरेको, अनि विपीनजी प्रतिको सोच,  स्वीकार र कारण । अनि सोच्न थाल्छु शिक्षित पढालेखा र आधुनिक परिवारभित्रभित्रै लागेको अदृष्य पीडाको डढेलो । हो यो महिलामाथि गरिने अन्याय, अत्याचार दमन र शोषणको आगो यसरी भित्रभित्रै दृष्य र अदृष्य रुपमा फैलेको छ । यसले समाजलाई ध्वस्त गर्न सक्छ । जबसम्म यसको अन्त्य हुँदैन तबसम्म कुनै पनि स्वास्नीमान्छेले शान्तिसँग बाँच्न पाउने छैनन् यहाँ । यो समाजमा परिवतर्नको खाँचो छ यसका लागि हामी पढेलेखेका व्यक्तिहरुबाट पहल गरिनुपर्छ । अनि म मनमनै सरलालाई पूर्णरुपमा सहयोग गर्ने वाचा गर्छु । उनको उद्देश्यका लागि म एक मात्र लोग्नेमान्छे हुँ जसलाई मैले राम्रोसँग चिनेको छु र श्रद्धा गर्छु उनलाई एक आदर्श नारी भनेर ।

यत्तिकैमा कुनै एक चिरपरिचित आवाज मेरो कानमा ोक्किन्छ र फर्केर हेर्छु विपीनजी एकोहोरो कराइरहेका थिए । "समीरजी, मैले निकै दिनदेखि तपाईलाई नै खोजिरहेको थिएँ । तपाईंलाई मैले कहाँकहाँ मात्र खोजिन?  समीरजी! मलाई मेरो सरुसँग भेट गराइदिनुहोस । कृपया ममाथि दया गर्नुहोस् । म लाचार छु । मैले उनीमाथि धेरै अन्याय र अत्याचार गरेको छु । उनको मन डढाएको छु । उनको भावनालाई पटकपटक रेटेको छु । मबाट धेरै अपराधहरु भएको छन् । म एक अपराधी हुँ । मैले नै उनलाई मबाट टाढा जान बाध्य बनाएको हुँ । मैले मेरो घरभित्रको बत्तिलाई समयमा चिन्न सकिन । उनको अनुपस्थितिको अन्धकारले मलाई उनको महत्व बुझाएको छ । उनी मेरो जीवन हुन् र मेरो जीवनलाई उनको खाँचो छ । उनी विनाको मेरो जीवन उजाड निरर्थक र अपुर्ण छ । म अपाङ्ग भइरहेको छु उनीबिना । उनी मेरो आधार हुन् । हुन  त म उनीसँग माफी माग्न लायक पनि छैन तर मलाई थाह छ उनीसँग धैर्यता, शहनशीलता, कोमल मन र मायाको अथाह सागर छ । उनी धेरै महान छिन् । मलाई आशा छ उनले मलाई माफ गर्नेछिन् । मलाई मेरा बच्चाहरु र सरु चाहिएको छ । मेरो परिवार उजाडिएको छ । समीरजी कृपया मेरो उद्धार गर्नुहोस् ।"

मलाई भन्न मन लागेको थियो- 'शारीरिक चाहना पुरा गर्ने साधन पाउनु भएन की व्यवसायको लागि पैसाको खाँचो पर्यो? ' तर आफूलाई संयमित गर्छु र उनको अनुहार नियाल्न खोज्छु कुनै कृत्रिम वनावटी खोल त ओढेको छैन?  अनि सँधै मैले देख्ला भनेर तर्केर हिँड्ने विपीनको कतै अर्को षड्यन्त्र पो हो कि । तर आज विपीनको आँखामा बलेको पश्चातापको ज्वाला र मुखाकृतिलाई घेरेको आत्मग्लानीको रेखालाई प्रत्यक्ष देख्न सकिन्थ्यो । त्यसैले शब्दहतियारको प्रयोग गर्न चाहिन अनि बोल्नै खोजेका शब्दहरुलाई रोकी संयमित हुन्छु अनि भन्न थाल्छु- "विपीनजी धेरै ढिला गर्नुभयो । सरला त यहाँ छैनन् । उनी अहिलेकै उडानबाट विदेश जाँदैछिन् । म भर्खरै विमानस्थलबाट फर्किंदै छु उनलाई बिदा गरेर ।"  घडी हेरें उडानको ीक समय भएको रहेछ । विमानस्थलबाट एउटा जेटविमान ूलो आवाज गर्दै आकाशमा उड्छ । विपीनजीलाई देखाइदिन्छु उनको विमान यही हो भनेर । मलाई विमानभित्रबाट सरलाले हात हल्लाए झैं भान हुन्छ । विपीनजी आँखाभरि आँशु पार्दै विमानतर्फ एकोहोरो हेर्दै हात हल्लाउँदै रहे हात हल्लाउँदै रहें ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |