हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गीत

केदार श्रेष्ठ\"गगन\", (भीमस्थान-५,सिन्धुली, हाल-दुबई,यु.ए.इ.)

किन चित्त दुख्यो सानू तिमी टाढा भयौ

सारा खुशी दिन्छु भन्थ्यौ तर आँसु दियौ ।

 

तील जत्रो कुरालाई पहाड जत्रै पार्‍यौ

स्वार्थ सबै पूरा गरि घाइते बनाई छाड्यौ

खुशी तिम्रो जेजे भन्छौ सबै मान्दै गएँ

उपहारमा आज मैले पीडा मात्र पाएँ ।

 

वेदनाले छाती पोल्दा सक्दिन म बोल्न

स्वार्थी रैछौ गल्ती मेरै सकिन नि चिन्न

एउटा मेरो गल्तिबाट धेरै फाइदा लियौ

सारा खुशी दिन्छु भन्थ्यौ तर आँसु दियौ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |