हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भानु यो देशका गौरव

भरतमणि मरहट्टा , ( )

भानू-भक्त भनी महान कविको, श्रद्धा यहाँ गर्दछु
यी साहित्य-सपूत जानि उनकै, काव्यैमहाँ रम्दछु ।
घाँसीका सुनि बात नाम् भुवनमा, राख्नै त इच्छा गरी
लेखे धेरथरी ति छन्द कविता, बाँचे नि पृथ्वी भरी ।।१।।

मान्छे पण्डितकै सुनेर ति कथा, भज्थे यहाँ रामको
नेपाली रचना, नपाइ पढनै, गर्थे कुरा - धामको ।
त्यो रामायण जो थियो उ रचना, हो वाल्मिकीको पुरा
उल्था त्यै गरि ग्रन्थको सरल पो, भाषा बनाए छुरा ।।२।।

जम्मै काव्य त लेखियो नि रसिलो, जो छन्दमा देखियो,
उल्था काव्य कथा नलेखि अरुको, आफ्नो पनि लेखियो ।
शिक्षा त्यो वधुको थियो, अनि थियो, त्यो भक्तमाला भनि,
मुद्दा जेल सबै सहेर तनमा, कान्ती--पुरीको पनि ।।३।।

ऊँचो मानव भानुकै सरि यहाँ, देखिन्न कोही कवि,
साहित्यै नभमा उदाए जसरी, देखिन्छ उज्वल रवि ।
जन्मे ती कवि भानुभक्त उनको, गाऊँ त रम्घा छ नि,
आचार्यै थरका कुलीन घरका, मान्छे रहे तापनि ।।४।।

सेवामा जनका विताइ उनले, बाँडेर नौला कला
घोकिने घरमै मिलेर तिनको, श्लोकै निखारी गला ।
लेख्थे छन्द कविता छ मूख्यपनि, जो शार्दूलविक्रीडितै
त्यो रामायणको पढिन्छ कविता, मीठो छ यो छन्दमै ।।५।।

Comments

Chuda Nirvic

Thanks to admin team for publishing this poem.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |