हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मानवताको जयगान !

डा. जयन्त कृष्ण शर्मा, (हाल: टेक्सास विश्वविद्यालय, अमेरिका)

पर आकाशबाट हेरौं,

हेरौं यो धरती

महाकाश चिरेर

अझै परबाट नियालौं

देखिन्छ गोलाकार

हिउँ
जलमण्डल

बादल

धरती गोलाकार

सेतो
नीलो

अनि,
अनि मानिस

गोलाकारमै समाहित

नीलो, सेतो अथवा
कालो बिन्दु !

मानिस्

गोलाकार सभ्यता।

गोलाकारमै समाहित

एक प्रतिस्पर्धा

तेजस्वी स्वप्न-सम्भावनीयता

बिन्दु -बिन्दुमा
विकर्षण अनि
आकर्षण, फेरि विकर्षण।

 

मानिस्

खोलावारी देखि पारीसम्मका फड्का

युद्ध

खोला अब होइन एउटा जलधारा कलकल

तिर्खा मेट्ने,

खोला उसको सीमाना

खोला उसको सम्मान

शान्ति

 

गोलाकार सानु  ग्रहमा

आफ्नु मियादी माटोको फराकिलो आँगनमा

ढुक्क गुन्द्रीमा सुतेर

रातीको आकाशमा

वृहस्पति - यूरेनस
परको तारो,

अझ सानु देख्छ 
मानिस् !

मानिस्
तारोले आँखा झिम्काउँदा

पुलुक्क हुने मानिस,

ध्रुवतारै देखाएर भित्र्याएकी

आफ्नै अर्धाङ्गिनीलाई
घरभित्र लछार्छ

पछार्छ निर्धक्क

बहादुर मानिस  !


पर आकाशबाट हेरौं,
हेरौं यो धरती

नीलो, सेतो यो धरतीलाई रक्ताम्मै बनाउँछ मानिस। 

मातिन्छ किन मानिस ?

उपहास मानवताकै  गर्छ किन मानिस ??
अझै पर, महाकाशै पनि चिरेर नियालौं

कति मिलेर -आफ्ना कक्ष्यपथमा घुमी रहेका

सुर्य, ग्रह, ब्रह्माण्ड, ज्योतिस्क सबै।

Comments

Jit Subba

\"...कति मिलेर आ-आफ्ना कक्ष्यपथमा घुमी रहेका
सुर्य, ग्रह, ब्रह्माण्ड, ज्योतिस्क सबै।\"
- - - यो मिलनलाई के भन्ने ? 
      हामीले के सिक्ने ??

madhav KC

कविताले मुटु छोएको छ।  
हामीलाई 
हाम्रो कर्तव्यमा रत हुन सिकाउँछ। 
...

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |