हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

गरौँ राष्ट्र माथी हुनेको तयारी

चूडा निर्भीक, ( )

उ आएछ वैशाखको मध्य पारी

गयो धम्कि छाडी सबै विगारी ।

पराकम्प ठूला सधैं जान्छ भारी

कतै बन्छ नेपालको यै चिनारी ।।

 

कमायो मुटू जोडले कम्प हान्दै

बनायो छिया फेर पखेरा नि तान्दै ।

घरैको जगैमा बटारेर फाल्दो

पुराना सबै सम्पदा छानि ढाल्दो ।।

 

कहिल्यै नजानू नि भूकम्प फेरी

यदी जान परे खालि जानु हेरी ।

नढाल्नू चिनारी नमास्नू पुरानो

र नेपालमा बन्नु तैँले विरानो ।।

 

परेथ्यौँ पछाडी अझै धेर ज्यादा

गयौँ हामि कस्तो रहेको विधाता ।

मुहारै उज्यालो बनाऊँ मिलेरै

युवा लाग निर्माणमा खुलेरै ।।

 

छ धोको त हेर्ने मुलूकै विशाल

मिले बन्छ आऊ उठाऊ हिमाल ।

खनौँ देशको जग् बलीयो बसाऊँ

मिलेरै बनाऔं न वस्ती र गाऊँ ।।

 

नजाला अगाडी सबैले न गर्दा

नहोला उजेलो पछि हामी सर्दा ।

ल आऊ यहाँका युवा बाल नारी

गरौँ राष्ट्र माथी हुनेको तयारी ।।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |