गीत
प्रमोद अमात्य, (क्यालिफोर्निया)
तिमी बिना ज़िन्दगी यो जिउन गाह्रो भो
जीवनका पाइलाहरू चाल्न गार्हो भो
तिमी हुँदा, मन भरि उमंग र उल्लास्
जीवनका हर पलमा आनन्दको आभास्
तिमी थियौ, डाँडा भरि गुराँस र सुवास
ज़िन्दगीमा जताततै, बसन्त र बहार
तिमी छैनौ ज़िन्दगी यो, उजाड र उदास
छाएको छ जताततै, अध्यारो र निरास
उराठ लाग्दो दिन काट्न सार्है सार्हो भो
कहाली लाग्दो रात यो काट्न निकै गार्हो भो
तिमी बिना ज़िन्दगी यो जिउन सार्हो भो
जीवनका पाइलाहरू चाल्न गार्हो भो