हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

शुभ नयाँ साल

इन्जिनियर राकेश कार्की, (लस एन्जेलस)

चाहे काठमाण्डुको केन्द्रिय मुटुमा बस
चाहे काम खोज्दै उत्तरी ध्रुवमा खस
नयाँ साल जन्मेको ठाउँदेखि मनमा आउछ
नेपाली रगतको खुशी हरेक मुहारमा बगाउछ

हृदयमा अनुभव हुन्छ आमाको काखै न्यानो
नेपालीपन जोगाउने सगरमाथा कै छानो
जताततै स्वर्ग हेर तराई, पहाड, हिमाल
खुसीयाली दिदै थप्दै आउछ नयाँ साल

जता जता भए पनि हाम्रो एउटै जाति
नेपाली हौँ सधैँको लागि हाम्रो विशाल छाती
मेरो मुटु तिम्रो मुटु गाँसिएको नेपाल
सुख समृद्धि छर्दै आउछ शुभ नयाँ साल

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |