हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

ख्याक

मनोज प्रधान , (नर्थ क्यारोलिना)



म  सानो छँदा
हजुरमाले भन्नुहुन्थ्यो
छिँडीमा नजाउ
छिँडीको भरयाँग मुनि
ख्याक छ
जस्ले
छिँडी चड्ढ़ा खेरी
पैतला समातेर लडाउँछ

माथिमात्र
बसीराख  बाबु 
त्यहाँ ख्याकहरु छैनन्
छिँडी उक्लिँदा मात्र छन्
छिँडी चढ्दाखेरी मात्र छन्

आज
म  ठूलो छँदा
थाहा  पाएँ
जिंदगीको हरेक छिँडीहरुमा
ख्याकै ख्याक रहेछन्
ख्याकै ख्याक रहेछन्

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |