हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

त्यो घुम्ती

सुन्दर जोशी, (वेष्टपाम वीच, ल्फोरिडा)

त्यो घुम्ती आएपछि उ मरी मरी हाँस्न थाली। घुम्ती त थुप्रै छparty tents न् का� माण्डौ शहरमा तर उनलाई त्यहिँ आई पुगेपछि मात्रै कुतकुती लाग्नुको रहश्य फुत्काउन ऋतेनलाई कम्ता गाहारो परेन।

एकदिन उनले अर्थात भनेसाले अफिसमै भनिन् "आज गोथे इन्स्टीच्चुटमा एउटा फ्रेन्च फिल्म प्रदर्शन हुँदैछ ,मैले तिम्रोलागी पनि टिकट किनिसकेकी छुँ।"  अनि उ यसरी हाँसी कि उसको के तागत नाई भन्नलाई ।

"फोन गर न" भनेसाले नै सम्झाउनु पर्या उसलाई। हतार हतार घरमा श्रीमतिलाई फोन गरेर बोल्न सम्म झुट बोल्यो र लामो शास फेर्यो
राहतको तर विश्वासघात मिसिएको।
ऋतेनलेपनि एउटा शर्त राख्यो "आज त्यो घुम्तिको बाटो नजाने भए मात्रै……" भनेर।

"किन ?"  भनेर उ लगभग चिच्याई ।

"किनभने तिमि त्यहाँ पुगेपछि …" भनेसाले ऋतेनको कुरा विचैमा काटेर भनि "दुईदिन पछि म आफ्नो देश फर्कंदै छुँ प्लिज मलाई त्यहि घुम्तिको बाटो लैजाउ ।"

"आखिर किन तिमि सँधै त्यो……" फेरि पनि बिचैमा उछिनेर भनेसाले भनिन् "किनभने मलाई हाँस्न पुगेकै छैन। का� माण्डौंको सम्झना भन्नु नै तिमि र त्यो घुम्ती त हो।"

"मुर्ख  जस्तो कुरा नगर सम्झनलाई तिमिसँग धेरै कुराहरु छन्।"  ऋतेन अलि उदास जस्तै भयो। भनेसा दुईदिन पछि फर्किंदै छे भन्ने चिसो वास्तविकताले उसलाई भित्र कताकता चिथोरी रहेको थियो।

"के छ अरु त्यस्तो सम्झन लायकको?"  उनको चिम्से आँखाले टड्कारो ऋतेनलाई घुर्यो।

उसले भने घडी देखाउँदै भन्यो "म्याम ५.३० भै सक्यो जाने होईन?"  भनेसा ऋतेनकोपछि लागी र गाडीभित्र पस्नेवित्तिकै भनि "तिम्रो कुराको सिलसिला जोड न!  के छ अरु कुरा जुन म सम्झना स्वरुप लिएर जाउँ ?"

ऋतेनले टि� लाग्दो गरि हेर्यो भनेसालाई र भन्यो "तिमि wedding tents rental जोरसल्लेको त्यो होटेल बिर्सन सक्छौ जहाँ मैले तिम्रो शरीरभरिको जुका टिप्न रात विताएँ। तिमि करिब करिब सर्वाङ्ग नाङ्गो थियौ रगतमा लतपत र डरले तिमिले मलाई कसरी अङ्गालोमा बाँधेकी थियौ?"

भनेसाले लज्जालु आँखाले ऋतेनले सुईंको नपाउने गरि उसको अनुहार नियाली तर त्रिपुरेश्वरको शालिक घुमेर उकालो लाग्दै गर्दा उसलेपनि भनेसालाई एक नजर हेर्न भ्याई हाल्यो। दुवैको आँखा स्वभावतः जुधि हाल्यो।

"का� माण्डौमा ड्राइंभिङ्ग गर्नु त्यो पनि तिमिजस्ती केटीwedding tents लाई सँगैको सिटमा राखेर। ज्यान जोखिमको कुरा छ। तिमि केहि नबोल है एकछिन ।" ऋतेनले उकुसमुकुस हुँदै वाक्य पुरा गर्यो। भनेसा भने यसरी खिलखिलाएर हाँसी कि झण्डै एउटा ट्याम्पोलाई हानेन उसले।

"मलाई नसम्झ तर ति जुकाहरुमाथि त अन्याय नगर…" गाडी सम्हाल्दै ऋतेनले भन्यो।

भनेसाले उसको फिलामा दुल्ने गरी चिमोटि दिई। उ झन् जोशियो। "पाख्रिवासको तोङ्गवा र लामकानेको ह्याकुलो विस्रन सक्छौ?"

उसको फिलाभरी चिमोट्दै लगभग चिच्याई "प्लिज स्टप ईटू"

पार्किङ्ग लटमा गाडी रोक्दै ऋतेनले भन्यो "यस्ता अनगिन्ति कुराहरु छन् जसले तिमिलाई जहाँ गएपनि जहिले पनि नेपालको सम्झना दिलाई राख्ने छ ।"

"म नेपाल बिर्सन सक्दिन म तिमिलाई बिर्सन सक्दिन । तर त्यो घुम्तीलाई झनै बिर्सन सक्दिन ।"   नेपाली भाषाको पा� घोके झैं भनेसाले भनिन् ।

दुबै हाँस्दै हलभित्र छिरे। फिल्म शुरु भै सकेछ। उज्यालोबाट एकैचोटि अँध्यारोमा पस्दा कस्तो हुन्छ ? दुबैले छामछाम छुमछुम गर्दै बस्ने � ाउँ फेला पारे। अंग्रेजीमा सबटाईटल भएको फ्रेंच फिल्ममा ऋतेनलाई खास्सै मन लागेन। तर भनेसा यति नजिक थिई कि उनको मुटुको धड्कन गन्न सक्थ्यो उ। यस्तो दृश्यपनि आयो अनायास भनेसाले उसको हात बलियोसित समाती। उसको शास बढेको आभास पाएर हपहपी भयो ऋतेनलाई तर उ� ेर बाहिर जान सक्ने स्थितिपनि थिएन किनभने उसको दुबै हात भनेसाको हातभित्र जो थियो।

फिल्म सकिएर बाहिर निस्कँदै गर्दा उनले साउती मारी "भोक लाग्यो नाङ्गलोमा जाउँ न!"

उसको प्रिय रेष्टुरेण्टमा पुगेर गाडी रोकियो तर पार्किङ्ग भेटेन party tents उसले। भनेसालाई नाङ्गलोको अगाडी नै झारेर अन्नपूर्णको पार्किङ्ग लटमा पुग्यो। सँधैजस्तै युनिफर्ममा डटेको पालेलाई बीसको नोट तेस्र्याएर छुटकारा लियो।

उ फर्किएर नाङ्गलोको अगाडी पुग्दा उनी एउटा डल्लो डल्लो माथी माथी सैलुङ्गेमा चौरी चराउने जस्तै लाग्ने जवान केटोसँग मस्कि मस्कि गफिई रहेकि थिई । ऋतेनले केहि बोल्नै पाएको थिएन उनले उसको हात समात्दै भनि "मेरो नेपाली केटा साथी।"

ऋतेनले केहि प्रतिक्रिया व्यक्त गर्न नपाउँदै त्यो भाईले उसलाई डाहाले भुतुक्क भएको आँखाले घुर्यो र भन्यो "यस्तो भिलेन खेलिदिने दाई?"

"मतलब ?" उसको कुरा सुनेर उ तिन छक पर्यो । रिस उ� ्न समय नलाग्ने उसको स्वभावसँग परिचित भनेसाले तानेर उसलाई नाङ्गलोभित्र लगी हाली ।

अलिकति डराएको नजरले हेर्दै भनि "उ मेरो रेगुलर ट्याक्सी ड्राईवर हो"

"का� माण्डौको ट्याक्सी ड्राईवर …सोमत…।"  उनले फेरि आँखाले नै शान्ती धारण गर्न विन्ति गरी र मनलागे जति खानेकुरा अर्डर गरि र भनि "उ तिमिसँग जेलसलाई के भन्छ नेपालीमा ?"
"भुत्रो"  ऋतेनको रिस !
उसले निसङ्कोच भनि "त्यो मेरो पछि लागेर हैरान छ। म कहाँ हुन्छु र कतिबेला मलाई ट्याक्सी चाहिन्छ सबै थाहा हुन्छ त्यसलाई । भन्ने बित्तिकै अर्को ट्याक्सीपनि पाईंदैन । अनि म उसलाई अभोईड पनि गर्न सक्दिन र त्यो मोरो जहिलेपनि त्यहि घुम्तीको बाटो मात्रै लैजान्छ " 
"मतलब त्यो घुम्ती र यो गाण्टेमूलाको बीच रिलेशन छ?"  उसले भनेसालाई तीखो नजरले घुर्दै सोध्यो ।

उनले स्विकृतिमा टाउकोमात्रै हल्लाई र कता कता हराए जस्तो भई। ऋतेन उनको अनुहारको हरेक भावलाई पढ्न सक्थ्यो। यो शहरमा उ मात्रै यस्तो मानिस हो जसले उनको मनमा उ� ्ने हरेक छालको उँचाई नाप्न सक्थ्यो । कम से कम यस्तै सोच्ने गर्थ्यो उ। तर त्यो ट्याक्सी ड्राईवर उसको मनलाई � ुलो ढुङ्गाले थिचे जस्तो भएको छ। तैपनि आफुलाई सम्हाल्यो उसले। सम्हाल्नै पर्यो नत्र भनेसाको उ प्रतिको विश्वास डगमगाउन सक्थ्यो। दुईदिन पछि जाने मानिसको मन व्यर्थै दुःखी किन बनाईदिनु भन्ने सोचेर होला रोमाण्टिक हुने प्रयास गर्न थाल्यो।

उ भित्रको लाभा सेलाउँदै गएको आभास पाएकी भनेसाले आफुले खादै गरेकी गाँसको चम्चा उ तिर बढाई र उसले सहर्ष स्विकार्यो। भनेसा त उसको जु� ो झन् धेरै मी� ो मानेर खान्थी। उनले त उसको जु� ो गोक्यो भ्यालीको त्यो सानो होटेलमा खराब मौसमको कारण तिन दिनसम्म बस्नुपरे देखि नै खान थालेकी थिई। बेस्सरी हिउँ परेर उनिहरुको यात्रा रोकिएको थियो। दुर्भाग्यवश त्यहि बेला भनेसाले आफ्नो स्लिपिङ्ग व्याग पनि हराएकि थिई। सँयोगले ऋतेनको स्लिपिङ्ग व्याग डबल साईजको थियो र उ बाँची। उनी छ्यापीको अचारसँग उसिनेको आलु यसरी खान्थी मानौ त्यो स्वाद उनको जिब्रोमा जन्मजात बसेको हो।

उनिहरु नाङ्गलोबाट बाहिर निस्कँदा त्यो ट्याक्सी ड्राईवर त्यहिँ थियो। उसले भनेसाको हात समाएर आफुसँगै पार्किङ्ग लटमा लग्यो। त्यसले कुनै दुव्र्यवहार गरेन बरु अचम्मको टी� लाग्दो नजरले भनेसालाई हेरिरह्यो। उनिहरुले फर्कि फर्कि हेरे र जतिबेला पनि उसलाई त्यहिँ त्यहि मुद्रामा उभिई रहेको पाए। यतिसम्म कि उनिहरुको गाडी उसको आँखा सामुन्नेबाट चिप्लिएर गएको पनि उ हेरि नै रहेको थियो।
ऋतेनले सुस्तरी भनेसालाई चियायो। मोरी यसरी मुस्कुराई रहेकि मानौ रातको चिसो बतासले हो वा घण्टाघर अगाडिको बाटोमा लटरम्म फुलेका सिरिषका फूलहरुले कुत्कुती लगाई दिएको होस्।

सिँहदरबारको शालिक घुमेर माईतिघरतिर गाडी मोडिने बित्तिकै त्यो घुम्ती आईपुग्न लागेकोले ऋतेन सतर्क भयो। थापाथलीतिर मोडिने वित्तिकै प्यान्थरको � ुलो विलबोर्डमा एक्कासी उसको आँखा � ोक्कियो। यस अघि कहिल्यै यस्तो भएको थिएन। भनेसा सँधै जस्तो हाँस्न थाली। उसको मनमा चिसो पस्यो। 'रहश्य कतै यहि विज्ञापनसँग त छैन?'

"प्लिज, ऋतेन यसलाई एउटा रहस्य नै बनिरहन देउ ।" उसको आँखाको प्रश्न पढिसकेकि उनले भनि ।
"� िकै छ यो सन्दर्भ यहिँ टुङ्गियोस्। म कुनै चासो राख्दिन यस बारेमा।" मनलाई साँच्चै ढुङ्गाजस्तो बनाउने प्रयास गर्यो उसले।
पाटन ढोकाको पुर्वपट्टिको पाखामा थियो भनेसाको डेरा। घरसम्म गाडीपनि जाँदैन थियो तर त्यहाँबाट देखिने हिमश्रृँखलाले लोभ्याएको थियो उनलाई। घरदेखि अलि माथी सानो एउटा बौद्ध स्तुपा छेउ थोरै � ाउँ थियो जहाँ उ गाडी राख्ने गर्थ्यो।

आज त उसलाई त्यहाँसम्म झर्न पनि मन लागेन र फर्किन चाह्यो तर उ मानिन । मान्दै मानिन । उसले भनेसालाई को� सम्म छोड्न जानै पर्यो। काउचमाथिको उनको लुगाहरु पँछाउँदै बस्ने � ाउँ बनायो र उ अस्तव्यस्त को� ालाई नियाल्यो। पुराना थुप्रै घटनाहरु आँखामा एकछिन सलबलायो। त्यो को� ा जुन दुईदिन पछि उसकोलागी विरानो हुँदै थियो।

भनेसाले उसकै अगाडि निसङ्कोच सँधैजस्तै वस्त्रहरु फेरी । उनलाई उ सँग सङ्कोच हुनुपर्ने कुनै कारण थिएन । गोक्योको त्यो हिमआँधिमा स्लिपिङ्ग व्याग हराएपछि माईनस कति हो कति जाडोमा ऋतेनसँगै एउटै स्लिपिङ्ग व्यागमा कतिदिन सम्म सुतेकि थिई ।

उसले एउटा सानो प्याकेट दिँदै भनिन् "त्यो ट्याक्सी ड्राईवरलाई देउ है, तर म गईसकेपछि"
"के हो भन पहिला ?"

"त्यो उसैको नासो हो-वान होल बक्स अफ प्यान्थर"

मनमा त लाग्यो त्यो बट्टाले उसैको मुखमा हानिदिउँ जस्तो, तर सँयमित हुनु नै कल्याण देख्यो ऋतेनले। किन दुखाई दिने दुईदिन पछि जाने मान्छेको मन। शायद यस्तै सोच्यो उसले।

उ हराएको सुईँको पाएकि भनेसाले भनि "तिमि शायद मेरो चरित्रमाथि शङ्का गरिरहेका छौ।"

"तिम्रो चरित्रसँग मलाई केहि लिनुदिनु छैन ।" प्यान्थरको बट्टा उसैको अगाडि फालिदिँदै फेरि भन्यो "तिमिहरु यस्तै हौ मिडल स्कूलदेखि नै खेलाउँछौ यस्ता बट्टाहरु कसले रोक्ने तिमिलाई ? न आमा बाबुको � ेगान हुन्छ । 'माई लाईफ ईज माई लाईफ' त्यत्ति हो जिन्दगीको फिलोसोफि। आफ्नो खुशीको लागी जे पनि गर्छौ तिमिहरु। यस्तै सँस्कारमा हुर्किएकि छौ…"

अनायास उ सोफामा थच्चारिई ढलेको रुख जस्तै र निक्कै दुखी नजरले हेरि ऋतेनलाई । ऋतेन रिसको झोँकमा बोल्नुसम्म बोली सकेपछि ग्लानी महशुस गरिरहेको थियो आफुलाई सँयमित राख्न नसकेकोमा।

निकै बेरको मौनतापछि अनायास भनेसाले प्रश्न गरि "तिमि एल ए आउँदा मलाई भेट्न आउँछौ?"
ऋतेनले टी� लाग्दो नजरले हेर्दै भन्यो "त्यहाँपनि यस्तो घुम्ती छ?"  उ थोरै हाँसी र भनि "छ तर प्यान्थरको विल बोर्ड भने छैन ।"

भनेसा फर्किएको झण्डै सात आ� महिनापछि काम विशेषले ऋतेन एल ए पुग्यो। उनले दिएको � ेगानामा पुगेपछि उसलाई घरको पर्खाल देखेरै अत्यास लाग्यो। बेल थिच्ने आँट पनि आएन । दोमनमै झुक्किएर बेल थिचिसकेपछि एकजना अधवैशे जापानिज जस्तो लाग्ने महिलाले आलिशान महलभित्र छिराई र लिभिङ्ग रुममा राखेर हराई ।

अनायास उसको आँखा भनेसाको एउटा � ुलो तैलचित्रमाथि पर्यो। त्यहि मुस्कान यस्तो लाग्यो उसलाई यसपल्ट उ त्यो घुम्तीमा पुगेर हाँसेकि होईन बरु उसैलाई यो अवस्थामा देखॆर हाँसि रहेकि हो।

ति महिलाले आएर उपहारको एउटा बाकस हातमा थमाईन् र भनिन् "भनेसा मङ्गोलियाको कुनै दुर्गम भागमा काम गरिरहेकि होली।"

ऋतेन एक्कैचोटि जोरसल्ले पुग्यो। ति महिला भनि रहेकि थिई "अर्कोपल्ट शायद तपाईलाई नेपालमै भेट्ने छिन्। उनी फेरि नेपाल जाने कुरा गर्थिन्।" उ मुस्कुराई ।

"तपाई…" ऋतेनले उत्सुकता जगायो ।

"म भनेसाको यो घरको रेखदेख गर्छु। उनी वर्षमा मुश्किलले दुई महिना यहाँ बस्छिन्।"

विचरा ऋतेन गह्रुङ्गोसँग मुस्कुराउन मात्र सक्यो। निस्कनु अघि भनेसाको त्यो पुर्णकदको तैलचित्र फेरि नियाल्यो। चित्र त्यसरी नै मुस्कुराई रहेको थियो जसरी उ मुस्कुराउने गर्थिन्।

बाहिर गाडीमा आएर उपहारको बट्टामा टाँसिएको सानो खाम खोलेर हेर्यो। सानो पत्र र चिरपरिचित हस्ताक्षरहरु । उ पढिरहेको थियो तर भनेसा आफै बोलिरहेको झै भ्रम भई रहेको थियो ।

"ऋतेन मलाई हाँस्न पुगेको छैन । त्यो बजिया ड्राईवरले त एकदिन मलाई प्यान्थरको त्यो बट्टा उपहार भन्दै थियो । मैले के हो भनेर सोद्धा उसले हाउभाउबाट प्यान्थरको विवरण नै प्रस्तुत गर्यो। म यति हाँसे कि शायद त्यसले मेरो हाँसो चुम्नसक्ने सपना देख्यो । त्यो घुम्तीमा पुगेपछि मलाई अनायास हाँसो उ� ्नुको रहश्य त्यहि मात्र हो। तर तिमिले केहि हदसम्म सत्य बोलेको थियौ। माई लाईफ इज माई लाईफ नत्र म विलिनिएर विजिनेस मेनको छोरी भएर पनि जानी जानी स्लिपिङ्ग व्याग हराउँदै हिँड्ने थिईन। त्यो आलिशान महल जहाँ केहिबेर अघि तिमि थियौ त्यसभित्र साँगुरिएर बस्न सक्दिन। हार्वर्डमा पढ्दा खेरिदेखि नै बाबुआमासँग तिम्रो देश घुम्न पुगें। अनि मेरो पी. एच. डी. अनुसन्धानको लागी तिमिलाई थाहा छ मेरो विषय तिमिले थुप्रै सघाएका छौ मलाई । एउटा कुरा ऋतेन मानिसको मूल्याङ्कन गर्ने परिभाषाहरु फेर्नुपर्छ होला। म फेरि नेपाल आउने छुँ। पाख्रीवासदेखि हिले पुग्दै दिउँसै वास बस्न तिमिलाई फेरि पनि बाध्य पार्ने छुँ। मलाई तोङ्गवा र लामकानेको पोलेको ह्याकुलो खान पुगेकै छैन। यु नो मी माई लाईफ ईज माई लाईफ त्यत्ति न हो मेरो जिन्दगीको फिलोसफि ! कसले रोक्न सक्छ मलाई?"

राम्रै चड्कन पाएको महशुस गर्यो ऋतेनले। "मलाई लगुना वीच देखाउन लैजाउ न" आफुलाई राईड दिने साथीलाई विन्ति गर्यो। लगुना वीचको प्रसङ्ग घरी घरी उ� ाउँथी भनेसा ऋतेनसँग । शायद त्यसैले उ त्यहाँ गएर लगुना वीचको बगर भरि उनलाई खोज्न चाहन्थ्यो । त्यहाँको बतासहरुमा भनेसालाई महशुस गर्न चाहन्थ्यो ।

उनिहरु लगुना वीच पुग्दा करिब करिब सूर्यास्त हुनै लागेको थियो । विशाल सागरको छालहरुसँग खेल्दै घाम डुबेको यति सुन्दर दृश्य उसले जिवनमा कहिल्यै देखेको थिएन ।

Comments

Ramesh alone

हजुर को कथा त धेरै राम्रो लागो नी मलाई

ashafal gautam

तपाईंको समीक्षा भन्दा पनि गजलका शेरहरु राम्रा लागे । नमीठा लाग्दा कुरा भनेका गोर्वधन पुजा सानो उमेरमा धेरै लेख्ने भन्नुभएको छ । होला त्यहाँ उमेर नखुलाएको पनि त्यो आफ्नो ठाउँमा छ तर समीक्षा भएका कारण पुस्तकको नाम पृष्ठ संख्या मूल्य प्रकाशक जस्ता कुरालाई राम्रोसँग खुलाउन सकेको खण्डमा र लेखकले कहाँबाट कलम चलाउदैछ र अहिले कहाँ छ त्यो खुलाएको खण्डमा सुनमा सुगन्ध छाउने थियो की हजुर 

असफल गौतम पोखरा

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |