हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नजर के जुधेथ्यो...

इन्जिनियर राकेश कार्की, (लस एन्जेलस)

नजर के जुधेथ्यो


नजर के जुधेथ्यो चाँदनी छरियो जिवनमा

प्यासी घडा अमृत जलले भरियो जिवनमा

 

कति भएथ्यो नदेखेको खोज्दै खोज्दै हिँडेको

हजारौँ आशाका खोला तरियो जिवनमा

 

लुकामारी खेल्दै कहिले उ माथि बादलमा

कहिले तल समुद्रमा झरियो जिवनमा

 

सोचेकै थिएन आज एक्लै मुस्काई रहेछु

एकटकले हेरियो छक्क परियो जिवनमा

 

जता जता जान्छु तिम्रो रोशनी साथै

पछि पछि लाग्ने अठोट गरियो जिवनमा

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |