हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

अन्तिम सम्झना

कृष्ण कटेल, (ओखलढुंगा,कटुञ्जे )

तिमीले अन्तिम पटक

फोनमा भनेको सम्झना छ

ल राम्रोसँग बस्नुहोला

ठूलो मान्छे बन्नुहोला ।

 

त्यो अन्तिम भेटमा

मैले तिम्रो चिउँडो समाएर भनेथेँ

मलाइ कहिल्यै नछोड है ।

 

त्यसबेला बगेको तिम्रो आँसु

मलाइ के थाहा

मेरो सामु बगेको तिम्रो

अन्तिम आँसु थियो भनेर ।

 

थाहा छ मलाइ

तिमीले छोड्न चाहिनौ

मैले छोड्न चाहिँन

तर छुट्नैपर्ने थियो तिमी मबाट

म तिमीबाट ।

 

यसरी हो हाम्रो सम्बन्धमा

पूर्णविराम लागेको ।

आज तिमीले छोडेर गएको एउटा तस्विर बाहेक

केहि छैन मसँग ।

 

छन त छ,

तिम्रै सम्झनामा बगेर रित्तिएका

आँसु बिनाको आँखा

तिम्रै सम्झनाले एकोहोरिएको

चेत बिनाको मन

अनि तिम्रै अभावले बाँझो बसेको

मेरो हृदयको फूलबारी ।

 

भन्न त भन्थेँ म

तिमी बिना बाँच्न सक्दिन भनेर

तर मलाइ माफ गर प्रिया

तिम्रो अभावमा मर्न नसकेर म

कवि बनेको छु ।

 

तिम्रै सम्झनामा लेखिएको कविताले

मलाइ बाँच्न सिकाएको छ

मेरो भोलि देखाइदिएको छ

त्यसैले धन्य तिमीलाइ

जसले पागलप्रेमीबाट मलाइ

कवि बनाइदियौ ।।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |