हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

निलकमल भई फूल्यौ !

राज थापा, ( आयरल्याण्ड )

तिमीलाई लालिगुँरास फूल सोच्थें मैले
निलकमल भई फूल्यौ परदेशमा अहिले !

देशको सिमा नाघेपछि मनको भेष फेर्यौ
घुम्ति घुम्ति माया फेर्दै अति स्वार्थी बन्यौ !

चोखो माया फूल भन्थ्यौ कुल्चि गयौ आज
फोहोरी तिम्रो चालले सबलाई भयो लाज !

एक दिन त धोका दिन्छ स्वार्थ लुकेपछि
मागेर कस्ले दिन्छ आफ्नो ईज्जत गएपछि !

तिमीलाई लालिगुँरास फूल सोच्थे मैले
निलकमल भई फूल्यौ परदेशमा अहिले !

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |