हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आव्हान

जय प्रकाश विवश, (आँखिभुईँ —८, संखुवासभा)

यहाँ जङ्गबहादुर खोज्नेहरुको भीड छ,

यहाँ एक हिटलरको माग गर्नेहरुको जमात छ

यिनै मान्छरुको जमातमा एक बुद्ध खोज्नेहरुको पनि सानो टुकडी छ।

 

किन हो साँच्चै म छक्क पर्छु, अचेल बुद्धहरुको अवसानमा

गान्धी र मण्डेलाहरु अनि शान्तिको नारा बोकेर अहोरात्र खट्नेहरुको बेवास्तामा

अनि परेवाको बस्ती मासेर, पे्रमिल बस्तीहरु मासेर

गिद्धहरुको बस्ती बसाउने प्रतिष्पर्धामा उत्रने यो गजवको रोवोट दुनियासँग।

 

खै किन हो माग्छन् अचेल एक वीर योद्धा, जसले सबै सखाप पारोस्

खै किन हो माग्छन् सबै एक निडर साहसी जसले सबै थरथर पारोस्

किनकी यो जित्नेको युग हो रे, यो हार्नेलाई सुन्ने ठाउँ होईन रे

हरेक आँखा साहसीको खुकुरीमा हुन्छ कि त बलवान बन्ने सुरामै हुन्छ,

त्यसैले यो देखावटी युग हो


अझ शान्ति मरेको छ
, या धुकधुकी चल्दैछ,

वरपर अस्त्रको व्यापार छ, मस्तको

बजारमा सुरा सुन्दरीको छ्यापछ्याप्ती छ

त्रासमा मुस्किलले तिमी स्वास फेर्छौ ।

 

तै पनि

तिमी उही शानमा बाँच्ने एक चिम्टी रहर बोकेर हल्लिन्छौ

जीवितको बहाना बनाउँछौ

र मृत बाँच्छौ।

 

साथी तिम्रो अस्तित्व कहाँ छ?

साथी तिम्रो पहिचान कहाँ छ?

खाली बहादुरीको तक्माको भ्रम पालेर तिमी

अझै उही ईतिहासको हुलिया बोकेर

बस्, सम्मानित जीवन बाँच्ने सपना साँच्छौ।।

 

त्यसैले त तिमी बुद्ध मरेको हेर्छौ

र जङ्गबहादुर खोज्छौ

कि हिटलरको कल्पना गर्छौ

र शानले बाँचेको सपना साँच्छौ।।

 

भीड सँधै साँचो हुदैन, जमात सँधै सहि हुदैन

तिमी अव बुझ्नुपर्छ

चिन्नुपर्छ सत्यता र जीवन्तता

र थाल्नुपर्छ पछ्याउन उही बाटो

जो युगयुगान्तर तिम्रो प्रगति बोक्न सक्षम छ

जुगौँजुग तिम्रो उन्नति थेग्न तयार छ |


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |