हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पोको

सहदेव पौडेल , (न्यू योर्क)

अमेरिका आएको तेह्र दिनमै रमेश दाइ नेपाल फर्कनु भयो। "आई हाल्नु भो, जे हुनु थ्यो भै हाल्यो, केही समय बसेर जानुस्" भनेर धेरैले कर बल नगरेको होइन  तथापि रमेश दाइ आफ्नो बिचारमा अडिग हुनु भयो र एउटा "पोको" बोकेर नेपाल फर्कनु भयो।
अमेरिकाको आगमन आकस्मिक थियो। जीवनको  आधा वसन्त पार गरी advertising player सक्नु भएका रमेश दाइलाई अमेरिकामा दुख गर्ने कुनै रुचि थिएन। छोरा छोरीको भने सपनाको संसार थियो। छोरीको रोजाई अस्ट्रेलिया र छोराको रोजाई थियो अमेरिका। छोरोलाई 'लिन' आउनु भएको थियो रमेश दाइ।
फर्कदा रमेश दाइले अर्को एउटा टिकट पनि  काट्नु भयो। त्यो सिटमा उहाँले त्यही पोकोलाई राख्नु भयो। वाशिङ्गटन डिसीबाट दोहा, कतारसम्मको करिब १५/ १६ घन्टाको यात्रामा एक पल झुपुक्क गर्नु भएन रमेश दाइले, न त पानी नै मुखमा हाल्नु भयो। बारम्बार त्यो पोकोलाई हेर्दै टोलाउने, बेला बेलामा सुँक्क सुँक्क गर्दै १५/१६ घण्टा बितेको सायद रमेश दाइले थाहै पाउनु भएन।
दोहा थुप्रै सहरहरु जोड्ने एउटा ट्रान्जिट सहर हो। बाचेर होस् वा मरेर देश फर्कनेहरू प्राय: दोहाकै एयरपोर्टमा भेटिन्छन। अस्ट्रेलिया, लन्डन, नर्बे, जर्मनी, क्यानाडा आदि देशबाट आउनेहरु दोहाकै ट्रान्जिट हुँदै आउछन। दोहामा रमेश दाइ  पोको बोकेर काठमाडौँ जाने टर्मिनलमा जादै हुनुहुन्थ्यो, उहाँले एयरपोर्ट भरि अरू पनि थुप्रै नेपालीहरू हातहातमा उहाँको जस्तै पोको बोकेर हिडेको भेट्नु भयो। ट्रान्जिटको प्रतिक्षालयमा रमेश दाइले यी विभिन्न देशबाट आएका अनेक थरी नेपालीहरूको हातहातमा आफूले अमेरिकाबाट बोकी आएको जस्तै पोको देख्नु भयो। पोको बोक्नेहरू भने प्राय सबै पाको उमेरका देखिन्थे। भिड बाक्लो भए पनि कोही कसैसँग बोलेका थिएनन्।
advertising player उनीहरू टोलाएर पोको बोक्दै काठमान्डू जाने टर्मिनलको प्रतिक्षालयमा जम्मा हुन लागे। एउटा अचम्म के थियो  भने त्यो भिडमा युवा युवती  कोही थिएनन। जो थिए, छाला चाउरिएका, कपाल फुलेका, दाँत झरेका, कमजोरी जस्ता देखिनेहरू नै थिए। त्यो भिडमा बिस्तारै असहाय महिला, बाल बालिकाहरु पनि बढ्दै गए। पोको बोक्नेहरुको भिड झन् झन् बढ्दै गयो। कतार, साउदी अरब लगायत अन्य अरब देशहरूबाट पनि पोको बोकेर आउनेहरु सबै यहीँ भेटिए।
बिस्तारै सबै जना काठमाडौँ जाने जहाजमा चढे। सबैले आफ़ाफ़्नु सिटको छेउमा त्यही पोकोलाई राखे। जहाजमा कुनै हल्ला खल्ला थिएन। एउटा मसान शान्ति छाएको थियो। दोहा देखि काठमाडौँ सम्मको ४ घण्टाको  यात्रा आँखा पिलिक्क पनि नगरी बित्यो सबैको। जहाज बिस्तारै नेपालको सीमामा प्रवेश advertising player गर्‍यो। घनघोर बादल लागि रहेको थियो आकाशमा। सफा र स्वच्छ देखिने हिमालहरु त्यही कालो बादलमा लुकेका थिए। बिस्तारै पानी र चट्ययाङ्गको नमिठो सङ्गीतले आकाश गुञ्जियो र यसै गुन्जायमान सँगै जहाज बिस्तारै  काठमाडौँमा अवतरण गर्‍यो।
एयरपोर्ट बाहिर सामान्य भन्दा बढी भिड थियो त्यो दिन। विशेष गरेर शव वाहनहरुको लामो लाइन थियो। हल्ला निकै नै चर्की रहेको थियो। पानीमा रुझ्दै शव वाहनका संचालकहरु र भरियाहरु एअरपोर्टको आगमन कक्षमा आँखा तानी रहेका थिए। यस्तैमा आवाज आयो:
"आज त कम्तीमा पनि दुई तिन ट्रीप भ्याउनु पर्छ।"
"हो हो भ्याउनु पर्छ
भ्याउनु पर्छ "
"चाडवाडको मौसम छ खर्च चाहियो नि"
"त्यै त कहिले त शून्य पो हुन्छ हौँ"
"आज त अरब, कतारको मात्रै हो र उता अमेरिकाबाट
lcd ad player पनि आको छ रे"
"खै त कतारको जहाज त ओर्लियो त"
"खै त भित्र त शून्य पो छ त"
बाहिरी भिड बढ्दै गयो। पुलिसहरुको उपस्थिति पनि बढ्दै गयो। भरिया, शव वाहनका चालकहरु सबै अनियन्त्रित हुन थाले | भित्रबाट आवाज आयो। "आज कुनै लाशहरु आएका छैनन्, बाहिरको भिड हटाउनु होला |"
आगमन कक्षमा लामो लाइनमा रमेश दाइसँगै अरू थुप्रै यात्रुहरु आ-आफ्नू हातमा "पोको " बोकेर बिस्तारै एयरपोर्टबाट बाहिर निस्किए। त्यो "पोको"मा उहाँहरूको आफन्तको "अस्तु" थियो जो विदेशमा अनाहकमा गोलीको शिकार भएका थिए, जो श्रम गर्दा गर्दै मारिएका थिए।



Comments

नारायण गोबिन्द हल्वाई

कमलमणिज्यूको मेलबाट यस साइटको जानकारी भएर आज खोलेर हेरें।
  निक्कै राम्रो लाग्यो।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |