हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नमरी संसार देखिन्न

सुन्दर जोशी, (वेस्ट पाल्म बीच, फ्लोरिडा )

शुक्रबारको साँझ, प्यासिफिक कोस्टल हाइवे भएर शान्ता मोनिकातिर हुइकिदै थियो आकाश, ad display अचानक उसको नजर आफ्नो देब्रे पटिको लेनमा अनियन्त्रित पाराले तिब्र गतिमा आइ रहेको  एउटा कालो कनभरटिबल बिएमडब्लुमा पर्यो | एक नजर फेरी घुमाएर हेर्यो, मेरी बास्सै एउटी च्वाँक मैया त्यस्तो तिब्र गतिमा पनि लिपिस्टिक लगाउदै थिइ | मैयाको बिएमडब्लुले आफ्नो  जब्बरे होन्डा पाइलटको गालामा किस खान खोजेको देखेर उ लेन चेन्ज गर्ने दाउ खोज्दै थियो अचानक केहि पड्केको जोडको आवाजमात्र उसको कानमा पर्यो र advertising playing machine आँखा खुल्दा उ सडकको मध्य भागमै उभिई रहेको थियो | धुवाहरुको बिचमा थुप्रै गाडीहरु छरपस्ट भएको देख्यो उसले र आफु सकुशल बीच सडकमा भएकोमा अचम्मित भयो | शेरीफ र हाइवे पेट्रोलका गाडीहरु, एम्बुलेन्स र दमकलको चर्को साइरनले कानै फाट्ला जस्तो भयो र उ सडकको किनारतिर उभिएर रमिता हेर्ने विचार गरिरहेको थियो अनायास उसको नजर आफ्नै होन्डामा पर्यो जहाँबाट आपतकालीन सेवामा जुटेका थुप्रै मानिसहरु कसैलाई बाहिर निकाल्दै थियो | अलि नजिकै गएर नियाल्यो त्यो अर्धमुर्छित
advertising playing machine
मानिस अरु कोहि नभएर आकाश नै थियो अर्थात् उ स्वयम् | उनीहरुले जुन एम्बुलेन्स भित्र उसको शरीरलाइ राखे हतार हतार उपनि त्यसै भित्र छिरी हाल्यो | आफ्नो अवस्था बारे उसले त्यहाँ आपत्कालीन उपचारमा जुटेका मानिसहरुसंग अनेक प्रश्नहरु गर्यो तर जवाफको कुरा त परै जाओस् कसैले पनि उसको उपस्थितिको आभाससम्म पनि गरेनन् |



"हैन म यहाँ छु. तर मेरो शरीर भने त्यहाँ छ, के भएको हो, कतै मैले मुक्ति पाएको त होइन ?" पहिलो पल्ट आकाशलाई यस्तो महसुस भयो र आफ्नो बेहोश शरीरलाइ हेरेर बरबरायो | Photo printer एकजना महिला अफिसरको हातमा उसको फोन थियो | फोन लक थिएन र उनले कल लग र टेक्स्ट मेसेजहरु हेरेर आफ्नो कुममा टासेको रेडियोमा मुख लगेर भन्दै थीइन "यो महाशय फोनमा थिएन" |
"काँको फोनमा हुनु, मेरो फोन अटो मोडमा छ | अनि अटो मोडमा भएपछि गाडीको गति २५ माइल भन्दा बढी हुने बित्तिकै पूर्ण रुपले निष्क्रिय भै दिन्छ भन्ने त थाहा होलानी?" उ अलि उत्तेजित जस्तै भयो र आफ्नो बेहोस शरीरलाइ टिठलाग्दो नियाल्यो | अर्को अफिसरले घुरेर हेरे जस्तो लाग्यो उसलाई र अत्तालिएर भन्यो
Photo printer “एक नजर त्यो मैयालाइ हेरेको मात्र थिएं…" अफिसरले कुनै प्रतिक्रिया जनाएन अनि उ झसंग भयो पक्कै पनि उनकै कारणले यो सबै घटना भएको हुनु पर्छ | आवेशमा आएर उसले त्यो मैयाको हुलिया समेत खुलाएर चलि राखेको गाडीमा मेकअप गरि रहेको पोल खोलि दियो | तर उसको कुरा उनीहरुले सुन्ने भए पो ! 
ति महिला अफिसरले उसको खल्तीबाट आइ डी पनि निकाली र फेरी फोनको कल लग हेर्न थाली | त्यति बेलासम्म उसलाई घटना घट्नु अघिको अवस्था बारे सम्झना हुन थाली सकेको थियो  | त्यतिनै बेला एम्बुलेन्स मेरियन रिजनल मेडिकल सेन्टर अघि रोकियो र उनीहरुले बिजुलीको गतिमा उसको शरीर राखिएको स्ट्रेचरलाइ भित्र पुर्याए | उ पछि लागि रहेकै थियो | उसको भन्दा पहिला त्यहाँ अरु घाइते शरीरहरु पुर्याई सकिएको रहेछ तर उसलाई अरुको के मतलब | आफ्नै शरीरबाट उछिट्टीएको अर्थात् इजेक्ट भएको एउटा अर्को शरीर मात्रै थियो उ जसको उपस्थितिको आभास अरुलाई हुदै हुदैन थियो | अनि उसको उपचारमा जुटेका डाक्टरहरुले उसको शरीरलाइ मृत घोषणा पनि त गरेका थिएनन् | छोड्ने त कुरै थिएन
Photo printer | एउटा अनौठो अवस्थामा थियो उ र डक्टरहरुको गतिबिधि र कुराकानी बुझ्ने प्रयत्न गरिरहेको थियो | त्यतिनै बेला नजिकै अर्को बेडमा भएको एउटा शरीर छाडेर एउटी महिला जुरुक्कै उठिन | उसको उपचारमा तल्लिन डक्टरहरुले कम्प्युटरमा हेरेर भने " ब्रेन डेड, तर हर्ट बिट अझै बाँकि छ | मुटु चल्न बन्द नभए सम्म उनलाई आइ सी यु मै राख्नु पर्छ"
ति मैयाले पनि सुनिन् डक्टरहरुको कुरा र चिच्याउन थालिन "यो हुनै सक्दैन, म कुनै पनि हालतमा मर्न चाहदिन"
छेउमा भएको आकाशले ति महिलालाइ चिनी हाल्यो र फिसिक्क हाँसी मात्र रह्यो | अनि उनको नजर आकाशमा पर्यो र बम्कीइन "महाशय मुस्कुराउनुको कारण?"
"आफैलाई सोध, सम्झिने प्रयास गर" यति मात्र भन्यो आकाशले, स्वभावत: उ शान्त थियो | क्रोध सितिमिति उसको नजिक जान मन पराउदैन थियो | शाक्य परिवारको, बुद्ध धर्ममा आस्था राख्ने मानिस |
phone photo printer जीवन जे जस्तो अवस्थामा आइ पर्छ त्यस्तै भोगी दिनु पर्छ भन्ने कुरामा विश्वास राख्ने मान्छे उ | झन यो जीवन र मृत्युको दोबाटो बिचमा कतै अलमलिइ रहेको अवस्थामा उनिसित रिसाउने त प्रश्नै थिएन |
त्यतिनै बेला आकाशको उपचारमा लागेका डाक्टरहरुले भने " यो बिरामीको पनि त्यहि अवस्था छ | गजबको समानता छ यी दुइ बिरामीहरु बीच, ईमप्याक्ट टाउकोमै परेको छ र उसको पनि ब्रेन डेड भएको अवस्था छ | फरक यति हो कि यी महिलाको टाउकोमा अलि धेरै फ्राक्चर छ | युवकको टाउकोमा भने फ्राक्चरसम्म छैन तर उ यस्तो कोमामा छ कुनै चमत्कार नै हुनु पर्छ फर्किनलाइ |"
"चमत्कारमा म विश्वास गर्दिन र मेरो ब्रेन डेड पनि भएको छैन | मेरो आत्मा इजेक्ट भएको मात्र हो जुन तिमिहरुबाट अदृस्य छ, म त येही छु, बिल्कुल तिमीहरुको सामुन्ने |" आकाशले बोलेको ति महिलाले मात्र सुनिन् र जिल्ल परेर नियालिन् |
"हामी एकै अवस्थामा छौ | तिम्रो शृंगारप्रतिको मोहको कारण !" आकाशले उनको कानमै भनिदियो |
"मुर्ख जस्तो कुरा नगर" उनि झर्किईन् |
"त्यहाँ हेर तिम्रो हातमा अझै छ लिपिस्टिक, धन्य ति अफिसरहरु जसको नजर त्यसमा परेन | उनीहरु म फोनमा भएको आशंका गरिरहेका थिए तर वास्तबमा म तिमीलाई नियाल्दै थिएँ |" आकाशले उस्तै भद्र आवाजमा भन्यो
"मलाई किन नियाल्नु परेको थियो महाशयलाइ अगाडी बाटो नहेरेर ?" उनि झन् चडकिइन”
"तिम्रो बिएमडब्लुले मेरो होन्डालाइ साइडबाट किस खाने कोशीस गरि राखेको देखें अनि यो पापी आँखा गइ हाल्यो | तिमी गाडी चलाउँदै शृंगार पनि गर्दै थियौ ! ऐना हेर न नपत्याए | मान्नु पर्छ तिमिलाइ !!"
ति महिलाले ऐना खोजे झैँ गरिन् तर त्यति नै बेला एक हुल मानिसहरु इमर्जेन्सीको लबीमा पसे | कुनै परिचित आवाज सुनेर हुनुपर्छ ति महिला बाहिर दौडीन् अनि उत्सुकतावस संगसंगै आकाशपनि | उनीहरु घटनाको छानबिनमा संग्लग्न अफिसरहरु थिए | डक्टरहरु त्यहीं आइ पुगे | सबै कुरा भनि दिए र थपे उनीहरु अनिश्चित समयकोलागि आइ सी युमा रहने छन् | अनि उनीहरु दुर्घटनाको बारेमा कुरा गर्न थाले | ति मैया र आकाशको पनि कान ठाडो भयो | ति सरिफ महिलाले भनिन “ होन्डाको दोष देखिएन, उसको फोन अफ मोडमा थियो बरु बिएमडब्लुमा भेटिएको फोनमा भने केहि इनकमिङ्ग  मेसेजहरु थियो र उनले जवाफ पनि लेख्न भ्याई सकेकी थिइन् | अनि केहि ड्राइभरहरुको भनाइमा उनि मेकअप पनि गर्दै थिइन् रे | उनि  रियालिटी सो "इभाज वोर्ल्ड" कि इभा लोभातो रहिछिन् | म इभालाइ हेर्न चाहन्छु |" अनि उनीहरु डक्टरको स्वीकृति पाएर भित्र छिरे | संगसंगै उनीहरु पनि | उनको हातमा चेपिएको लिपिस्टिकमा अफिसरहरुको नजर नपर्ने त प्रश्नै थिएन | ति महिला सरिफले सानो टिस्यु पेपर निकालेर इभाको ओठ पुछिन् | लपक्कै आयो |
"देख्नु भो इभाजी अब त स्विकार्नु हुन्छ?" आकाशले ति महिला जसको नाम इभा रहेछलाइ भन्यो |
"तिमि मसंग धेरै निहु नखोज है महाशय!" इभा गजबले जंगीई |
"मेरो नाम आकाश, आकाश शाक्य, बेला न कुबेला चलि राखेको गाडीमा मेकअप गर्ने, टेक्स्ट मेसेज पनि लेख्न भ्याई दिने अनि उल्टै मसंग रिसाउने?" अलिकति चर्को स्वरमा बोल्यो आकाश | इभा भने आफ्नो केहि भुल नभएको कुरा अफिसरहरुलाई सुनाई रहेकी थिई र डाक्टरहरुसंग हार गुहार गरि रहेकी थिइन्|
"कोहि सुन्दैनन् तिम्रो कुरा, हाम्रो उपस्थिति भनेको भुतको जस्तो मात्र हो, देखेनौ त्यहाँ हाम्रो शरीर |" आकाशले फेरी इभालाइ सम्झाउने प्रयत्न गर्यो |
"यिनीहरु नसुनेको अभिनय मात्र गरि रहेछन | म पत्याउदिन तिम्रो कुरा !" इभाले भनिन् |
त्यहि बेला सिसाको चिल्लो लामो एउटा ट्युब जस्तो त्यहाँ अवतरण भयो र जिन्स र अर्मानिको टी सर्ट लगाएको एउटा हृष्टपुष्ट सुन्दर युवक अचानक बाहिर निस्कियो र नजिकैको एउटा अर्को  बेड छेउ गयो | उसले हात अघि बढाउने बित्तिकै भौतिक शरीरलाइ बेडमै छाडेर एउटा मानिस सर्लक्कै उभियो र त्यो अर्मानी लगाउने युवकसंगै त्यो ट्युब भित्र गयो र हेर्दा हेर्दै उनीहरुको आँखाबाट बिलिन पनि भयो | 
इभा जिल परेर आकासको अनुहार नियाल्न थालिन् |
"त्यो मानिस पनि सडकमै थियो मैले उसलाई एम्बुलेंसमा राख्दै गरेको देखेको थिएं | बिचरा,तिम्रो कारण अकाल मर्यो"
"मर्यो ...!" यति मात्र दोहोर्याइन् इभाले र उनि अझै आकासको अनुहार नियालिनै रहेकी थिइन् |
"देखेनौ त्यो अर्मानी लगाउने युवकले विमानमा राखेर लगेको, यमदुत पनि कस्तो ह्यान्ड सम!"
"यमदुत ?"
"सेड्युलर भन्छन क्यारे अंग्रेजीमा"
अफिसरहरु त्यहिं छन्, डाक्टरहरु त्यहिं छन् | आँखै अघि बैंकको ड्राइभ थ्रुमा पैसा राखेर पठाउने ट्युब जस्तो सर्लक्कै कोठामा बिमान झरेको पनि आफ्नै आँखाले देखेको हो, इभा अवाक्क भएर यता उता हेरी रहेकी थिइन् र कांपी रहेकी पनि | उनि डराई रहेकी छिन भनेर बुझ्यो आकासले र केहि बोल्नै लागेको बेला त्यो युवक फेरी त्यहाँ बिमान सहित अवतरण भयो र आकाशलाई बिमानमा बस्न इसारा गर्यो | कुनै प्रतिबाद नगरी उ चुपचाप विमानमा छिर्नै लागेको थियो अचानक इभाले उसको हातै समातेर तानिन् र भनिन् " तिमि जान पाउदैनौ ?"
"किन?"
"यो केशको फाइनालाइज नभएसम्म तिमि कहिं जान पाउदैनौ"
"तिमिपनि हिड न त त्यसो भए, माथि ट्रान्जिटमा आराम गर केहि बेर केशको फाइनालाइज नभएसम्म” अर्मानी लगाउने सेड्युलर युवकले बोल्यो यस पल्ट |
"हु द हेल आर यु? कहाँ लान चाहन्छौ तिमि हामीलाई?" इभा जंगीनसम्म जंगीईन् |
"तिमीले चिन्नु पर्ने हो मलाई, तिम्रै कारण मैले यो जागिर पाएको हुँ नत्र म पहिले एउटा ट्याबलोएडकोलागि पापराचीको काम गर्थे | तिम्रो ईमप्लान्ट गरेको छातीको तस्बिर लिन तिमीलाई पछ्याउदै सडकमा दौडी रहेको बेला एउटा गाडीले हानेर मेरो काम तमाम भयो र अहिले यही एरियाको सेड्युलर भएको छु |" 
"मुर्ख जस्तो कुरा नगर!"
"हेर मसंग तिम्रो केहि लाग्दैन, तिमि जान चाहदैनौ भने ठिक छ बस, तिमीले केहि समय बस्नै पर्छ तर उहाँको स्थिति फरक छ | उहाँको लागि विशेष स्वागत सत्कारको ब्यबस्था भै सकेको छ, मत तिमीलाई चिनेको हुनाले त्यो अवसर दिन चाहन्थें !" सेड्युलर युवकले सम्झाउने प्रयेत्न गर्यो |
"चिनेको हुनाले? पपराची भएकोले भन न, त्यसो भए तिमीलाई तीनदिन पछि मेरो इन्गेजमेन्ट छ, सारा दुनियाले चिन्ने प्रसिद्ध गायकसंग म वैवाहिक सुत्रमा बाधिदै छु भन्ने पनि थाहा होला? | जीवनको यस्तो संघारमा उभिएकि छु | अनि भन कसरि जान सक्छु म तिमिसंग?" एक रत्ति नसोची एकै शासमा भनि हालिन् इभाले |
"तिम्रो शरीर पूर्ण रुपमा तंग्रिन नै महिनौ लाग्न सक्छ, अनि फेरी बिभिन्न चोटको कारण तिम्रो सुन्दरता पनि दुरुस्तै नहुन सक्छ, त्यस्तो परिस्थितिमा तिमि त्यहि फर्किन चाहन्छौ ?" युबकले प्रश्न गर्यो |
"मुख सम्हालेर बोल्नुस महाशय, परिस्थिति जस्ताको तस्तै हुने छ | तिमीले तर्साएर तर्सिन्छु म? " युवकको कुरा बिचैमा काटेर बम्किन सम्म बम्कीइन इभा |
"हेर्नुस, तपाई ब्रमाण्डकै सबै भन्दा धनि र सुन्दर मानिस भएपनि मैले शेड्युल अनुसार काम गर्ने पर्छ | मसंग तपाई मात्र हैन कसैको पनि जोर जबर्जस्ति चल्दैन |" युवकले गजबले झपारी दियो इभालाइ | मज्जा लाग्यो आकाशलाइ र उ मौन दर्शक भएर मुस्कुराई रह्यो | उसको त्यो मुस्कुराहट फेरी पनि असैह्य भयो इभालाई र उनि फेरी उ माथि खनीइ |
"महासय मुस्कुराउनुको कारण चाही? तिमि जिम्मेवार छौ यो सबै घटनाको लागि, तिम्रो कारण यो दुर्घटना नभएको भए यति बेला म सुटिंगमा हुने थिएं | म तिमीलाई बाँकी राख्दिन, हेरी बस "
"अब बाँकि नै के रह्यो म त शेड्युलर भाइसंग जान पनि तैयार छु !" अनि उ बिमान तिर बढ्यो |
"घटनाको बारेमा पुलिसहरुले निर्णायक कुरा नसुनाए सम्म तिमि जान पाउदैनौ !" इभाले आकाशको हात समातेर तानिन् |
"हैन मैले उहाँलाइ लानु पर्छ | उहाको बिशेष स्वागत सत्कारको तैयारी भै सकेको छ माथि " सेड्युलर भाइले अलि सौहाद्र हुदै भन्यो |
"बिशेष स्वागत सत्कार? उ त्यस्तो बिशेष मानिस देखिदैन त? इभाले पतयाइनन् |
"बिशेषको परिभाषा माथिको अलिक फरक छ इभा | फेरी दुनियाको रिति रिवाज तिमीलाइ थाहा पनि छैन | तिम्रो दुनिया सारै साँघुरो छ | मानिस भएर बाच्नुको अर्थ तिम्रो लागि मोजमस्ती गर्नु बाहेक केहि पनि होइन | अभाव, दुख, पिडा, सहयोग, उपकार जस्ता कुरा तिम्रो डिक्सनरीमा छँदा पनि छैन र तिमि जस्तो मानिसकोलागि स्वर्गको ढोका खुल्दा पनि खुल्दैन |" सेड्युलर भाइ जो पहिले पापराची भएर काम गरि सकेको मान्छेले, गजबले दियो डाइलग इभालाइ |
"मेरो लागि नखुल्ने स्वर्गको ढोका उसको लागि चाही खुला ?" फेरी पनि खिसी गरे जस्तै गरेर नाक खुम्च्याउंदै भनि इभाले |
"तैयारी हेर्दा त्यस्तै छ, तिमीले मैले रिस गरेर हुने केहि छैन | म पनि स्वर्ग भनेको हलिउड़नै हो भनि ठान्थे र त्यतै छिर्ने मौकाको खोजीमा थिएं | तर सडक दुर्घटनामा परेर खुस्केकोले होला सडक दुर्घटनामा परेकाहरुको सेवा गर्ने काममा खटिएको छु | मैले तिमीलाई चिनेको भएर मात्र नत्र अरु भए तिम्रो के गति बनाईसक्थे !" सेड्युलर भाइले नम्र भाषामा भन्यो | इभा अलिकति तर्सिए जस्ती गरिन् |
"मैले भन्न त हुदैन तर तिमिप्रति मेरो विशेष सहानुभूति भएर मात्रै इभा,  तिमिलाइ म केहि समय दिन्छु | मलाई थाहा छ तिमि सोचिरहेकी छौ, तिम्रो यो दुर्घटनाको खबर मेडियामा जाने बित्तिकै सारा संसार उर्लिएर हस्पिटल आइपुग्ने छ | कम से कम तिम्रोलागि आँसुको भेल बग्ने छ, त्यो देखेर मेरो हृदय पग्लिनेछ र म तिमीलाई यहि छोडेर जाने छु | तर त्यस्तो केहि पनि हुने छैन |"
"मतलब ?"  जंगिन छाडेकी हैन इभाले |
"मतलब सिधा छ, जिन्दगी भन्ने कुरा तिम्रो त्यो स्क्रिप्ट बिनाको रियालिटी सो जस्तो छैन इभा | विश्वास गर्दिनौ भने आफ्नै आँखाले हेर, आफ्नै कानले सुन | तिमीलाई कसैले देख्दैनन सुन्दैनन्, | रियालिटी सो कि चर्चित अभिनेत्री तिमि, वास्तबमा रियालिटी भनेको के हो त्यो बुझ्नलाइ तिमिलाइ म मनग्य समय दिन्छु | यो एउटा फोन तिमिसंग राख, त्यसमा एउटा होम बटनमात्र छ जसको माध्यमवाट तिमि मलाइ सम्पर्क गर्न सक्ने छौ, अहिले म उहाँलाइ लिएर जान्छु " सेड्युलर भाइले खल्तीवाट फोन निकालेर इभातिर बढाउदै भन्यो |
"नाई, मलाइ एक्लै डर लाग्छ !" इभाले रुदै आकाशको हातै समातेर तानिन् | सेड्युलर भाईले टिठ लाग्दो नियाल्यो इभालाइ, त्यहि बेला उसको फोनको घन्टी बज्यो र उ फोनमा व्यस्त भयो | यही मौका छोपेर इभाले आकाशलाइ भनिन् |
"मैले तिमीलाई माफ गरें, तिमि नजाउ ल”
"म त दंग परेर जान्छु, किन नजानु? " आकासले शिष्ट पाराले भन्यो र बिमानतिर पाइला बढायो |
इभाले अचानक उसको बाटो छेकेर रोकिन उसलाई | आँखालेनै प्रश्न गर्यो आकाशले अनि उनले साउतीको भाषामा भनिन " म एक्लै हुन्छु प्लिज आकाश, तिमि नजाउ न |”
शेड्युलर युवक उनको कुरा सुनेर मुसुक्क मुस्कुरायो र भन्यो "एक शर्तमा म उहाँलाइ केहि दिनकोलागि तिम्रोसाथ दिन छाड्न सक्छु"
"कस्तो शर्त ?"
"उहाँको शरीरलाइ डाक्टरहरुले लाइफ सपोर्टमा राखी सके, माथिको तैयारी पुरा हुने बित्तिकै म उहाँलाइ लिन आउने छु, त्यस बेला तिमीले कुनै ड्रामा गर्ने अवसरनै पाउने छैनौ!"
"उ कसरि लाइफ सपोर्टमा? उसको त टाउकोमा फ्राक्चर सम्म छैन भन्दै थिए डाक्टरहरु"
"त्यो सबै एउटा सिस्टम मात्रै हो, तिमि बुझ्दैनौ, बरु जाउभित्र तिम्रो आफन्तहरु तल पार्किंग लटमा आइ सके |" सेड्युलर युवकले इभाको कुममा हातले यसरी थप थपायो मानौ उ उनि प्रति असीम निगाह गरि रहेको छ | मन नपरे पनि कुनै प्रतिबाद गरिनन इभाले तर उ तुरुन्तै बेपत्ता पनि भै हाल्यो |
एक हुल मानिसहरु इभा भएको कोठामा प्रवेश गरे | इभा अनायास "ड्याडी" भन्दै दौडीइन र उसलाई अंगालो हालेर रुन थालिन | त्यो मानिस सरासरी इभाको नजिक गएर उनको अवस्थालाई गम्भीर भएर हेर्न थाल्यो | एउटी उस्तै अधबैसे तर अद्वित्तीय सुन्दर युवती र अर्को एक पुरुष भने अलि वरै पर्खालमा अढेस लागेर बस्यो | आकाश पनि ति पर्खाल छेउ उभीनेहरुको छेउमा त्यसरी नै अडेस लागेर बस्यो र चुप चाप उनीहरुको खुसुर पुसुर ध्यान दिएर सुनी रह्यो |
इभा दौडिएर त्यहि आइ पुगिन र ति महिलालाइ अंगालो हाल्दै बिलाप गर्न थालिन तर त्यसको पनिं कुनै अर्थ थिएन | शायद इभाले वास्तविकतालाइ एकदम चाडो बुझिन र उनि पनि आकासको छेउमा गएर त्यसरीनै उभीन पुगिन र चुप चाप आगन्तुकहरुको अनुहार नियालेर टोलाइन | कसैको आँखामा एक थोपा आँसु पनि नदेखेर इभा जिल परेकी थिइन् |
"को हुन यिनीहरु ?" आकाशले इभालाई प्रश्न गर्यो | इभा केहि बोल्न सकिन |
"तिमीलाई त्यस्तो अवस्थामा देखेर पनि खोइ किन छैन यिनीहरुको आँखामा आँसु ?" सोध्न मन लागेको थियो आकाशलाई तर पर्खियो उसले | सायद टेलीप्याथी भयो उसको मनमा उठेको कुरा, इभा बरबराउन थालिन्|  
"बुबा अलि कठोर हृदयको हुनुहुन्छ, उहाँ अरुको अघि आफुलाई कमजोर देखाउन चाहनु हुन्न, | मलाई थाहा छ, उहाँ एकान्तमा अवश्य रुनु हुनेछ | तर आमा? मैले सुनेको थिएं आमाहरुको मन कमलो हुन्छ तर आफ्नो छोरीको त्यो अवस्था देखेर पनि उहाँको छाती चिरीएन, म आश्चर्य चकित छु आकाश |"
इभा आफ्नो आँसु रोक्ने प्रयास गर्दै बोलिरहेकी थिइन् |
"तिम्रो बाईलोजिकल आमानै हुनुहुन्छ उहाँ?" प्रश्न गर्यो आकाशले | इभाले फरक्क फर्किएर हेर्यो आकाशलाई तर केहि बोलिनन् किनकि बिल्कुल त्यहि प्रश्न उनको मनमा भर्खरै उठेको थियो | उनि केहि बोल्नै लागेकी थिइन् त्यहि बेला अरु एक दुइ जना मानिसले कोठामा प्रवेश गरे | इभा दौडिएर एउटा सुन्दर युवकको हात समात्न पुगिन् र भनिन् "जोनास मलाई माफ गर, हेर न अचानक के भयो ...!" तर जोनास शायद उनको प्रेमी त्यो युवकलाई त्यसको आभास सम्म पनि नपरेको देखेर उनि विछिप्त भईन | कमसे कम जोनासले बेडको नजिकै गएर उनको मुर्छनामा भएको शरीरलाइ नियाल्यो | इभा त्यहिं पुगिन् र उसको अनुहारको भाव पढ्ने कोसिस गर्न थालिन् | उ त्यहाँ धेरै बेर अडिन सकेन | इभाले कुरा बुझी हालिन् | जोनासको हृदयमा ठुलो पहिरो गएको स्पष्ट देखिन् | त्यहि बेला कोठामा डाक्टर र नर्सहरु आए | जोनासले डाक्टरलाइ उनको अवस्था बारे केहि प्रश्नहरु गर्यो | त्यहि पुरानै कुरा दोहोर्याए ति डाक्टरले पनि र अलिकति थपे " बाँचि नै हालिन् भनेपनि उनको मौलिक रुपलाई अर्थात् सुन्दरतालाइ कायम राख्न भने सकिने छैन | थुप्रै फ्राक्चर छ उनको अनुहारमा र धेरै ओटा सर्जरी गर्नु पर्छ, प्लास्टिक सर्जरीहरु गरेर अलिकति आकार भने दिन सकिएला उनको अनुहारलाई !"
डाक्टरको कुरा सुनेर इभा खंग्रंग भईन र जोनासको अनुहार चियाइन् |
उसको अनुहारमा देखिएको भाव भंगीमा उनको आमा र बाबुको अनुहारमा देखिएको भाव भन्दा केहि फरक थिएन | इभा रुन थालिन् | आकाशले उनको नजिकै गएर भन्यो : "मलाई लाग्छ उनीहरु स्तब्ध भएका छन, विश्वास गर्न सकिरहेका छैनन्, उनीहरुको अनुहारमा त्यस्तो भाव देखिनुको अर्थ तिमिप्रति माया नभएर होइन |"
"तिमि मलाई सहानुभूति दिने प्रयास गरि रहेका छौ !" इभाले आँसु पुछ्दै भनिन् |
"अनुभवको कुरा गर्दै छु, त्यस्तो हुन्छ बुझ्यौ ! कसै कसैलाई ढिलो छुन्छ, अनि जब वास्तबिकतालाई उसले स्वीकार्छ तब फुट्छ आँसुको बाँध|" आकाशले भन्यो | उसको कुरामा विश्वास गर्न मन लागे जस्तै गरि नियाली इभाले | आगन्तुकहरु आउने क्रम जारि थियो वेटिंग रुममा र भर्खरै दुइ तिन जना इभाकै उमेरका र उनि जस्तै सुन्दर युवतीहरुले प्रवेश गरेका थिए |  उनीहरु भित्र जाने पालो कुरेर बसी रहेका थिए | इभाको आमा र जोनास एक साथ बाहिर निस्किए | इभा र आकाशले उनीहरुलाई पछ्याए |  आगन्तुकहरुको अविभादन गर्ने शैली हेर्दा उनीहरु सबै एकदम नजिकका आफन्तहरु हुन् भनेर अनुमान गर्न आकाशलाइ गाह्रो भएन  | एउटी अतिनै सुन्दर युवतीले भने जोनासको हात बलियोसंग समाती जुन इभालाई पटक्कै मन परेन र उनि त्यो हातको पकडबाट जोनासको हात छुटाउने प्रयास गर्न थालिन तर व्यर्थ | उल्टो उनीहरु वेटिंग रुमबाट संगै हात समातेको समातेकै बाहिरिए | इभाले उनीहरुको पिछा गरिन् | एलेभेटर भएको सुनसान ठाउमा पुगेर ति युवतीले जोनासलाइ गजबले अंगालोमा बाधिन् र भनिन् "म तिम्रो दुखको अनुमान गर्न सक्छु जोनास |"
"म खासै त्यस्तो दुखमा छुइन डेमी, यो सबै उनको लापरबाहीको परिणाम हो|" जोनासले पनि डेमिलाई आफ्नो अंगालोमा बाँध्यो |
"धन्य भगवान ..तिमि इभा संगै थिएनौ, नत्र ..!" डेमीले जोनासको छातीमा लिपिक्कै टासिएर भनिन् |
"शायद तिम्रो मायाको जित हो !" जोनासले डेमिको चिउड़ो आफ्नै हातले उठाएर उनको भरिलो ओठमै चुम्बन गरिदियो | इभाले आगो भएर जोनासको गालामा गजबको झापड हानिन् र डेमीको कपाल लुछ्न थालिन् |
"म तिम्रो ठाउंमा भएको भए,यो बेअर्थको क्रोध देखाएर समय नष्ट गर्नुभन्दा बरु यी मानिसहरुको हर्कतहरु हेरेर यिनीहरुको वास्तविक रुप चिन्ने प्रयास गर्ने थिएं |"
आकाशले सम्झायो इभालाइ | इभाले आकाशलाइ पनि उही क्रुद्ध नजरले हेरिन् र लामो लामो शास फेरिन् | आकाश केहि पनि बोलेन |
"एउटा कुरा निश्चित भयो, म सकुशल ब्याक टु नर्मल लाइफमा फर्किएं भने पनि जोनाससंग मेरो भविष्य देखिनं मैले | यो एक नम्बरको प्ले ब्वाय पो रहेछ |" इभाले आफुलाई संयममा राख्ने प्रयास गर्दै भनिन् | आकाशले कुनै जवाफ दिएन | इभा अचानक वेटिंग रुमतिर लागिन् तर ढोकैमा बाहिर निस्कदै गरेकी आफ्नी आमा र त्यो अपरिचित मानिससंग उनीहरुको जम्काभेट भयो | उनीहरु साउति मारे झैँ सुस्तरी बातपनि मारी रहेका थिए | इभाले कान तिखो बनाइन् र पछि लागिन् | आकाशले इभालाई छोडेको थिएन |
"इभाको यही अवस्थालाई इस्यु बनाएर उनको हजुरबाउको वारेसनामा परिवर्तन गर्न मिल्दैन?" आमाले त्यो अपरिचित व्यक्तिलाइ प्रश्न गरिन्, जसको ब्यक्तित्वो गजबको थियो, कालो सुटमा उ हलीउडको कुनै नायक भन्दा कम सुन्दर देखिएको थिएन |
"मैले यो मानिसलाई पैले कहिले पनि देखेको थिइनँ, कतै मेरी आमा ..!"
"ब्यर्थै शंकाले लंका जलाउने प्रयास किन गर्छौ ? मलाई त यो मानिस एटर्नि हो कि जस्तो लाग्यो" आकाशले इभाको कुरा काटेर भन्यो |
"ठिक भन्यौ तिमीले, तर एटर्नि मात्रै चाही पक्कै पनि होइन होला" इभाले पनि साउतिकै भाषामा भनिन् |
"तिमि किन डराएकि? उनीहरुले हामीलाई देख्न र सुन्न सक्दैनन् | हामी मात्रै देख्न र सुन्न सक्छौ बुझ्यौ| यस्तो सुनौलो अवसर मैले पहिले नै पाएको भए मपनि समयमै सचेत हुन पाउंथे र धेरै कुरा फरक हुने थियो | तिमी भाग्यमानी रहेछौ इभा ! पहिलेको जीवनमा नफर्कीकन सधैकोलागि अर्मानी लगाउने भाइको विमानमा बसेर अज्ञात गन्तब्य तिर गइयो भनेपनि कमसे कम तिमी आफ्ना मानिसहरुको असली रुप चिनेर उनीहरु प्रतिको माया मोह चटक्कै छाडेर जान सक्ने छौ | म भने ..
"मतलब?"
"मेरो पछि नलाग उता उनीहरुको कुरा सुन न !" आकाशले इभालाई सचेत गरायो | एटर्नि भन्दै थियो "इभा कोमामा भएसम्म केहि गर्न सकिन्न..!"
"मलाई त यो बच्ला जस्तो लाग्दैन | थुप्रै सर्जरी गर्नु पर्छ भन्दैछन् डक्टरहरु, एउटा अपरेशनले हावा खायो भने त काम बनि हाल्यो नि " आमाको अनुहारमा एउटा धमिलो कपटी हाँसो देखेर इभा जिल्ल परिन् |
"तर तिमी अलिकति अभिनय गर्न किन सक्दिनौ, कमसे कम अरुले यो भेउ नपाउन् कि तिमी वास्तबमा इभाकी आमा होइनौ| "
"उनि मेरी आमा होइनन्? को हो मेरो आमा तिमीलाई नै थाहा हुनु पर्छ .." एटर्निको कठालो समातेर कराइन् इभा
"फेरी उही ताल !" दिक्क माने झैँ गर्यो आकाशले|
"तिमीले सुनेनौ के भन्दै छ यो मानिस?"
"सुनी राखेको छु र मलाई लाग्छ यो भन्दा अझ धेरै रहस्यपूर्ण कुराहरुको स्रोत हो यो मानिस | यसलाई छाड्नु हुदैन तर आवेशमा आएर होइन | हाम्रो नेपालमा एउटा उखान छ ' रिस खा आफु बुद्धि खा अरु' | तिम्रो रिसले तिमी जिउंदै भएपनि केहि लछारपाटो लगाउन नसक्ने अवस्था देख्छु म त | हुन त जिन्दगी नै एउटा नाटक हो,
हामी फगत पात्र मात्र हौ तर उनीहरु हामी जस्तै पात्रमात्र होइनन् | त्यो अर्मानी लगाउने सेड्युलर भाइले भने जस्तै यिनीहरु वास्तबमै एउटा भिषण नाटकको परिकल्पनाकार हुन् जसको कथा तिम्रो ओरिपरि घुमेको छ | तिमी त्यो कथाको मूल स्रोत र पात्र पनि हौ | के वास्तबमा तिमीलाई केहि पनि थाहा थिएन?"
इभा बिल्कुल नाजवाफ भएर शून्यमा हराइन र अचानक भित्र कोठातिर लागिन् | भित्र पसेर सरासरी बाबुकोअघि पुगिन् र भन्न थालिन् "को हो मेरो आमा? किन एउटा घोर अन्धकारमा राखिएको छ मलाई?" बाबुले उसको कुरा सुने पो | त्यसैले जवाफ पनि आउंदैन | अबचाही राम्रै बुझे जस्तै उनि चुपचाप आफ्नो मुढा शरीरको छेउ उभिन पुगिन् | पहिलो पल्ट निक्कै विह्वल भएर बलिन्द्र आँसु झारिन् र चोर औला ठड्याएर आफ्नै शरीरलाइ सम्बोधन गरिन "
म तलाई घृणा गर्छु ! म फर्किन्न अब !"
आकाशको मुटुपनि परक्क बटारियो | पहिले पपराचीको काम गरेको त्यो सेड्युलर युवकको कुरा सम्झियो उसले | वास्तबमा यी मानिसहरुले मूल कथाबाट यो नादान केटिलाइ पर्दामा राखेर केहि न कामको उडन्ते, बिना स्क्रिप्टको रियालिटी सोमा अल्मल्याएर राखेका रहेछन् | यो नादान केटि जो जन्मदै कुनै लखपति हजुर बाउको बिरासत हातमा लिएर जन्मीइ र अभाव भन्ने कुरा कहिल्यै पनि बुझिन | अहिले आफ्नाहरुको भूमिका मात्र हैन आफ्नै असलियत थाहा नपाएर भुंग्रोमा परेकी छ | "
"के भयो?"  अर्मानी लगाउने सेड्युलर भाइ अचानक इभाको अघि प्रकट भएर सोधी रहेको थियो | शायद भावनामा बहकिएर इभाले फोनको बटन थिचेकी थीइन | इभा, जवाफ दिनुको बदला भक्कानो फुटाएर रुन थालिन् |
"तिमि जे देखि रहेकी छौ त्यो नै सत्य हो र सत्य सधै नमीठो हुन्छ | तर म तिमीलाई भन्न नहुने एउटा कुरा भन्छु त्यो के भने यदि (यदिलाइ निकै जोडले उच्चारण गर्यो उसले)
तिमी पहिलेको पुरानै जिन्दगीमा फर्कियौ भने पनि तिमी विउंझिदा, हरेक रात एउटा सपना जसरि तिम्रो स्मृतिबाट हराएर जान्छ त्यस्तै मात्र हुनेछ | यी सबै यावत कुराहरु तिमीलाई केहि पनि सम्झना हुनेछैन |" अर्मानी लगाउने सेड्युलर युवकले इभाप्रति सहानुभूति प्रकट गरेझै बिनम्र सम्झायो |
"अर्थात् यदि म पुरानै जिन्दगीमा फर्किएं भने मेरो बाँकी जिन्दगीमा मैले यिनै दुष्ट मानिसहरुको षड्यन्त्रमा परेर एउटा कष्टपूर्ण जीवन जिउनु पर्ने हुन्छ?"
"शायद ..!"
"के शायद? तिमीलाई सबै थाहा छ | आखिर तिमी पहिलेको पपराची...."
"त्यसमा पनि बिशेष गरेर छाँया जस्तै तिम्रो पछि लाग्न मन पराउने मानिस..त्यसैले त अहिले पनि तिम्रो सेवामा खटिएको छु " सेड्युलर युवकले इभाको कुरा काटेर भन्यो | सेड्युलर भाइको फोनमा मेसेज आयो र उ अन्तर्ध्यान भै हाल्यो |
"कस्तो बिजी लाइफ रहेछ यो सेड्युलर भाइकोपनि"
इभाले सुन्ने गरेर आकाश बरबरायो | इभाले एक नजर उतिर फालिन् र उसको कुरामा खासै चासो दिइनन् र उनि फेरी आफ्नो बाबुको छेउमा उभिन पुगिन् | यहि मौका छोपेर आकाशपनि लुसुक्क निस्किएर आफ्नो शरीर राखेको कोठातिर लाग्यो | लाइफ सपोर्टमा राखिएको आफ्नो शरीरलाइ उसले निकै बेर गम्भीर भएर नियाली रह्यो, इभा सुटुक्क उसको छेउमा उभिन आएको सुइँकोपनि पाएन उसले | इभालेपनि चुपचाप उसको गतिबिधिलाइ नियाली रही | आकास बिस्तारै आफ्नो शरीर भएतिर बढ्यो र सिरानतिर गएर उभियो |
बिल्कुल त्यहि बेला अर्मानी लगाउने युवकको वाहन त्यहाँ अवतरण भयो र उसले आकाशलाई विमानमा बस्न आग्रह गर्दै भन्यो "तपाइको अबको यात्रामा प्रशस्त
फूलहरु पाउनु हुनेछ" अनि आकासले पछाडी फर्किएर इभालाई एउटा मृदु मुस्कान सहित हेर्यो र चुपचाप विमानमा गइ बस्यो | इभाले कुनै प्रतिक्रिया जनाउनु भन्दा पहिलानै बिमान बेपत्ता भयो | इभाले आतिएर हातमा भएको फोनको बटन थिचिन तर तत्काल त्यहाँ कोहि उपस्थित भएन | उनि अत्तालिएर आफ्नो कोठा तिर दौडीइन र सरासरी गएर आफ्नो भौतिक शरीर भित्र छिरिन् | त्यसपछि उनलाई केहि पनि थाहा भएन |



Comments

Jane

एकदम  राम्रो लाग्यो !

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |