हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

एउटा इच्छा

कृष्ण कट्टेल, (सिटिजन एफएम ९४ मेगाहर्ज काठमाण्डौ ।)

तिमीले छोडेर गएपनि
लाग्छ, यी फूलहरु तिम्रैलागी फुलेका हुन्
यी झरना, खोला र नहरहरु
तिम्रै सुन्दरताको वर्णन गर्दै बगेका हुन्

हावाले पनि तिम्रै सुवास छरेजस्तो लाग्छ
घाम र जूनले पनि तिमीलाइ हेर्न
तछाडमछाड गरेजस्तो लाग्छ

म त एउटा पात्र
जो, संसार भन्दा तिमीलाइ ठूलो देख्ने
तिमीले छोडेर के भो त
तिम्रै तीतो सम्झना संगालेर भएपनि
हेर्दैछु भत्किएका सपनाका घरहरु ।

मैले दिन नसकेका खुसीहरु
यो संसारले देओस तिमीलाइ
जसले बिर्स्याईदेओस तिमीभित्रको म
किनकी म त खुसी दिन नसक्ने मान्छे
पीडा दिएर पाप गर्न चाहन्न ।

मेरालागी तिम्रै सम्झना काफी छ
यो दुनिया तिम्रै पक्षमा होस
यी सज्जनहरु तिम्रै लागी बनुन्
म त तिम्रो जीन्दगीको एकादेशको पात्र
मात्र अतित सम्झिन पाए पुग्छ ।।
                      
                        

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |