रात नढल्दै म ढलेँ
राज थापा, ( )
रोगसंग लडेँ धेरै दिन जित मेरो भएन
कालो रातमा कहाँ हराएँ थाहा भएन !
रात नढल्दै म ढलेँ संसारबाट बिदा भएँ
आँसुले रुझे शोकमा डुबे सबै मुर्छित भए !
सकिन फेरी ब्युँझेर हेर्न यो मेरो संसार
शरीरमात्र छोडी म पुगे मृत्युको संसार !
चिताको आगोमा म जल्दै धुवाँ भएर गएँ !
खरानी बनि नदिसंगै बग्दै विलाएर गएँ !
आमा, बाबा नरुनु कहिले सम्झेर मलाई
हुँदैन शीतल मलाई आँसुले तस्बिर भिजाई !
हृदयमा सजाई राख्नु मेरो सम्झनालाइ
हाँसी खुसि बिर्सी दिनु दुख बेदनालाई !!!