हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गीत

उज्ज्वल जी.सी., ( )

पूर्णिमाको जूनसँगै हॉंसौ हामी नेपाली
वैरभाव मेटाउंदै बॉंचौ हामी नेपाली ।

आपसको भातृप्रेम मेचीकाली फैलाई
कालामैला वैमनष्य विश्वासले भगाई
युगौसम्म मायाप्रीति गासौं हामी नेपाली
वैरभाव मेटाउदै बाँचौं हामी नेपाली 

           पूर्णिमाको जूनसँगै...................।

डॉंडापाखा चारैतिर पौरखले खोपेर
स्वर्गजस्तो मातृभूमि कॉंधमाथि बोकेर
सारङ्गीको  धूनसगै नाचौ हामी नेपाली
वैरभाव मेटाउदै बॉंचौ हामी नेपाली 
           पूर्णिमाको जूनसँगै ....................।

अप्ठेरा ती सॉंघुहरू धैर्यताले तरेर
बुद्धको यो बगैंचामा शान्तिबीज छरेर
मुटुभरि राष्ट्रियता सांचौं हामी नेपाली
वैरभाव मेटाउदै बॉंचौ हामी नेपाली 
             पूर्णिमाको जूनसँगै....................।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |