हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तिमी मुस्कुराए देश मुस्कुराँउछ

अमृत सुबेदी गुराँस, (पोखरा)

जब तिमी हाँस्छौ
पहाड बोकेर बग्दाबग्दैको नदी
टक्क अडिन्छ र
एकफेर बग्न बिर्सेर हाँस्छ

जब हाँस्छौ तिमी
हिड्दाहिड्दैको दुःखको पहाड
एकैछिन बिर्सन्छ दुःख
र फिस्स हाँसीदिन्छ

जब तिमी हाँस्छौ
ढल्दै गरेको जून
अल्झीन्छ तिम्रै अनुहारमा
र हाँस्छ तिमीलाई हेरेर
रुँदारुदैको दुधे बालक

जब तिमी हाँस्छौ
भारी बोक्दै गरेका भरीया,
गिटी कुट्दै गरेका मजदुर
घर बनाउँदै गरेका कर्मी
खेत जोत्दै गरेका किसान
जागीर खोज्दै हिँडेका बेरोजगार
या भनौं, हजार सपनाहरुको
भारी बोकर चल्दै गरेको बतास
भोकका ज्यालाहरु, आक्रोसका ज्वारभाटाहरु
अभाव बोकेर दन्कँदै गरेको आगो
आँसु
 बोकेर आएका आँसुकै आँधि
सबैसबै रोकिन्छन् र बन्छ समानताको रेखा
सबैसबै अडिन्छन् एकै छिन र मुस्कुराउँछन्
केबल तिमीले मुस्कुराउनुमात्र पर्नेछ,
दुःख बिर्सेर मुस्कुराइदिन्छ दुःख
त्यसैले तिमी कदापी दुःखी नहुनु
तिमी दुःखी हुनु भनेको देश दुःखी हुनु हो
जब तिमी मुस्कुराउँछौं, दुनियाँ मुस्कुराउँछ
तिमी मुस्कुराए देश मुस्कुराँउछ

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |