हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

उज्यालो नजिकै

इन्द्रकुमार श्रेष्ठ ‘सरित्’, (तरहरा (सुन्सरी), हाल काठमाडौं)

चुनिखेलबाट हिंडेरै सिंहदरबार आइपुग्दा ठ्याक्कै दुई घण्टा लागेछ ।wedding tents उफ ! निधारबाट बगेको पसिनालाई रुमालले पुछेपछि उसले बाटोतिर एकजोडी आँखा दौडायो । अधिकांश जागीरेहरु कि त हाजिरी गर्न कार्यालयतिर दगुरिरहेका देखिन्थे कि त हाजिर गरेर घरतिर फर्किरहेका देखिन्थे  । चोकचोक र गल्लीगल्लीमा बसेका सुरक्षाकर्मीहरुको समूहलाई नदेखेजस्तो नहेरेजस्तो गर्दै गल्लीगल्लीहुँदै ऊ पनि डिल्लीबजारलाई छाडेर ज्ञानेश्वरतिर लम्कियो । एउटै पसल खुलेका छैनन् , एउटै सवारी साधन गुडेका छैनन् । दश बजेदेखि कर्फ्यु नै लाग्ने हल्ला चलेपछि त्रसित अनुहार लिएर सर्वसाधारण आप्नो गन्तव्यतिर लम्किएका होइनन् बरु दौडिरहेका देखिन्थे । त्रास र आतङ्कको कालो बादलले मानिसको शान्ति खोसेको कुरा भनिरहनुपर्ने विषय नै होइन । कत्तिखेर कर्फ्यु लाग्छ,, कत्तिखेर गुडिरहेको गाडी जलाएर ध्वस्त पारिन्छ, , कत्तिखेर को अपहरणमा पर्छ कसलाई के थाहा र रु अकधिनायकत्वले जनतालाई दिएको मानसिक यातना, शारीरिक यातना र आतङ्कको पराकाष्ठालाई अनुभूतिगर्दै ऊ पनि छिटोभन्दा  छिटो आप्mनो गुँडमा पुगेर सुरक्षित हुन चाहन्थ्यो । ढुकढुक गरेर छाती नै छेड्ला झैं  गरेर ढुकढुकीरहेको मुटुलाई आराम दिन चाहन्थ्यो । सानो गौचरणहुदै ऊ मालीगाउँतिर लम्कियो । अहो ! ऊ मनमनै झस्कियो । हतियारधारी सुरक्षाकर्मीहरुको एक हुल आँखाले प्रश्नात्मक शैलीमा उसैलाई घुरिरहेझैँ लाग्यो । उसको आङ ढक्क फुल्यो । हिंडिरहेका गोडाहरुले धोका दिने हुन् कि झैं लाग्यो उसलाई । तर उसले मनलाई दह्रोसँग गाँठो पार्‍यो । ए मन ! नहच्की तँ, उसले आप्mनो मनलाई आफै सान्त्वना दियो ।party tent किनभने यो समयमा कुनै पनि त्रुटी वा शङ्काका लागि कुनै दया वा क्षमाको सम्भावना छैन भन्ने उसले राम्रैसँग बुझेको थियो । दिनदिनैको यो अशान्ति र दौडादौडलाई सम्झिन नचाहदा नचाहदै पनि उसको मन मस्तिष्कले बिर्सिन सकेको थिएन । किनभने जुनसुकै अवस्थामा पनि कर्मचारीले हाजिर हुनैपर्ने कार्यालयको उर्दीले गर्दा आधारातमै पनि उठेर कार्यालय पुग्ने कर्मचारीहरुमध्ये अपवाद ऊ पनि थिएन नै । कतिखेर कहाँ के हुने हो भन्ने भय र त्रासलाई मनको थुन्सेमा बोकेर ऊ चुनिखेल र सिंहदरबार गरिरहेको थियो । अधिनायकको अधिनायकत्वले जनताको भावना र चाहनालाई बन्दक र बटुमुनि कुल्चिएको कुल्चिएै थियो । तर आक्रोश मनैमा राख्नुको विकल्प थिएन । हिंड्दाहिंड्दै भोकले पेट बटारिन थालेपछि कुनै सानातिना पसल खुलेका छन् कि भनेर उसले दृष्टि दौडायो । तर भोटे ताल्चा लागेका बन्द सटरहरुले उसलाई गिज्याईरहेभैm लाग्यो । buy party tents पिपलबोट धुम्बाराही पुगेपछि भने भित्री ढोका खोलेको सानो पसलबाट उसले एक पुरिया बिस्कुट र एक बोतल पानी  किन्यो । पानीको सहारामा बिस्कुट बुक्याउँदै ऊ धुम्बाराही चोकतिर लम्कियो । उसले  एक बोतल पानी र एक पुरिया बिस्कुट सिध्याउँदा  धुम्बाराही चोक आइपुग्यो ।  आम्मै ! ऊ तर्सियो । कतै यतै दोहोरो भीडन्त त भएन रु अलि परैबाट उसले कान चनाखो गर्‍यो । \'ए,  यो भीड त गोंगबुतिर पो जादैरहेछ ।\'
  \'ए सक्षम, गोंगबु जाने होइन त ?’  —भीडबाट एउटा ठिटाले च्याप्प उसको हात समात्दै सोध्यो । ऊ खंग्रग भयो । त्यो प्रश्नकर्तालाई को हो भनेर उसले खुट्याउनै सकेन ।\'कस्तो नचिनेको । ’ — प्रश्नगर्ने ठिटाले नै सक्षमको अप्ठ्यारोको गाठो फुकाई दियो । \'—  अस्तिमात्रै गोंगबुको जुलुसमा भेट भा’ होइनौ हामी रु ’ —त्यो ठिटो कैलो जुँगाको रेखी नचाएर हाँसेपछि ऊ पनि भीडको हिस्सा बनेर जुलुसको पछिपछि लम्कियो ।
क्ेही पड्केको ठूलो आवाजले भीड तितरबितर भयो । भीडमा थुपै्रलाई गोली लाग्यो । रातो रगतले रगताम्य र राताम्य बन्यो कालो सडक । सुरक्षाकर्मी र प्रदर्शनकारीहरु बीच घम्साघम्सी नै भयो । त्यहीँ नजीकै रेडक्रश र स्वास्थ्यकर्मीहरुले घाइतेहरुलाई तानेर प्राथमिक उपचार गरिरहेका थिएभने गम्भीर घाइतेहरुदलाई एम्बुलेन्समा राखेर अस्पतालतिर पठाइरहेका थिए । ढुंगा हानाहानले धेरैको टाउको फुटेको थियोभने ढुगा हानाहानले क्षणभरमै सडक रणमैदान झैं देखियो । कहिले सुरक्षाकर्मीले प्रदर्शनकारीहरुलाई लखेट्ने त कहिले प्रदर्शनकारीहरुले सुरक्षाकर्मीहरुलाई लखेट्ने काम भइरहेको थियो ।  सडकमा  छरिएका जुत्ताचप्पलबाहेक केही देखिएनन् ।
प्रहरीको लाठीले ढाडमा लागेको घाउको मलमपट्टी उसले बाटोमा खुलेको औषधि पसलमा गरायो । साँझपख फुटपाथमा राखिएका हरियो तरकारीको भाऊ सामान्यभन्दा तीनगुणा चारगुणा महंगो  भइसकेको थियो । ढाडको दुखाईले हो कि तरकारी महंगो भएकोले हो उसले तरकारी किन्न सकेन । एन्टिबायोटिक औषधिको सहाराले घर पुग्नेबित्तिक्कै खाना पनि नखाई ऊ थपक्क सुतिहाल्यो ।
\'बाबु, तँलाई सञ्चो छैन कि कसो रुअनुहार पनि निन्याउरो देख्छु नि , बाबु । ’ — भात थपिदिंदै आमाले सक्षमलाई सोधिन् । सक्षमलाई के भनूँ न के भनूँ भयो ।\'
होइन आमा, तपाईलाई तेस्तो लाग्या मात्रै हो । हिंडाईले गर्दा त्यस्तो देखिएको होला ।’ —आमाको स्नेहालु मनलाई शान्त पारे पनि उसको मन शान्त थिएन । ढाडको पीडाले भन्दा पनि हिजोको भीडमा जम्काभेट भएकी एउटी नवयुवतीको व्यहारले उसको मनलाई छटपट छटपट बनाईरह्यो । पसले केटीको हातबाट सुपारी लिएर खाँदै उसले आफैलाई भन्यो।—हो त व्यारे, केटी भन्दैमा कहाँ हुन्छ र रु कहाँ यो पसले केटी कहाँ त्यो जुलुसमा भेटिएकी । सौन्दर्य, शिष्टता र शौम्यताको सङ्गम थिई ऊ । धेरै दिनदेखि जुलुसमा उसको संंलग्नता सक्षमलाई राम्ररी थाहा थियो । तर हिजो ऊ नै सक्षमनजीक आएर शिष्टतापूर्वक परिचित हुने अनुमति माँगिन् र भनिन्—‘‘मेरो नाम चेतना हो, अनि हजुरको नि रु ’ —सक्षमले आप्mनो नाम बताएपछि चेतनाले नै सक्षमसँग धेरैबेर कुराकानी गरेर उसको बारेमा अभिरुचिपु
buy party tents र्वक जानकारी लिइन् र आप्mनो बारेमा पनि भनिन् । —‘‘ सक्षमजी ! हुन त मैले भन्न नहुने हो तर पनि एउटा निरंकुश तानाशाहको अन्त्य र गणतन्त्र स्थापनाको यो लडाईमा तपाईंको निन्तर संलग्नताले म धेरै नै प्रभावित भएकी छु । तेसैले अरुलाई नभनेको मेरो यथार्थ तपाईलाई भन्दैछु—वर्ग संघर्षमा होमिएकी म एउटी छापामार केटी हुँ । ’’ —छुट्टिने बेलामा उसले आप्mनो मोबाइल नम्बर दिएर सक्षमको पनि मोबाइल नम्बर लिन भुलिनन् ।
एक्काइसौं शताव्दिको तानाशाहले मोबाइल फोन बन्द गरिदिएकोले कहिले मोबाइल फोनको लाइन् खुल्ने हो सक्षमले कल्पना पनि गर्न सकेको थिएन । त्यसैले उसले आफैसँग प्रश्न गर्‍यो—फोन खुलेपछि चेतनाले मलाई फोन गर्लिन त रु आफैले आफुलाई गरेको यो प्रश्नको सक्षमसँग कुनै जवाफ थिएन ।
उन्नाइसको दिनको जनआन्दोलन देशव्यापी ब
wedding tents नेर उत्कर्षतिर लम्किरहेको थियो । कहिले यो ठा्उँमा त कहिले त्यो ठाउँमा लगातार लागिरहेको कर्फ्युले जनजीवन कष्टप्रद भइरहेको थियो । दैनिक उपभोगका सामग्रीहरुको मुल्यबृद्धिले जनतामा हाहाकार मच्चिरहेको बेलामा पनि अढाइ सय बर्ष शासन गरेको सत्ताधारीलाई कुनै चासो थिएन । किनभने सत्ताका तावेदारहरुले जनताको पीर, मर्का, गुनासो र चाहनाहरु श्रीपेचसम्म पुग्नै दिन्नथे भन्दा पनि हुन्छ । तर पनि जनताले कर्फ्युलाई चुनौतिदिंदै स्वतस्पूmर्त रुपमा बिरोधको होइन बिद्रोहको हुंकारगर्दै सडकमा दैनिक रुपमा नओर्लिएको दिन नै थिएन ।

श्रीपेचको तलुवा चाट्ने चाटुकारहरुले निहत्था
tent weddings जनतामाथि अन्याय र अत्याचार गर्ने कुनै बहाना बाँकी राखेनन् । समय कुसमय ृनिर्दोष जनताका घरमा छापा मार्नु त सत्ताधारीका लागि बायांँ हातको खेल  भएको थियो । न्यायका लागि आवाज उठाउँदा निर्दोष जनता भँगेराभन्दा कम मूल्यमा मारिए । अत्याचारको यो पराकाष्टाबाट मुक्ति पाउन आन्दोलनमा होमिनेहरुमा सक्षम पनि अब झण्डा बोक्ने होइन बरु भीडलाई सम्बोधन  गर्ने भैसकेको थियो ।
जुलुसका लागि जम्मा भएको भीडलाई सम्बोधन गरिसकेपछि बडो मुश्किलले भीडलाई छिचोलेर ऊ चेतनासमक्ष पुग्यो । अभिवादनमा चेतनाले सक्षमसँग हात मिलाईन् र पूर्ण  विश्वासका  साथ भनिन्ः ‘‘ सक्षमजी । नेपाली  जनताको त्याग, तपस्या र बलिदानले जनताले चाहेको दिन आउने कुरामा कुनै शंका छैन । गणतन्त्र त आउछ आउछ संगसंगै जनताको मालिक हुँ भन्ने राजतन्त्र पनि देशमा रहने छैन । जनआन्दोलनको लहरले यही कुराको पुष्टि गरिरहेको छ । ’’ — कुरा गर्दागर्दै दुबैजना भीडबाट अलि परतिर पुगे । आप्mनो कुरा जारी राख्दै चेतनाले फेरि भनिन्ः —‘‘सक्षमजी, हुन त म दशबर्षे जनयुद्धमा होमिएकी एउटी कार्यकर्ताले खुल्ला समाजमा आएर धेरै कुरो सिक्नुछ, के तपाई मलाई मद्धत गर्नुहुन्छ रु’’ै —सक्षमको मनको कुनाबाट सुस्तरी आवाज आयो, यो परिचय गाढा मित्रतामा बदलिए कति रमाइलो हुन्थ्यो होला रु
जनयुद्ध, जनआन्दोलन, निरंकुशतन्त्रको अन्त्य, तानाशाहको अन्त्य, संविधान सभाको चाहना, गणतन्त्रजस्ता शीर्षकहरुले अखबारहरु नरंगिएका दिन नै थिएनन् । चोकको चियापसलमा बिहानको चियाको चुस्की लिंदै अखबारको शीर्षकमाथि आँखा दौडाइरहेको थियो सक्षमले ।
‘‘क्या हो साथी हो । देशको नयां नेता त हाम्रो छेउमा बस्नै नहुनेझैं पर गएर बस्यो नि । ’  —सक्षमलाई लक्ष्य गरेर भीडबाट सानो स्वर गुञ्जियो ।
‘‘ तेई त , यी ठुटे नेताहरुले गरेर कुन दिन हामी पनि सेना र प्रहरीको फन्दामा परिने हो, होस गर है साथी हो । ’—अर्को खस्रो स्वर गुञ्जिनासार्थै ‘ हो हो  ’’ हो आवाज संयुक्त रुपमा गुञ्जियो ।
‘‘ मर्न डराउने नाथेहरुले जिन्दगी बाँच्न के जानुन् । देशको भालाईका लागि जनताको भलाईका लागि बाँच्दाबाँच्दै, युद्ध लड्दालड्दै मरिएछभने त्यस्तो मृत्युलाई हाँसीहाँसी अँगाल्न म त तैयार छु । किनभने,  मभन्दा मेरो लागि देश प्यारो छ, जनता
exhibition tent प्यारा छन् । ’’—सक्षमको कुरा सुनेर कोही केही बोलेनन् फलस्वरुप सक्षमले फेरि थप्यो—‘ निरंकुशताको सांलो तोडेर जनता भएर बाँच्ने होभने हिंड्नुस्, जाऔं जुलुसमा । सहभागी बनौ जनआन्दोलनमा । जुलुस आज बालाजुबाट गोंगबुतर्पm जानेछ । आउनुस्, आउने साथीहरुलाई स्वागत छ । ’’—कोही केही बोलेनन् । वरिपरि एकप्रकारको सन्नाटा नै छायो ।

‘‘बाबु, खुरुखुरु जागीर नखार तँ किन यस्तो जुलुस र नारातिर लाग्या, भन त, बाबु  । कालबेला ठीक छैन, बाबु । भो, तेसो नगर, छोरा । ’—आमाले सक्षमको अगाडि खाना राखिदिंदै भनिन् ।—‘बाबु, यो बूढीआमाले भनेको मान  ।’
‘‘ मैले केई गलत काम गरेकै छैन, आमा । मान्छे भएर बाँच्न पाउँने अधिकार खोज्नु गल्ती होइन, आमा । ’—सक्षमले आमालाई सम्झाउँदै भन्यो ।  ‘‘ ‘नयाँ नेपालको निर्माण, लैंगिक विभेदको अन्त्य, असमानताको अन्त्य, सामाजिक कुरीति र कुसंस्कारको अन्त्यका लागि अनि निरंकुश तानाशाही जहानिया शासन पद्धतिको अन्त्यका लागि दश बर्षे जनयुद्ध भयो । तपाईका छोराझैं थुपै्र आमाका थुपै्र छोराहरुले देशको लागि जनताको लागि आप्mनो प्राणको आहुति दिएभने अब आएर यो जनआन्दोलनबाट म पद्धि हट्ने कुरै छैन, आमा । यो आन्दोलन नयाँ नेपालको निर्माणका लागि हो ,आमा ! यो आन्दोलन समानता, न्याय र प्रगतिका लागि हो, आमा !’’
‘‘तर बाबु । ’—अाँसुले अाँखा टिलपिल टिलपिल भयो आमाको ।
‘‘पीर नलिनुस्, आमा । हिजोसम्म म तपाईको मात्र छोरो थिएँ । तर आज म देशको लागि बाँच्ने, देशकै लागि मर्ने नेपाल आमाको छोरो हुन चाहन्छु, आमा । म सम्पूर्ण नेपालीले एक पेट अघाउँजी खाएको र एकसरो नयाँ लाएको देख्न चाहन्छु । शोषणरहीत समाज, शामन्तविहीन समाज देख्न चाहन्छु, आमा । परिआए म नयाँ नेपाल निर्माणका लागि आप्नो जीवनकै बलिदान दिन परे पनि पछि नहट्ने दृढताका साथ जनआन्दोलनमा होमिएको छु । मेरो पीर नगर्नुस्, म रहिन भने पनि तपाईंलाई माया गर्ने मजस्तै तपाईंका लाखौं छोराहरु हुने छन ।’

घरबाट निस्केर चोकमा आईपुग्दा मेलासरि मान्छ देखेर सक्षमचकित भयो ।
‘‘किन, के भयो यहाँ  ?’ उसले भीडलाई नै लक्षित गरेर सोध्यो ।
‘‘अहिले भर्खरै सेनाले तिम्रो साथी निपेन्द्ेरलाई कुट्दै भेनमा हालेर लगो । तिमीलाई पनि सोध्दै थियो । होस् गर है सक्षम, सेनाको हातमा परे ‘सि कोई बाँचेर आको सुन्याछैन, देख्या नि छैन । ’ —भीडले भनेको कुराले उसको आङ ढक्क फुल्यो । नजीकैको पसलबाट फोन गरेर यो घटनाको जानकारी उसले जिल्लाका साथीहरुलाई गरायो । उसको मन त्यसत्यसै खुल्ल भएर आयो । यस्तो बेला चेतनाजीसँग भेटेर कुरा गर्न पाए केही समाधान निस्किन्थ्यो कि रु अहो ! जुलुसमा जाउँ कि नजाउँ रु के गरुँ म रु कसो गरुँ म रु सक्षमको मन तुलबुल तुलबुल भइरह्यो । अहो ! कसैले पिछा पो गरिहेको छ कि रु ऊ झस्कियो । तैपनि ऊ महाराजगन्ज आउने  गाडीमा चढ्यो । महाराजगन्ज पुगेपछि ऊ त्यो गाडीबाट ओर्लियो र बालाजु जाने गाडीमा चढ्यो । बिसौनीपिच्छे चढ्ने र ओर्लिने यात्रीहरुमा स्थायी अनुहार उसले नभेट्टाएकोले ऊ अलि ढुक्क भएर गाडीमा बस्यो । तर बालाजु पुगेपछि गाडीबाट ओर्लिनासाथ अचानक उसको पाखुरा कसैले करप्प समात्यो ।
‘‘दाई तपाईंसँग केही कुरा गर्नु छ । तपाईं हामीसँग हिंड्नुस् । ’’ — शिताङ्ग भयो सक्षम । आप्mनो जीवन राक्षसको फन्दामा परेको अनुभूतिले ऊ क्षणमात्रका लागि अचेत नै भयो । तर मन दह्रो गरेर आँखा खोलेर हेर्दा कपाल छोटो पारेर काटेका भूसतीघ्रेहरुले उसलाई घिच्याईरहेका रहेछन् । जुलुसका लागि अलि पर मात्र परिचित अनुहारहरुको भीड देखेपछि सक्षमले तीब्रताकासाथ एउटा निर्णय गर्‍यो र ऊ बेसकन चिच्यायो ।
निरंकुशतन्त्र —मुर्दाबाद
जनआन्दोलन—जिन्दाबाद
नारासँगसँगै उसले आपूm अपहरणमा परेको जानकारी गराउँदै चिच्याएपछि भीड अरिंगालको गोलोझैं दुई भुसतीघ्रेमाथि खनियो । तर भीडले हात लाउनै परेन एक्ली चेतनाले नै दुई  भुसतीघ्रेलाई रगताम्य हुनेगरी चुटेको देख्दा देख्नेहरुले जिब्रो टोके ।
‘‘आम्मै ! केटी त बिजुली रै‘छे, बा । ’— भीडबाट यस्तै आवाज गुन्जियो । त्यहीबेला गोली चलेको आवाज सुनियो ।
‘‘मित्र ! यस्तो बेलामा सुरक्षित हुन जान्नु पर्दछ । ’ —चेतनाले सक्षमलाई गल्लीतिर तान्दै भनिन् । सक्षम तन्द्रामाझैं चेतनाले डोर्‍याएतिर डोरिई रह्यो  । अहो ! यो स्नेह, यो मित्रता जीवनमा कहिल्यै नटुटोस् । तर आपूmलाई तानेर सुरक्षित स्थानमा ल्याउँने चेतना अचानक ढलेपछि सक्षम आत्तियो ।
‘‘चेतनाजी ! के भयो तपाईलाई ? पानी.......पानी......,ए कसैले पानी ल्याऊ ।’ —चेतनाले दह्रोसँग सक्षमको हात समातिन् र भनिन् ।—‘ मित्र ! मलाई अब पानी, माया , भोक केहीले पनि रोक्न सक्दैन । तर यो जनआन्दोलन रोकिनु हुँदैन । यो क्रन्तिको जिम्मेवारी तपाईंलाई सुम्पंदैछु । मेरो भरोसाको मान राख्नु होला मित्र ! ’’
‘‘चेतनाजी ! नाईं....... नाईं.......चेतनाजी.......त्यसो नभन्नुस् । हाम्रो मित्रता.............। तपाईसँग धेरै काम गर्नु छ । चेतनाजी..................,उठ्नु्स्न....... ।’ —डाको छाडेर ग्वाँ ग्वाँ रोयो सक्षम ।
‘‘मेरो पिठ्यूमा गोली लागेको छ । कायरहरुले छातीमा गोली ताक्न के सक्थे र रु तर यो आन्दो......................लन.......निश्चित लक्ष्य प्राप्तिका लागि अघि बढ्नै  पर्छ.....,हाम्रो.......,मित्रता..............म मरेर पनि मर्दिन, मित्र ! म क्रान्ति, आन्दोलन र तपाई मित्रहरुसँगै रहनेछु ..................,,हाम्रो...........मि.........त्र.......ता..................हाम्रो आन्दोलन....हाम्रो लक्ष्य....।’’
सक्षमको रुवाई तानाशाहको बिरोधमा उर्लिएको मानव सागरले लगाएको नारामा दबिएको थियो । नारासँगै हुरहुर बलिरहेको मसाल बोकेको मानवसागर आन्दोलन दमनका लागि आएको प्रहरीको ठूलो डप्फालाई लखेट्दै अगाडि बढिरहेको थियो ।

Comments

वैठके

यस्तै कति शहिदको बलिदान पछि अाएको गणतन्त्र नाम मात्रको गणतन्त्र भयो ।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |