हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

गजल

दिवाकर भट्टराई, (दमौली, तनहुँ)

हरप्रहर साथ भैगो, रात समर्पण छ !

रात संगै अनेकन, बात समर्पण छ !

लोलाएका गगन चुम्वि, अर्धनयनले

उब्जिएका बैसको, मात समर्पण छ !

सारथी बनि, जिन्दगीको यात्रा अब

अनन्त गोरेटोमा, हात समर्पण छ !

थाहा छैन भविष्य, कस्ले देख्छ खै

कहिल्यै नटुट्ने, साथ समर्पण छ !

Comments

amrit subedi

भएन हो दिवाकर जी अव त लेखनमा सुधार गर्नु प¥यो । समय र अवस्था कहाँ पुगी सक्यो तपाइ परिवर्तन भएको खै रु रचना त्यही अनुसारले समय बोल्नुप¥यो 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |