हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हाम्रो हस्तिनापुर

हरि पौडेल , (नेदरल्याण्ड )

किन गर्ने सत्यको खोजी ?
म पागल हुँ र ?
यो हाम्रो हस्तिनापुर हो,
कलियुगको हस्तिनापुर,
युधिष्ठिर बिना,
बिना कृष्णको हस्तिनापुर,
यो कलियुगको कंशको राज्य हो
कृष्णलाई जन्मिन कहाँ दिन्छन र ?
मारी हाल्छन् नि !

 

यहाँ दुःख पाउने पाण्डवहरु होइन !
कौरवहरु हुन,
पाण्डवहरु त बर्षों देखि
हस्तिनापुरमा राज्य गर्दै छन,
यहाँ शकुनि मामाहरुपनि पाण्डवहरु कै वरी परी छन,
कौरब त फुटपाथमा रन्थनिएर डुलिरहेका छन,
जागीर खाने लाइनमा छन,
पॅंधेरामा पानी थाप्न पर्खी बसेकाछन्,

 

पाण्डवहरु कहा बत्ती पनि छ
पानी पनि छ,
कौरवहरु कहा कहिले बत्ती छ कहिले छैन,
कहिले पानी छ कहिले छैन,

 

तर कस्तो संयमी !
जे गरे पनि सही बसेकाछन्,
आउला ! राम्रो दिन आउला !
कृष्ण त जन्मेनन
राम जन्मेला !
व्दापरमा केहि भएन
त्रेतामा केहि होला !
हरे कौरव ! कस्तो संयमी !

 

०२-०२-२०१४

Comments

Hari

मेरो रचनालाइ आफ्नो वेब साइटको योग्य सम्झी दिनुभएकोमा खसखस परिवार प्रति आभार प्रकट गर्दै  हार्दिक धन्यवाद् टक्र्याउद छु.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |