हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

जिन्दगीको परिभाषा

कमल भट्टराई, (मनासस, भर्जिनिया)

हामी सबैलाई थाहा छ मानिस जन्मेपछी बग्रेल्तै संघर्ष झेल्दै रहनु पर्दछ । कहिले खुशीका क्षण त कहिले दु:ख,पास-फेल,धनि-गरिव,प्रमोसन-डिमोसन,सन्चो-बिसन्चो आदी आरोह अबरोह र परिबन्दको अनुभुती हामी जो कोहिले पनि गरेका नै छौ। विश्वमा असख्य प्राणीहरु मध्ये सर्बोत्तम प्राणी मानिस मात्र उसलाई थाहा हुन्छ मैले राम्रो काम गरेको छु वा छैन, झुट बोलेर अरुलाई दु:ख वा गुमराहमा पारेको छु वा छैन, मैले आफ्नो देश र जनताको लागि वा आफ्नो निजी स्वार्थ लागी काम गरिरहेको छु। मानिसलाई मात्र सोच प्राप्त छ। विश्वका अरवौ प्राणीहरुले आफ्नो परिबारलाई माया गरेकै छन तर म एकमात्र सामाजिक प्राणी भएको नाताले आफू र आफ्नो परिबारमा मात्र बाचेर पुग्छ होला त? जन्मेर खाने,मोजमस्ती गर्ने,सन्तान उत्पादन गर्ने अनि मर्ने मात्र हो भने मान्छे भएर जन्मनु र कुकुर, बिराला वा मुसा भएर जन्मनुमा के फरक ?

जिन्दगी केलाई भन्ने ? भनिन्छ जिन्दगी आनन्दको खोज हो, रमाउन, भेट्न सके मोज हो; होइन भने बोझ हो। हामीहरु सबैले यो कुरा सोचौ- म जन्मिदा मेरो आगमनमा परिवार कति खुशी भयो होला, कति बधाई र उपहार पायो होला मेरो परिवारले तर म अहिले बाच्दैछु हारेर। त्यसैले मेरो अनुहार हारेको खेलाडीको जस्तो, सधैँ निहुरमुन्टी न भयो, राम्रो म हुनै सकिन। म जन्मिँदा बक्सियोस् भनेर जन्मिए पनि तीन वर्ष नपुग्दै तिमी भएँ । त्यसपछि सधैं डिमोसन भइरए, त्यसैले कसैलाई काम नलाग्ने जिन्दगी बाँचेर,वनको बनमाराजस्तै माटामै मिल्छु कि क्या हो ? तर फेरी भएको सानो मेरो दिमाग खर्च गर्छु सोच्छु । मैले अवश्य केही राम्रो गर्नैपर्छ समाज वा देशका लागि ताकी म मर्दा केही सिमित मानिसहरु अथवा ज-जसलाई मैले चिनेको छु उनिहरुले 'यो खत्तम मानिस थियो मर्यो, राम्रै भयो' नभनुन । यसको लागि मैले जिन्दगीमा एउटा कसम खाएको छु। कसैलाई लागि गल्ती सल्लाह नदिने, झुट नबोल्ने र सकेसम्म सहयोग गर्ने।

त्यसैले म अब अन्डाबाट पन्छी आकाशमा उडेझैँ उड्नुपर्छ, यो जिन्दगी अरूको लागि बाँच्नुपर्छ। तब म मरेर पनि बाँचिरहन्छु जस्तो लाग्छ। सोच्छु २५०० वर्षअघि जन्मेका बुद्ध हाम्रा छातीभित्र किन जिउँदै छन्, शेक्सपियर्, महात्मा गान्धि, मदर टेरेसा आदी नाम मैले किन बिर्सिन सक्दिन ? तर हामीलाई हाम्रा बाजे बजैका बारेमा के थाहा छ र ? नढाँटी भन्नुपर्छ हामीले हाम्रा बाजेका बाजेको नामै बिर्सिसक्यौँ। तपाईँ-हाम्रा पनि त्यस्तै दिन आउनेछन्।

अब हामीले सङ्कल्प गर्नुपर्छ सुकामोहरको मात्र जिन्दगी बाँच्तिनँ भनेर। अर्थात् आज कम्मर कस्‍नुपर्छ बाँच्तैबाँच्तै बाँच्नलाई, र मरेपछि बाँच्नलाई। हिजोसम्म सय रुपियाँका लागि सय झूट बोले पनि, अलिकति फाइदाका लागि गधाको पाउ मोले पनि बिर्सिदिनोस् ती पुराना कुरा। आज हामी सोचौँ, हामी खाल्टामा छौँ, तर हरेक खाल्टाको नाप्‍न सकिने मात्र गहिराइ हुन्छ। अब हामीले हाम्रो एक रुपियाँको हैसियत भए पनि हजारसँग सङ्गत गरेर एक हजार हुने नयाँ जिन्दगी बाँच्नुपर्छ। किनकि हाम्रो जन्मदिनको उपलक्ष्यमा दयालु परमेश्वरले यो संसार उपहार दिनुभएको हो। आजको विश्व यति सानो भैसक्यो कि कामको आधारमा मानिस विश्व प्रख्यात हुन रत्तिभर पनि लाग्दैन। अब जिन्दगीलाई सफलताको न्यानो चाहिएको छ। न्यानो पाउन आगो नजिक गए मात्र सम्भव हुन्छ। त्यसैले भित्री मन देखि लागौ र गरौ अरुका लागि राम्रो काम न कि आफ्नोलागि मात्र।

हामीले हिजोसम्म बाघलाई हिंस्रक भन्यौँ । वास्तवमा बाधभन्दा हामी कता हो कता हिंस्रक रहेछौँ, किनकि बाघले बाघलाई मारेको सुनिएको छैन। तर मान्छे मान्छेलाई मार्ने खेती गरिरहेको छ हाम्रो नेपालमा। अब हात छातीमा राखेर हामी नै बोलौँ त, बाघ हिंस्रक हो कि हामी ? अव हामी सबै स्तरका मानिसहरुले बुझ्नु जरुरी छ-जिन्दगीको परिभाषा ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |