हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

ओला, द स्ट्रिप डान्सर

बिनोद खडका , (दोहा, कतार)

साँझ बिस्तारै वयष्क हुने क्रममा थियो । सिमसिमे झरी चलि नै रहेको थियो । फटाफट अगाडी बढि रहेका हाम्रा पाईलाहरुलाई त्यो केटीले अनायासै रोकिदिएकी थिई । उ कुनै नाट्यशालाकी बिक्री प्रबन्धक थिई । भाष्करले उसको प्रस्तावमा सहमती जनाएपछि हामी दुबै जना कुनै आज्ञाकारी बालकहरु झै उसको पछिपछि  लागेका थियौ । त्यो गोरी केटी यतिखेर हाम्री नाईके भएकी थिई । त्यो केटी पनि अरु थुप्रै पोलिस केटीहरु झै राम्री थिई । टिमिक्क परेको पाईन्ट र चटक्क मिलेको ज्याकेटमा उ अझै राम्री देखिएकी थिई । बेलाबेलामा उ हामीलाई उसको सानो छाताभित्र घुस्रिएर झरीबाट बच्नकालागी भन्दै थिई । तर हामीलाई भने उसको त्यो सानो छाताभित्र घुस्रिए पनि फाईदा हुने कुनै सम्भावना नै थिएन । टाउको मात्रै पनि भिज्नबाट बच्ने वाला थिएन । पाँच मिनेट जतिको हाम्रो हिँडाईले गन्तव्य भेट्यो । हामी एउटा स्ट्रिप डान्स क्लबमा पुग्यौ ।  हामीलाई क्लबभित्र पठाउनका लागी उसलाई हतार भैरहेको थियो । उ हामीलाई आजको कार्यक्रमको प्रवेश शुल्कको टिकट जति सक्दो चाँढो भिडाउने सोचाईमा थिई । लाग्थ्यो कि उ भित्रभित्रै डराईरहेकी छे कि कतै हामीले हाम्रो निर्णय परिवर्तन गरेर कार्यक्रम नै नहेरी निक्लिने पो हो कि भनेर । यतिखेर उसकालागी हामी अति महत्वपूर्ण ग्राहक भैरहेको मैले महशुस गरेको थिएँ । अन्तत हामीले नृत्यशालाभित्र प्रवेश गर्यौ । मेरो यो पहिलो अनुभव हो । आजसम्म मैले लाईभ स्ट्रिप डान्स अवलोकन गरेको छैन । भाष्करका हिसाबमा यो रमाईलो अवलोकन हो । 



अण्डरग्राउण्डको त्यो ठूलो हल त्यहाको रंगिन चलायमान प्रकाश र अँध्यारोको मिश्रणमा पूर्णरुपले डुबिरहेको थियो । पश्चिमे गीत संगीतले बाताबरणमा रंग भरिरहेको थियो । त्यहाँ केवल गीत र संगितको आवाज मात्रै सुनिन्थ्यो । अरु कसैका आवाज सुनिदैन थियो । मुखलाई कानै नगिच नपुर्याएसम्म आवाज सुनिदैन थियो । संगीतको आवाजलाई चिर्दै गोरी सून्दरीहरु ठूला पोलहरुमा कर्किदै र मर्किदै नृत्य प्रस्तुत गर्दै हलमा जवानी भरिरहेका थिए । ती गोरी सून्दरी नर्तकीहरुको स्टिप्स नृत्य निश्चय नै राम्रो थियो । चार पाँच मिनेट अवधिमा हरेक नयाँ गीतमा फरक फरक नर्तकीहरु नृत्य प्रस्तुत गर्न आईपुग्थे । मदिराको नशामाभन्दापनि स्ट्रिप डान्सरहरुको हाउभाउमा दर्शकहरु झुमिरहेका थिए, अर्थात हराई रहेका थिए । तर दर्शकहरुको संख्या भने ज्यादै न्यून थियो । मुश्किलले आठ दश जनामात्रै हुँदा हुन । साँच्चै नै भन्ने हो भने अहिलेको संख्यामा त ग्राहकहरुभन्दा पनि नर्तकीहरुको संख्या नै ज्यादै देखिन्थ्यो । तर नर्तकीहरुले हिम्मत हारेका छैनन । उनीहरुलाई थाहा छ ग्राहकहरुको भीड लाग्ने समय । त्यही समयको प्रतिक्षामा छन उनीहरु ।



प्रवेश शुल्क ३० जोल्टे लाग्दो रहेछ । सप्ताहान्त भएकाले त्यसमा एक गिलास बियर फ्रि पाईदो रहेछ । बियरको सटृा स्प्राईट भन्न पाईन्न बियर नै लिनुपर्छ । नर्तकीहरु ग्राहकहरुलाई प्राईभेट डान्सका लागी उत्प्रेरित गर्दैछन । प्राईभेट डान्स भन्नाले नर्तकीहरुले प्राईभेट वातावरणमा ग्राहकका लागी नाच्ने कार्यक्रम । एक गितमा नाचेको ५० जोल्टे रे । एउटा गित चार पाँच मिनेटसम्म चल्दो रहेछ । यदि ग्राहकले नर्तकीका शरिरका केही निश्चित भागहरुमा छुन चाहन्छ भने एउटा गितकालागी १०० जोल्टे तिर्नु पर्छ रे । नर्तकीको शरिरका कुन कुन भागमा छुन पाईने हो त्यो नर्तकीहरुले निश्चित गरेर तोकेका हुँदो रहेछन । सामान्यतया कम्मरभन्दा तल र कुमभन्दा माथि छुन पाईदैन रे । नर्तकीहरुले आफ्ना ग्राहकहरुलाई आफुतिर आकर्षित गर्नका लागी पाईने सुबिधा भन्दा पनि माथि गएर चुम्बन र गीतको संख्याहरु पनि थपिदिदा रहेछन । 



ग्राहकहरु माझ सबै नर्तकीहरुको माग उत्तिकै छैन । केही नर्तकीहरुलाई मात्र ग्राहकहरुले आफ्नो आकर्षणको केन्द्रबिन्दु बनाएका छन । ती आकर्षणको केन्द्र बिन्दुभित्र ओलाको स्थान बलियो छ । ओला र उसका केही साथीहरुमात्र ग्राहकहरुसंग व्यस्त छन । ओला पातली र राम्री केटी छे । उसका चम्किला आँखाहरुले ग्राहकहरुका नजरहरु तानिरहेका छन । अरु केटीहरु झै उ ज्यादा नखारा पार्दिन । बुढा, बयष्क र ठिटाहरुको एउटै आकर्षण रहिछ ओला । फलोरमा उसको पालोको डान्स सकिने बित्तिकै प्राईभेट डान्समा गई रहेकी छे उ । फ्लोरमा कम्मर मर्काउँदै नाचुन्जेलभित्रमा उसले सम्भावित ग्राहकहरुमा आफ्ना हाउभाउका केही तीरहरु प्रक्षेपण गरिसकेकी हुन्छे । उ उसका अरु साथीहरु भन्दा निकै नै व्यस्त छे । मलाई ओलासंग दूई शब्दहरु बोल्न मन लाग्छ । उसका बारेमा जान्न मन लाग्छ । तर कसरी जान्ने? कसैका बारेमापनि उसैसंग उसकै बारेमा जान्न चाहेको आशय व्यक्त गर्नु त्यति सजिलो छैन । यहाँ सबैभन्दा गाह्रो कुरा उसलाई कसरी आफ्नो नजिक लेराउने भन्ने पनि हो । कम्तीमा पनि एउटा पेय अफर नगरे ओला नजिक आउने वाला छैन । अरु नर्तकीहरु मदिरा अफर गर्नका लागी घचघच्याई रहन्छन । माग तेस्याई रहन्छन । हावभाव प्रस्तुत गर्छन । तर ओला त्यस्तो गर्दिन । उसलाई त्यस्तो गर्नु पर्ने जरुरी नै छैन । ग्राहकहरुबिच उसको माग उसै बलियो छ । 



यसपाली मौका मिलिहाल्यो । उ हाम्रै नजिकै आई । हल्का परिचयपछि प्रशंसाको तीर फाल्न शुरु भयो । भाष्करको बियर उपभोग पनि बढ्न थाल्यो । मेरो स्प्राईट जस्ताको त्यस्तै छ । पीउने बहाना जस्तो मात्रै भैरहेको छ । उसलाई जसरी भएपनि हाम्रैतिर अल्झाउनु छ । आफ्नो स्वार्थ छुट्टै छ । उसको बारेमा जान्नु छ । उसको बारेमा जान्ने कौतुहलताले भित्रभित्रै पेलिरहेको छ । भाष्करको दाउ अर्कै छ । उ उसको प्राईभेट डान्समा लानका लागी भूमिका बनाउँदै छ । हामी दुबैका लागी उ उत्तिकै आवश्यक भएकी छे । दुबै जनाले उत्तिकै चासो  दिएका हुनाले उ खुसी देखिएकी छे ।
“तिम्रो नृत्य सार्है राम्रो छ । तिमी पनि सार्है राम्री छ्यौ । म तिम्रो नृत्यबाट प्रभावित भएको छु । म तिम्रो फ्यान भएको छुँ ।” मैले तीर फाले । उ अझै खुसी हुन्छे । उ मेरो गिलासमा यसै पढिरहेको स्प्राईटलाई अनौठौ पाराले हेर्छे । मलाई लाज लाग्छ । एउटा नाईट क्लबमा एउटा मान्छे स्प्राईट अगाडी राखेर स्ट्रिप डान्स अवलोकन गर्दैछ । न ताल न शुर भनेको यही हो रे ।
म मनमनै सोच्न थाल्छु कि उ किन यति राम्री भएकी होली । यति राम्री केटी किन यसरी अरु मान्छेहरुको मनोरन्जनको साधन झै बनेर अर्धनग्न नृत्य गरिरहेकी होली । के समस्याले यो केटी यस्तो पेशामा धकेलिएकी होली । आदि ईत्यादी सोचाईहरुले उचाई बढाउँदै जान थाल्छ । top 



उ नखारा पार्दै पार्दिन । तैपनि किन सबैजना उसैतिरमात्र आकर्षित भएका होलान । उसको पातलो शरिर निकै नै सुन्दर छ । उसको हिँडाई सुन्दर छ, बोलाई सुन्दर छ । त्यो भन्दा पनि मलाई उसका एकजोडी आँखाहरु निकै आकर्षित र अझै सुन्दर लाग्यो । सायद तीनै एकजोर सुन्दर आँखाहरुका कारणले नै उसले लोग्नेमान्छेका   चाहनाहरुलाई उतिर तानिरहेकी होली ।
“तिमी सार्है थाके जस्तो छ । तिमीले थकाई मानुपर्छ । तिमि हामीसंगै बस यहाँ । म एउटा पेय अफर गर्छु ।”
मैले उसलाई आफैतिर अलमलाउन एउटा प्रस्ताब फ्याँके । यस्तो सुन्नासाथ उ खुसी हुन्छे र आएर अझै नगिचै बस्छे । मानौ उसको र मेरो बर्षौदेखिको जान पहिचान छ । उसको छनौटको पेय के हो बुझिदैन तर अरु नर्तकीहरुले माग गर्ने जस्तो महंगो पेय माग गर्दिन उ । ६० जोल्टेको भए उसको थकाई मेटाउँछ रे । अरुले कम्तीमा पनि    शुरुमा नै १५० जोल्टेको पेय माग गर्छन । यही पेयसंग हाम्रो वार्ता अगाडी बढ्न थाल्छ । मेरा कौतुहलताको पानाहरु पल्टिन थाल्छन उसका जवाफहरुसंगै ।
“मेरो नाम ओला हो । ओला अर्थात अलेक्जान्ड्र्यिाको छोटकरी नाम । मेरो पुरा नाम अलेक्जान्ड्र्यिा हो । म पोल्याण्डको अर्कै शहरबाट यहाँ आएकी हुँ । मेरो स्ट्रिप डान्स पेशा हो । म कानुनको विद्यार्थी हुँ र म वकिल बन्न चाहन्छु । मेरो यो आम्दानीले मैले मेरो पढाई खर्च निकाल्नु पर्छ । म हप्ताका केही दिन यहाँ मेरो नाच प्रस्तुत गर्छु । मेरो आम्दानी राम्रो छ त्यसैले मेरो पढाई खर्च पनि राम्रैसंग चलिरहेको छ ।”
“यो नृत्य पेशाबाट नै यति राम्रो कमाई हुँदो रहेछ । किन पढ्नु पर्यो र । यसैलाई अगाडी बढाए हुन्न र?”
“यो त उमेर र रुप हुँदामात्र काम लाग्छ । म बिस्तारै उमेर र रुपबाट पर हुँदै जानेछु । जसै म उमेर र रुपबाट पर फया्किन्छु म स्वभाविक रुपमा ग्राहक र यो क्लबबाट नै फ्याकिने छुँ । मैले यो यथार्थलाई भुल्नुहुन्न । म कति बर्ष रहुँली र यस्तै । धेरै अबेरसम्म रहन सक्दिन । त्यसैले मैले भविष्यको जोहो अहिले नै गरिसक्नुपर्छ ।”
“कति बर्षकी भयौ?”
“२१ बर्षकी भएँ ।” उ खुल्दै जान्छे, म खोल्दै जान्छु । लाग्छ हामी बिचमा एउटा सम्बन्ध जन्मिसकेको छ । त्यही सम्बन्धको धागोलाई तान्दै छौ हामीहरु । उसका व्यक्तिगत कुराहरु सार्है रोचक र घोचक महशुस हुन्छ । उ भन्छे ग्राहकले तिर्ने प्राईभेट डान्स शुल्कमा डान्सर र क्लबको आधाआधा भाग लाग्छ रे । फलोरमा नाचेको निशुल्क रे । उनीहरुले फ्लोरमा पालैपालो नाच्नु पर्छ रे । नर्तकीहरुले फ्लोरमा नाचे बापत क्लबले पारिश्रमिक तिर्दैन रे । ग्राहकहरुले दिएको टिप्समा भने डान्सरकै हक लाग्छ रे । हप्तामा पाँच दिन डान्स गर्ने रे । यति भनि सक्दा नसक्दै फलोरमा डान्स गर्ने उसको पालो आईसकेको छ । आधा नसकिएको गिलास छोडेर उ स्टेजतिर भाग्छे । उसले गिलास नरित्ताएकामा म खुसी छुँ । किनभने आधा गिलासकै कारण भए पनि उ फेरी हामी भएतिर फर्कने पक्का छ । उसले चाही भने त्यो गिलास एकै पटकमा रित्ताउन सक्छे तर उसले किन रित्ताईरहेकी छैन । मलाई यस अर्थमा आश्चर्य पनि लाग्छ ।
हेर्दा हेर्दै दूई जना दक्षिण पूर्वी एसियाली जस्ता देखिने बिस एक्काइसे ठिटाहरु भर्खरै प्रवेश गरे । उनीहरु गएर सिधै स्टेजको छेवैमा बार टाईपमा राखिएका अग्ला कुर्सीहरुमा बसे । मानौ उनिहरु नृत्य र नर्तकीहरुलाई नजिकबाट निहाल्न चाहन्छन । उनीहरुको हिँडाईको चाल र सिट छान्ने निर्णयले उनीहरु यस क्लबका नियमित ग्राहकहरु हुन भन्ने बुझ्न मद्धत गर्छ । केही क्षणमा नै क्याथरिन नाम कि एउटी अग्ली नर्तकी ती केटाहरु भएको ठाँउमा पुगी । उ टाँसिदै र ठेलमठेल गर्दै ती दुई ठिटाहरुको बिचको एउटा मेचमा घुस्रिई ।
क्याथरिन पनि यो शहरकी होईन रे । उ पनि अर्को शहरबाट यहाँ आएकी रहिछ । अर्को महिना हजुरआमाको जन्मदिन पारेर आफ्नो जन्मथलोतिर जान्छे रे । उसको उमेर २६ भैसकेको छ । उ अलि हतास छे । उसलाई लाग्दैछ अब उसको यसरी नाचेर पैशा कमाउने दिनको अन्त नजिकै छ । भन्छे अरु कुनै उपयुक्त काम खोज्नु पर्ला । हेर्दा हेर्दै उसले यी दुई ठीटाहरुलाई पटृयाईछे । उसले ठिटाहरुलाई सिधै बारतिर लिएर गई । बारमा केही बेर पेय छनौटको काम सकेपछि हातमा एउटा एउटा पेय समातेर उ ती ठिटाहरुसंग फेरी उनिहरु पहिले बसेको ठाँउमा नै पुगी । तीनै जना संगै बसेर पिउन थाले । के के गफ गरे त्यो त सुनिएन । क्याथेरिन पनि बेलाबेलामा स्टेजमा नाच्न गैरहन्थी र फर्केर फेरी त्यही केटाहरुको साथमा पुग्थी । यस बिचमा उसले एउटा ठिटोका लागी प्राईभेट डान्स पनि गरिसकेकी थिई । अर्को ठिटो ओलातिर आकर्षित भए झै देखिनथ्यो । तर ओलालाई भने ती ठिटाहरुतिर हेर्नेसम्म पनि फुर्सद थिएन । उसका लागी ग्राहकहरु क्युमा बसेका थिए ।
पछिल्लो पटक हाम्रो नजिक भएका बेलामा मैले ओलालाई सोधे कि उ कोसंग बस्छे । उसले भनी उ एक्लै बस्छे रे । बिहानीपख जब पाँच बज्छ तब उसको काम सकिन्छ रे । त्यसपछि आफ्नो बासस्थानतिर फर्कने रे । दिनभरी सुत्ने अनि फेरी साँझ काममा फर्कने नियमितता छ उसको । यस बिचमा उ कलेज पनि भ्याउँछे रे । उ भन्थी कि कामबाट फर्कदा जसै उ उसको अपार्टमेण्टको ढोका खोल्छे र भित्रपस्छे रे उ सिधै आफ्नो शरीरलाई ओछ्यानमा फालिदिन्छे रे । उसका अर्थमा उ यति थाकेकी हुन्छे रे त्यो बयान गरेर साध्य छैन रे । त्यो निन्द्रा अनि त्यो ओछ्यानको आनन्दको बयान गरि साध्य छैन रे । उ भन्छे “त्यो निन्द्राको मज्जा यो नाचमा कहाँ मिल्छ र । सायद मृत्युअघिको चीर आनन्द त्यही मेरो निन्द्रा हुनु पर्छ ।”
 उ अलिकती भावुक देखिन्छे ।
अरु केटीहरु त महंगा ड्रिंक्स अर्डर गराउँदा रहेछन तर तैले त किन कम रकमको ड्रिंक्स अर्डर गरिस भन्ने प्रश्नमा उसले मुसुक्क हाँस्दै जवाफ दिई “त्यही त फरक छ त अरु केटीहरु, र ग्राहकहरुमा, अनि म र अरु मेरा साथीहरुमा । त यहाँ केही गर्न होईन बरु पढ्न आएको छस, केही जान्न खोज्दैछस, र म एउटी बिद्यार्थी पनि हुँ र म तेरा चाहनाहरु राम्रोसंग बुझ्छु । यो ठाँउ स्प्राईट पिउनेहरुकालागी होईन । यहाँ त केवल मदिराको मादमात्रै चल्छ । मदिराको मादको मात्रै मूल्य हुन्छ । त्यसैले मैले तेरो वालेटलाई होईन तेरो पैसालाई होईन बरु तेरो भावनाहरु बुझेर समय दिई रहेकी छुँ । सायद तैले अनुमान गरिसकेको छस कि म कति व्यस्त छुँ । तैपनि मैले तलाई समय र साथ दिई रहेको छु । यसै पनि यहाँको ड्रिंक्सको मूल्य त जस्तो स्प्राईट पिउनेका लागी भारी पर्न सक्छ । म तलाई भारी पार्न चाहन्न । निश्चय पनि नियमित मूल्यभन्दा कम्तीमा पनि तीन दोब्बर बढी पर्न सक्छ र यो मूल्य पेयको भन्दा पनि ग्राहकले यस क्लबभित्र भोग गर्ने सेवा र सुबिधाको मूल्य हो ।”
म खुसीले फुरुंग भए । किनकी मैले बुझेकी उ मतर्फ ग्राहकका नाताले भन्दा पनि मित्रताको भावनाले सोझिएकी रहिछ । मित्रता त्यो एक गिलास ड्रिंक्समा सकिनेवाला थिएन । र मैले महंगो मूल्य चुकाउनु पर्ने अवस्था अबलाई रहेन । धन्य ओला ।
मैले उसलाई फेरी कोट्याएं कि कतै उसका डान्सका ग्राहकहरु उसलाई बाहिर एकान्तमा भेट्ने निम्तो त दिदैनन? उसले प्रश्न झर्न नपाउँदै उत्तर दिई हाली । हरेक ग्राहक उसलाई बाहिर भेट्ने अनुरोध गर्छन रे, उसको अपार्टमेण्टमा आउने अनुमती माग्छन रे । उ भन्दै गई “लोग्नेमान्छेहरु मैले चिनेको छुँ । तीनका चाहनाहरु मैले राम्रैसंग बुझेको छुँ । तर उनीहरुले मलाई चिन्न सक्दैनन । त्यसो त उनीहरुले आफ्नै पत्नीलाई त धोका दिएर उसलाई एक्लै छाडेर क्लबमा हामीसंग समय बिताउन आउँछन तिनले म र मेरा भावनाहरुलाई चिनेनन भनेर के गुनासो गर्नु । उनीहरु मलाई जति पैसा तिर्न पनि तयार हुन्छन । सायद म उनीहरुका लागी अमूल्य वस्तु हुँ । उनीहरुले मसंग जे पाउँछन मेरा सोचाईमा तीनले तीनका पत्नीहरुमा पनि पाउन सक्छन तर पनि तिनीहरु आफ्नै पत्नीहरु प्रति ईमान्दार छैनन भने मेरा लागी किन उनीहरु ईमान्दार रहुँन ।” उ भावुक हुँदै गई ।
“जब मान्छेहरु मेरा लागी जति पैसा पनि तिर्न तयार हुन्छन तब मलाई यस्तो लाग्छ कि म कतै एउटी केटी नभएर पैशामा बेचिने कुनै वस्तु वा सामान हुँ । मलाई लोग्ने मान्छेहरुप्रति घृणा जाग्न शुरु हुन्छ र कहिलेकाही म आफैले आफैलाई धिक्कार्न बाध्य हुन्छु । म नर्तकी हुँ, म नाच्छु, र मलाई मेरो शीपले दिएको र क्लबले तोकेको मूल्य लिने अधिकार छ तर पेशाभन्दा बाहिर गएर मैले पैसाकालागी मलाई आफैलाई बेच्ने अधिकार छैन । यो कुरा म कानुनको बिद्यार्थी भएका नाताले पनि बुझ्न सक्छु । म कसैको बिछ्यौनाको शोभा बन्न सक्दिन ।” उसका गहहरु भरिएर आउँछन । म बत्तिका प्रकासमा उसका आँखाको तलतिर केही थोपा मोतीहरु टल्किरहेको देख्छु । मलाई दूख लाग्छ कि मैले किन उसलाई वा उसको व्यक्तिगत जीवनलाई खोतल्ने प्रयास गरे ।
उ रोकिएकी छैन । भावुक भएकी छे तर बोलिरहेकी छे । उ भन्छे “म डान्सर हुँ तर वेश्या होईन । लोग्नेमान्छेहरु मलाई चिन्ने कोशिससम्म पनि गर्दैनन । उनीहरु जो मलाई भोग्न चाहन्छन मलाई वेश्या ठान्छन । कोही कोही त मलाई फकाउनकालागी हप्तौसम्म पनि यो क्लबमा आएर मेरै लागी पैसा उडाईरहेका हुन्छन । उनीहरुका हिसाबमा म कुनै वस्तु हुँ जो फकाईन्छु र अर्को दलदलमा फसाईन्छु ।”
उ मलाई भन्छे “तलाई यहाँ मैले भोलि देख्न नपरोस । तँ जे गर्न आएको होस आजै गर र जा तर भोली नआईज ।”
उ आँसु पुछ्न थाल्छे । उसले गरेको लोग्ने मान्छेको परिभाषाभित्र म पनि परेको छुँ । मलाई आफैदेखि लाज लाग्छ । मैले यतिखेर आफैलाई अभियुक्त भएको महशुस गरेँ । वास्तवमा ओलाले एउटा वास्तविकता बकिरहेकी थिई । वास्तवमा नै यो गम्भिर सवाल हो, किन लोग्ने मान्छेहरु आईमाईलाई वस्तु वा साधनका रुपमा प्रयोग गर्न चाहन्छन । किन लोग्ने मान्छेहरु स्वास्नी मान्छेहरुका मानविय भावनालाई समेत कुल्चिन चाहन्छन । किन उनीहरु स्वास्नीमान्छेका भावनाहरु बुझ्न चाह्दैनन । किन लोग्ने मान्छेहरु केवल आफ्नै भावना र चाहनाहरुलाई मात्र हावी बनाउन चाहन्छन ।
म उसलाई फकाउछु र भन्छु सबै लोग्नेमान्छेहरु उस्तै हुँदैनन । उ सहमती जनाउँछे । उ मलाई सोध्छे के उसको यो पेशा गलत हो । म भन्छु “होईन । हुँदै होईन । तसंग नाँच्ने कला छ, तँ नाँच्छेस । कैयौ नृत्यका पारखीहरु छन जो तेरा नाचको रस लिन यहाँ आईपुग्छन । तैले तिनीहरुको नाट्य प्रतिभाको रसास्वादन गर्ने चाहनाहरु पूर्ती गरिदिएकी छेस । वास्तवमा त महान कलाकार होस । तैले आफ्नो कलामा गर्व गर्नु पर्छ ।”
मेरा कुरा सुन्दै गर्दा बिस्तारै उ खुसी देखिन थाल्छे । उसका मुखारबिन्दमा फेरी मुश्कानहरु छरिन थाल्छन । उ मलाई भन्छे उसका कलेजका साथीहरु पनि बेलाबेलामा यहाँ आउँछन रे । सबै उसको तारिफ गर्छन रे । उसका नृत्य र नृत्यकलाको खुलेर प्रशंसा गर्छन रे । त्यसैले उ आफ्नो पेशाप्रति गर्व गर्छे रे । उसका कुरा गराईले यस्तो लाग्छ कि उ आफैबाट आलोचित भएकी छे । उ स्वयंलाई यो पेशा राम्रो हो भनेर स्विाकार्न गाहे परेको जस्तो मलाई लाग्छ । धेरै मान्छेहरु आफ्ना चाह्नाका विपरित पनि पेशा अगाल्न बाध्य हुँन्छन र ओला यसको ज्वलन्त उदाहरण भए जस्तो मलाई लाग्न थाल्छ ।
तेरो ब्वाईफ्रेण्डपनि छ भन्ने प्रश्नमा उसले भनी कि उसको अहिलेसम्म ब्वाईफ्रेण्ड छैन रे । ब्वाईफ्रेण्ड भयो भने डेटिंगको झंझटमा फस्नु पर्छ रे अनि डेटिंगको झंझटमा फस्यो भने काम र पढाई दुबै बिग्रन्छ रे । त्यसैले उ अझै ब्वाईफ्रेण्ड बनाwedding marquee for sale उने चक्कर तिर लाग्दिन रे । मलाई उसको कुरा मन पर्यो । डेटिंगका चक्करमा काम र पढाई बिगार्ने थुप्रै युवा युवतीहरु मैले देखेको छु । आफ्नो नित्य कर्म र डेटिंगलाई मान्छेले उपयुक्त रुपले व्यवस्थापन गर्न सकेन भने उनीहरुको समय र पैसा दुवै क्षती हुन सक्छ ।
खोई किन हो मैले कारण त बुझ्न सकिन तर उसले मेरो कानमा नै आएर भनी उसले उसको भर्जिनिटी आजसम्म जोगाएर राखेकी छ रे र भविष्यमा पनि उसको सपनाको राजकुमार नभेटिएसम्म जोगाएरै राख्ने प्रयत्न गर्छे रे । यो उसको नितान्त व्यक्तिगत कुरा हो । तर किन उसले मलाई बताई त्यो त थाहा छैन तर पनि उसका कुराले मलाई यो कुरा बुझ्न मद्धत गर्यो कि पश्चिमे समाजमा पनि सबैतिर बिहे पूर्वको यौन सम्बन्धलाई एकै द्धष्टीमा हेरिदैन रहेछ । त्यसो त पोल्याण्डमा वेश्यावृत्ति निषेध गरिएको छ भन्ने सुनेकै हो । तर जे होस उसको बुझाईमा बिहेपूर्व यौन सम्बन्ध राख्नु हुँदैन । उसका हिसाबमा ब्वाईफ्रेण्डको पहिलो चाहना नै सेक्स हुँन्छ रे । यदी ब्वाईफ्रेण्डको यो चाहना पुरा गर्न सकिएन भने यसै पनि सम्बन्ध राम्रो हुँन सक्दैन । त्यसैले पनि उ डेटिंगको चक्करमा पर्न चाहन्न रे । मेरो एक प्रश्नको जवाफमा उसले भनी कि हो यो सत्य हो कि सबै ब्वाईफ्रेण्डहरुको माग सेक्स हुँदैन तर पनि को केटा कस्तो हो र उसको माग वा चाहना के हो भनेर बुझ्दा सम्ममा आफुले गुमाउनु नहुने कुरा गुमाई सकेको अवस्था भयो भने त्यो केवल हार नै हुनेछ ।
ओलासंगको छोटो भेटले मलाई यो बुझायो कि उसका अर्थमा जुन काम उ गर्दैछे त्यो सामाजिक हिसाबमा राम्रो होईन र सबैले यो पेशालाई राम्रो मान्दैनन । तर पनि सच्चरित्रमा रहेर आफ्नो पेशालाई निरन्तरता दिनुले कम्तीमा पनि आत्मसन्तुष्टी party tent
  दिन सक्छ । उ सन्तुष्ट छे आफ्नो पेशामा । यथार्थमा भन्ने हो भने हरेक मान्छेले अपनाउने आआफ्नो पेशामा उनीहरु निश्चय पनि सन्तुष्ट हुनुपर्छ । अन्यथा पेशाको कुनै मूल्य रहँदैन । पेशाको मर्यादालाई नाघेर कसैले पनि त्यो पेशालाई फोहर बनाउनु हुँदैन भन्ने उसको बिचार मलाई मन पर्यो ।
आधा रातमा क्लबबाट निक्लदा बाहिर मान्छेहरुको आवत जावत करिबन शुन्यसरह नै भैसकेको थियो । भाष्कर र म दुबैजना चुपचाप आफ्ना पाईलाहरुलाई होटेलतिर बढाई रहेका थियौ । सिम सिमे पानी परिरहेको नै थियो । सिमसिमे पनि के भन्नु पाँच मिनेट हिड्दा निथु्रक्कै भिजिनथ्यो । मलाई भने सिमसिमे झरी भन्दा पनि ओलाका शब्दहरुले घोचिरहेको थियो । उसले भनेका शब्दहरुले मलाई घुमाईरहेको थियो । उसले भनेकी थिई “तलाई यहाँ क्लबमा भेटे जस्तै मैले बहस गर्दै गरेको अदालतमा भेट्न नपरोस र त त्यहाँ मेरो ग्राहक नबनेस ।”
XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX
धेरै पछि एउटा साँझ म अनायासै पोल्याण्डको त्यो सुन्दर शहर रोस्लोमा पुगे । म कसरी पुगे किन पुगे मैले सम्झन सकिन । तर मैले त्यहाँ पुगिसकेपछि ओलालाई सम्झिएं । उसलाई भेट्ने रहरलाई मैevent tentsले मार्न सकिन । उ कानुनकी विद्यार्थी थिई र यतिखेरसम्ममा त उसले कानुन क्षेत्रको पेशामा पदार्पण गरिसकेको हुनुपर्छ भन्ने लाग्दा लाग्दै पनि म झिनो आशा लिएर ओलालाई भेट्न फेरी त्यही क्लबमा पुगेँ । मैले सजिलैसंग क्लबको ठेगाना पहिल्याएं । क्याथरिन नामकी त्यो पुरानी डान्सर त्यो क्लबको ढोकामा नै उभिएर बिन्दास चुरोटको धुँवा उडाई रहेकी थिई । मैले उसलाई सजिलैसंग चिने । उ अझै सुन्दरी देखिएकी थिई । मैले उसलाई ओलाका बारेमा सोधे । क्याथरिनले ढोकैमा उभिएर नै भनी कि ओलाको आज छुट्टि हो र मैले उसलाई भेट्न सक्दिन । उसले यसो भनिरहँदा उसका ओठ्का लालीहरु बिजुली wedding tents बत्तिको मधुर उज्यालोमा पनि उत्तिकै चम्किरहेको थियो । उसले मेरो गालामा म्वाँई खाई र कानैमा आएर भनी “त नै उसको पहिलो प्रेमी होस । उ छिट्टै वकिल बन्नेवाला छे । म उसको फोन नम्बर दिन्छु, । तैले चाहिस भने उसले तलाई उसको घरमा नै भेट्न सक्छे । ओला हाम्री सार्है असल साथी हो । उ सधै सबैलाई सहयोग गर्छे । दयालु छे ।”
क्याथरिनको कुरा सुनेर म झसंग भएँ । कसरी हुन सक्छु म उसको प्रेमी । हामीले कुनै पनि समय प्रेमको सम्बन्धमा छलफल नै गरेका थिएनौ । हामी हाम्रो बसाई, भाषा, सस्कृति, संस्कार र पेशाका दृष्टीले निकै पर छौ अर्थात बिल्कुलै भिन्न संसारमा छौ । हाम्रो मिलन प्राय असम्भव छ । क्याथेरिनले मलाई मेरो गालामा सुम्माउँदै भनी “बुद्धु, सही प्रेम यसरी नै शुरु हुन्छ र यसरी नै अगाडी बढ्छ । सायद आजसम्म कसैलाई प्रेम गरेकै थिएन होला अनि कसरी थाहा होस र प्रेम के हो ।” उ बेस्सरी हाँस्न थाली । खोwedding tents manufacturer ई किन हो मलाई क्याथरिनका शब्दहरुले सार्है खुसी पनि बनायो र गम्भिर पनि बनायो । आफुले नै थाहा नपाउँदा नपाउँदै म त आफ्नो पेशामा गर्व गर्ने एउटी केटीको प्रेमि बनि सकेको रहेछुँ । म अलमल्ल परे अनि बिस्तारै पाईलाहरु त्यतै बढाए जताबाट म आएको थिए । लिखेझरी अझै रोकिएको थिएन । रोस्लोको सिटी सेन्टर यतिखेर खाली थियो, शून्य थियो । मान्छेहरुको आवत जावत बिल्कुलै रोकिई सकेको थियो । अगाडी बढ्दै गर्दा मलाई पछाडीबाट कसैले बोलाएको आभास भयो । मैले फर्केर हेरे । स्ट्रिट लेम्पको हल्का उज्यालोमा उसको रातो पोसाकमा ओला अझै निकै सुन्दरी देखिएकी थिई । म झसंग भए । म डराए । म डराए यस अर्थमा कि कतै क्याथरिनको लिपिस्टिकको डोब अझै मेरो गालामा छ । किनकी मैलेdouble decker tent त्यो पुछेकै थिईन । मैले सोचे कि यदी ओलाले क्याथरिनका ओठहरुका डोब मेरा गालामा भेटी भने उसलाई नराम्रो लाग्नेछ र उसले मलाई घृणा गर्न थाल्ने छे । म डराएर अगाडी अगाडी भाग्न थाले, ओला भने मेरो पछि पछि दौड्दै थिई । मलाई लखेट्दै थिई । उ भन्दै थिई कि त किन यो क्लबमा फर्किस, मैले तलाई नफर्कन भनेको थिए । म उसलाई बताउन चाहँदै थिए कि म क्लबमा नृत्य दर्शनका लागी होईन बरु उसैलाई नै भेट्न आएको थिए । तर म यो बताउन सक्ने अवस्थामा थिईन किनभने क्याथेरिनका ओठका लालीहरु मेरा गालामा जस्ताको त्यस्तै थिए र मसंग अगाडी अगाडी भाग्दै गर्नु भन्दा अर्को विकल्प नै थिएन ।
भाष्करले ढोकामा आएर बेस्सरी ढकढक नगरेको भए त हामीले वार्सातिरको हवाई उडान नै मिस गथ्र्यौ होला । होटेल रिसेपनिष्टको वेकअप कल त कता पुग्यो कता । आधा घण्टा आँखा लाग्दा नै म अर्कै संसारमा पुगिसकेको रहेछु ।warehouse tent सपनामा पनि ओला उत्तिकै राम्री थिई उत्तिकै उज्याली थिई । विपनाकी ओलालाई सपनाको संसारमा तुलना गर्दा गर्दै हामीहरु रोस्लो विमानस्थलको प्रस्थान कक्षमा पुगिसकेका थियौ ।
मेरो सोचाईको रोस्लो र मेरो भोगाईको रोस्लोमा आकाश जमिनको फरक थियो । त्यहाँ दोश्रो विश्वयुद्धकालको आगो र बारुदको धुँवाको छायामात्र पनि थिएन बरु ओला र क्याथरिनहरुका संयोजन र श्रृजनसिलताले यसलाई अर्कै सुन्दर संसार बनाई सकेको रहेछ ।

सेप्टेम्बर २०१३,

Comments

sapan

binod ji yo tapaiko yatrama bhayako bastabik anubhabo ho tara clum ma chai afu tyo barga ma pardaina bhanera olalai biswas dilaune tara afu chai kina feri olalai sapanama mai bhaya pani bhatna khojeko ?

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |