हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नयाँ लुगा

ऋचा, (काठमाण्डौ)

"बुबा, तिहारमा हामीलाई नयाँ नाना किनिदिने भनेको हैन । खै त नयाँ नाना?" पाँच वर्षकी ठूलीले भनिन्  ।

"मलाई पनि नयाँ नाना !" माइलीले पनि के कम, दिदीको स्वरमा स्वर मिलाएर भनिन् ।


"म पनि नयाँ नाना लाउने !" दुई वर्षकी सानीले पनि दिदीहरूको लोलीमा बोली मिलाउँदै भनिन् ।

दिदीहरूको रहर र आमा बुबाको गरीबीको कहरबाट अनभिज्ञ रही एक वर्षको साने बोराको झुलुङ्गोमा मस्त निदाइरहेको थियो । झोक्रीएर पीँढीमा बसेको बाबुको वरिपरि बसेका तीन छोरीहरूका आँखामा आशाoutdoor event tent र गुनासो भरिएको छ ।

वीर बहादुर हो उसको नाम । वीरे कान्छा बन्यो ऊ, गाउँभरिका साना ठूला सबैका लागि । कहिलेदेखि हो हेक्का भने छैन उसलाई । बनिबुतो गर्छ ऊ र त्यसैबाट पाएको ज्यालाले चार जना भन्टाङ्गभुन्टुङ्गसहितको आफ्नो आधा दर्जन परिवारको पेट जेनतेन भर्छ ।

उसकी पत्नी कान्छी । कान्छाकी पत्नी भएकीले सबैको लागि उनी भइन् कान्छी । कसैले सोधेन उनको नाम । अनि कुनै बेला उनलाई सेतिमाया भनेर पनि बोलाउँथे भन्ने कुरो उनले बिर्सिसकिन् । अब त उनलाई आफ्नो नामसँग कुनै सरोकार छैन । सरोकार छ त केवल कामको, अनि छोराछोरीको पेट भर्ने मामको । एकदुई घरमा भाडा माझ्छिन् । बर्षेनी बच्चा जन्माएर नरकट बनेको शरीरले थेग्न नसके पनि वीरे कान्छाको आधा भार आफ्नो काँधमा थामेकी छिन् उनले ।

यसो बेला-बेला काम गर्ने मालिक्नीहरूले दयाले दिएको जडौरीले लाज ढाक्ने र जाडो छेक्ने एक गतिलो आधार बन्नुलाई उनीहरूले अहोभाग्य मानेका छन् । केटाकेटी र वीरे कान्छाको शरीरले नयाँ लुगाको स्वाद चाख्न नपाएको पनि वर्षौं भइसकेको छ । लगभग पाँच वर्षअघि नयाँ लुगाको नाममा भित्री गन्जी र हनुमान कट्टु सिलाएर लगाएको थियो उसले । यसपाली दशैंमा केटाकेटीले नयाँ नाना किनिदिनु भन्दा उसले "नकराओ है तिमीहरू !" भन्दै हकारेको थियो । तर, पछि आफैलाई पछुतो भयो र सोच्यो - बेकारमा केटाकेटीसँग कराएँ । बिचराहरू के दोष ! यी त नाबालक, के थाहा यिनीहरूलाई बाउको हविगत ! अरुले लाएको, खाएको देखेर बिचराहरूलाई पनि लाउन र खान मन लागिहाल्छ । त्यसैले त केटाकेटी भनिएका ! बुझ्ने भए त ठूला मान्छे भैहाले नि ।custom party tent

केहीबेर सोचमग्न भएपछि अचानक केही सम्झेझैं उसले सोच्यो - भोटो भए पनि सिलाइदिनु पर्ला । अनि हाँस्दै उसले भनेको थियो "ल, ल ! अब तिहारमा सिलाइदिउँला तिमीहरूलाई नयाँ लुगा।"


यसपालिको तिहारमा ठूलीकी दिदीबहिनी नयाँ लुगा लगाएर भैलो खेल्न जाने भनेर खुशी भएका छन् । तिहार कहिले आउला भन्दै दशैंदेखि नै औंलामा गन्न शुरु गरेका थिए ।   नभन्दै आज त कुकुर तिहारको सिङ्गो दिन बितेर साँझ पर्न लागिसकेको छ । भोलि त लक्ष्मीपूजा । सङ्घारमै तिहार आइसके पनि न नयाँ लुगा नै आयो, न त वीरे कान्छाले नै त्यसबारे कुनै कुरो गर्‍यो । नयाँ लुगा भित्रिने कुनै सुरसार नदेखेर बुबाले बिर्सिनु भो कि भनेर ठूली छोरीले झोक्रिएर बसेको वीरे कान्छालाई सम्झाएकी हुन् ।

पाँच वर्षअघि आफूले एउटा जुक्ति लगाएर नयाँ लुगा लगाएको सम्झिएर यसपालि पनि त्यही जुक्ति काम लाग्ला भन्ने सोचेर वीरे कान्छाले छोरीहरूलाई नयाँ नाना हालिदिन्छु भनेको थियो । त्यो जुक्तिले यसपालि काम गर्लाजस्तो छाँट देखेन उसले । तैपनि छोराछोरीलाई आशा देखाइसकेको हुनाले अन्तिम आश भने मार्न नसकेर झुत्रो बनेको टोपी मिलाउँदै ऊ बाहिर जान तयार भयो । त्यो देखेर कान्छीले सोधिन्, "साँझमा कता हिँड्न लागेको अब ?"

"म एकछिनमै आउँछु," भन्दै ऊ हिँड्यो । छोरीहरू बुबा नयाँ नाना लिन जानुभयो भनेर खुशीले बुबा बाहिर गएको हेरिरहे ।

बेलुकी भो । छोराछोरी खाएर सुतिसकेका छन् । ठूली त बुबालाई कुरेर बसिरहेकी थिइन् । कान्छीले "नसुतेर किन?" भनेर कराएपछि उनी पनि पल्टिइन् । बुबा अब आउनुहोला र नयाँ लुगा हेर्छु भन्दाभन्दै भुस्सुक्कै निदाइन् ।top


आधारात बितिसक्दा पनि वीरे कान्छा फर्केका छैनन् । पर्खेर बसेकी कान्छी पनि अलिकति भएको मटि्टतेल पनि सकिन्छ भनेर टुकी निभाएर पल्टिन् । मनमा अनेकन शङ्का-उपशङ्का उठ्न थाल्छ ।  साँझमा नजानु भन्दाभन्दै wedding tents for sale हिँडेको मान्छे, मध्यरात भइसक्यो, अझ फर्किएको छैन । जतिजति रात छिप्पिदै जान्छ, उनको मनमा डर पनि त्यतित्यति नै गड्दै जान्छ ।

यस्तै सोच्दै थिइन् कि बाहिर कुकुर भुकेको आवाज आयो । उनका कान चनाखा भए । केही बेरमै "ठूलीकी आमा" भन्दै वीरे कान्छा भित्र छिर्‍यो ।

बल्ल कान्छीको सासमा सास आयो । अनि, "कालबेला ठीक छैन । यति रातिसम्म काँ गै'रा ? आफ्नो त आधा मासु भैसक्यो पीरले ।" हकारेको स्वरमा कान्छीले कराइन् र टुकी बालिन् ।

निद्रामा पनि बुबाले नयाँ लुगा ल्याउनुहुन्छ भन्ने सोचेर पर्खेर बसेकी थिईन् होली ठूली । आमा कराएको सुनेर उनी पनि ब्युँझिन्। बाबुको हातमा पोको देखेर उनी खुशी भइन् ।

वीरे कान्छाले खुइया लामो सास फेरेर भन्यो, wedding tents for sale "के गर्नु ठूलीकी आमा ! केटाकेटीलाई तिहारमा नयाँ लुगा हालिदिन्छु भनेको थिएँ । त्यसैको जोहो गर्न गएको नि । यसपालि भने मेरो पाँच वर्षअघिको जुक्ति कुनै काम लागेन ।"

हातको पोको कान्छीलाई देखाउँदै वीरे कान्छाले भन्यो, 

  "पाँच वर्षपहिले त चोक चोकमा टाँगेका ब्यानरहरू निकालेर अक्षर नछापिएको भाग काटेर काले दमाईलाई भनेर भित्री लुगाहरू सिलाउन लगाएको थिएँ । यसपालि पनि त्यसै गरेर केटाकेटीलाई लुगा सिउने कपडाको जोहो गर्छु भन्ने सोचेको त खै कतै पनि कसैले ब्यानर झुण्ड्याएका रहेनछन् ।"
wedding tent "अनि त्यो पोको चैं के हो नि ?" कान्छीले सोधिन् ।

"ए यो ? यो खै के जाती हो, त्यसको बाजेको छाला जस्तो । एउटा गाडीमा राखेको रहेछ । केही नपाएपछि यो पनि काम लाग्छ भनेर लिएर आएँ नि ।" वीरे कान्छाले फ्लेक्सका ब्यानर खोलेर देखाउँदै भन्यो, "यो भएपनि झयालबाट हावापानी छेक्न र केटाकेटीले जाडोमा भुइँमा ओछ्याएर बस्नहुन्छ भनेर लिएर आएँ नि ।"

भोलि औंसीको रात । दियोको जगमगले उज्यालो बना
wedding tents rental उनेछ तर ठूलीको अनुहार भने आजै अँध्यारियो । उनीहरूका मुहार उज्यालो बनाउने नयाँ लुगा भने आएन यसपाली पनि ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |