हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मेरो मृत्युको अवसरमा

हरि पौडेल , (नेदरल्याण्ड )

आफनै घरको आङन होस
अर्धांगिनीको काख सिरान होस
अस्ताउँदो सूर्यको किरण होस
उच्चारण वेदको मंत्र होस
यमलाई न पठाउनु प्रभु
आफै लिन आउनु प्रभु
मेरो मृत्युको अवसरमा

किरिया कर्म न गर्नु अरु
असहायलाई हेर्नु बरु
खानु लाउनु न बार्नु कतै
रुने कराउने न गर्नु कुनै
यमलाई न पठाउनु प्रभु
आफै लिन आउनु प्रभु
मेरो मृत्युको अवसरमा

हाँसी हाँसी जान मिलोस
रोग ब्याद कुनै न लागोस
वरिपरि फूलको वासना होस
धुप दियो सबै बली रहोस
यमलाई न पठाउनु प्रभु
आफै लिन आउनु प्रभु
मेरो मृत्युको अवसरमा

इष्ट मित्र सबै वरिपरि हुन
कृष्ण भक्तिको बजी रहोस धुन
कसैको बाँकी न रहोस गुन
तिरेको होस सबै कर्जको नून
यमलाई न पठाउनु प्रभु
आफै लिन आउनु प्रभु
मेरो मृत्युको अवसरमा

मनमै मेरो गंगा होस
तीर्थस्थान आङनमै होस
चरा चुरुंगी सबै गाइ रहोस
मंद मंद बतास चलोस
यमलाई न पठाउनु प्रभु
आफै लिन आउनु प्रभु
मेरो मृत्युको अवसरमा

०८-१२-२०१३

 

 

 

Comments

Hari Paudel

मेरो रचनालाई आफ्नो वेबसाइट्मा स्थान दिनु भएकोमा खसखस परिवार प्रती ह्रिदए देखी आभार प्रकट गर्दै धन्यवाद टक्र्याउन चाहन्छु साथै नयाँ बर्ष २०१४ मा यो उत्कृष्ट साहित्यिक वेबसाइट फलोस फुलोस झन झक्न प्रगती होस् भन्ने शुभकामना ब्यक्त गर्दछु। 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |