हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अधुरा सपना

सुशिल शाह, (कुपण्डोल, ललितपुर )

हिजो रानीबनमा

चक्रेको

एक गोरुलाई बाघ लाग्यो

अब कस्ले जोतिदिन्छ

उस्को

असारको खेत

र कसरी रोप्छ

एक मुठी धान

र कसरी पुरा हुन्छ

अब उस्को

दुई छाक खाने सपना ।

 

अबैध बसेको भनेर

माइलो

बिदेशबाट लखेटियो

अब कस्ले दिन्छ

उस्लाई

यहाँ नोकरी

र पालिदिन्छ

उस्का दुई छोराछोरी

र कसरी पुरा हुन्छ

अब उस्को

श्रीमतीको मंगलसुत्र निखन्ने सपना ।

 

सहर वेबस्थित पार्ने भन्दै

सुन्तलीको

फुटपाथे पसल खोसियो

अब कस्ले किनिदिन्छ

उस्लाई

एउटा नयाँ पेटिकोट

र दिन्छ

बिरामी पर्दा औंषधि

र कसरी पुरा हुन्छ

अब उस्को

छोराछोरीलाई जसोतसो पढाउने सपना ।

 

बन्दहड्तालले गर्दा

सन्तेले

टेम्पु चलाउन पाएन

अब कस्ले पिलाउँछ

उस्लाई

साँझपख, एक गिलास रक्सी

र खुवाउँछ

उस्को जहानलाई एक गास भात

र कसरी पुरा हन्छ

अब उस्को

यो दसैं राम्रोसँग मनाउने सपना ।

 

सम्पर्क नं: ९८४३५९८८९१

 

 

 

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |