हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मनोज बाबु

इन्जिनियर राकेश कार्की, (लस् एन्जेलस्)

शायद समयलाई गर्न सकेन काबु

एक्लै टहल्लिरहेथ्यो मनोज बाबु

झ्वाट्ट मेरो उपस्थितिमा टक्क अडियो

दु:खेसो साथीको आँखामा पढियो

 

मनोज के भो तँलाई यस्तो

शुन्यमा एक्लै झर्या तारा जस्तो

लाजै लाग्छ यार, के भनुँ तँलाई

धोका दिई बिन्दुले डिभोर्स गरि मलाई

 

के भनुँ के भनुँ छक्क परेँ

दु:खी साथीतिरै छाँगाबाट झरेँ

दुनियाँ हँसाउने यो के भयो

मनोजेको आँखा रसाउदै गयो

 

बाहिर राम्रै देखिन्थ्यो मिलेझैँ जोडी

चित्त किन बुझेन चट्ट गइन् छोडी

उनी पनि बिचारकी धनि नै थिईन

के कारण यस्तो निठूरी निर्णय लिईन

 

मेरो सहानुभुति मात्रले के नै होला

चिरिएको छातीलाई के गरी छोला

विहेको दिन हरे कति खुशी थियो

निराश खुशी सबै कस्लाई दियो

 

खिस्स हाँसेर मलाई हेरिरहन्छ

घरीघरी उस्को आँखामा आँसु झरिरहन्छ

कसोरी भनुँ छोड्दे मनोजे जिन्दगी यस्तै हो

समाधान नै नभेटिने समस्या कस्तो यो

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |