हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अर्थ खुल्दै गएपछि

सीमु श्रेष्ठ, (काठमाडौं)

भैरहेको प्रेम

हुर्काउन/जोगाउन

सिध्याएपछि/रित्याएपछि

आएको जवाफ थियो

प्रेम गरेर गरिने होईन,

आफै हुन्छ प्रेम ।

आफै जोगिन्छ प्रेम ।

 

जब आफैलेपनि

बीस रुप्पेको

चकलेट दिनेसँग

दुईसय रुप्पेको

क्यापूचिनो दाँज्छे,

बिचरो,

चकलेट दिएर प्रेम गर्ने

आफ्नो प्रेममा

लागेको चोट खप्न नसकी भन्छ

तिमीलाई कफि मनपर्छ हैन त !

तिमीलाई

तीनसय रुप्पे कै कफि पिलाउँछु ।

 

बुझ्न नसकिएको कुरो

प्रेम हुन्छ कि गरिन्छ ।

 

संसारमा,

चाहिएको पाईदैन

पाईएको चाहिएन

आफ्नो मनलाई बुझाउने

यो एउटा तरिका ।

 

भनेकै हो कसैले

उधारेर आफैलाई नलेख्नु

प्रेमको कविता ।

लेख्नलाई अर्थोक नि छन् ।

 

फेरिपनि,

कुनै नवपरिचित अनुहारसँग

क्याफे काउचमा

कफिको स्वाद लिदै,

अक्षरहरुको प्रेमलाई

भन्दै होली

मैले

आफैलाई निचोरेर

लेखेको नयाँ कविता ।

 

शिर्षक छ

प्रेममा कविता/कवितामा प्रेम

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |