हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

समय उदघोष

निश्चल काउचा, (हाल: दक्षिण कोरिया)

निस्सार छ देश
गिज्याई रहेछ
सुनसान सडक
गिज्याई रहेछ
सुन्य आकाश

बर्दीधारी बुटको आवाज

खोलाको गीत
खाएन मेल
सुनियो कर्कश

बुढो पहाडको हुकाँरले
घना वृष्टि हुदैन
महोदय
घना वृष्टि हुन
भ्यागुताको ट्वार-ट्वार
आवाज चाहिन्छ

अब
बुढो घोडाको टापले
कसैको मुटुमा ध्याङ्ग्रो ठोक्दैन

नस्ल चेतन युगमा
माखेसाङ्लो र जंजिरले
युगीन बस्तीहरू बाँधिन सक्दैनन्
स्वाधिन युगको मोचन भैसक्यो

पहिलो घामको झुल्कोले

गह्रा , आलीहरूमा

झुपडीहरूमा
उदघोष लाली पोत्दै
पखेटा फिजाई सक्यो

महोदय

अब
बुढो पहाडको गर्जनले
घना वृष्टि हुदैन

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |