हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

संकटमा सगरमाथा

कृष्ण कटेल, (काठमाण्डौ)

यो देशको नक्सा

मेरो नसा

उत्तिकै महत्व मेरालागि,

 

तिमी भुगोल च्यातेर

भाग खोज्छौ

खै किन बुझ् पचाउछौ

सगरमाथा लुम्बिनीको साइनो

मेची महाकालीको सम्बन्ध

यार्चागुम्बा चिया बगानको नाता

 

तिम्रा स्वार्थी हात उठिरहँदा

भोली कसले बोक्ने

चन्द्र सुर्य अकिंत झण्डा

 

बुझ,बेलैमा बुझ,

हाम्रा किल्ला किल्लाबाट गिध्दहरु

चिहाइरहेकाछन् सिनो लुछ्न

तिमी जातभित्र सगरमाथा किन्न नखोज

बुध्द किन्न नखोज

धरहरा अनि मुक्तिनाथ किन्न नखोज

सानो सुन्दर नेपाल टुक्रा टुक्रा पार्ने

तिम्रो सपनाले

कुन जातिलाइ चित्त बुझाउला,

कुन धर्म भाषालाइ चित्त बुझाउला

यो देशलाइ भाग लगाएर

 

हे शेर्पा दाइ

भोली नेवा राज्यमा

बिदेशीले लात हान्दा

तिमीलाइ दुख्ने कि नदुख्ने ?

हे तामाङ्ग दाइ

भोली लिम्बुवान राज्यमा

गिध्दहरुले सिनो लुछ्दा

बम खसाल्दा

तिमी उठ्ने कि नउठ्ने ?

 

खवरदार,

आज जस्तो सजिलो भोली नहुन सक्छ

त्यसैले मधेस लुटिँदा

हिमाल हास्ने

तराइ कुटिँदा

पहाड रमाउने खेल नखेल

 

तिमी खोज्छौ आफ्नै वंशको नाममा राज्य

तिमी चाहन्छौ

आफ्नै कुलघरानको नाममा राज्य

हेर्दै जाउ साथी,

तिमीलाइ तिम्रै सन्तानले थप्पड हान्नेछन्

नेपाली माटोले थप्पड हान्नेछ

त्यसैले आऊ हात समाऔँ नेपाली भएर

अनि खोजौ हामी सबै मिली

बिकास गर्ने बिकल्पहरु

 

 

सन्चारकर्मी

रेडियो राजधानी

 

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |