हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भट्टीमा एक रात

विजय कोइराला, (झापा, नेपाल)

सिमसिम सिमसिम पानी परिरहेको अवस्था ,त्यसमा झन् चाडवाडको समय, नरेलाई आज निद्रा परेन| चुहिएको खरको छानो त्यसमा नि डाँडाको घर, नरे चिन्ताले एकदमै व्याकुल थियो| ऊ एउटा हलुंगेको भाडा लिएर पानीका थोपाहरु लाई समेट्ने कोसिसमा थियो| नक्कलीपनि आज कामबाट फर्केकी छैन, सायद आज मुख्याबाकोमा धेरै पाहुना जम्मा भएका होलान् र भाडा सफा गर्दागर्दै ढिला भएको| नरे बाहिर भित्र गरिरहेको थियो, लाग्थ्यो ऊ कतै जान नपार तड्पी रहेको थियो| घरमा स्वास्नी नभएको मौका पारी नरे मूल ढोका ढप्कार भिज्दै भिज्दै बेसीतिर लाग्यो| बेसी झर्नु नरेका लागि कुनै नौलो कुरा होइन| नक्कलीसंग झगडा पर्दा होस् या त गरिबीको चिन्तामा होस् ऊ बेसीतिर झरेकै हुन्छ| tent weddings



बेसी नरे जस्ता गाउँका अरु पुरुषकालागि स्वर्ग नै हो| गाउँकै ठुलो भट्टी र ताशको अड्डा बेसीमा छ| वर्षैभरि जुवाताश चल्ने वेसीमा चाडवाडको समयमा त झन् मान्छेको, त्यो नि ठेट्ना केटाहरुको बढि नै मात्रामा उपस्थिति हुने गर्छ| बेसीको मुटु भने भट्टीकी कान्छी हो| गोरो मुहार, मिलेको शरिर त्यसमाथि लजाउदै बोल्ने बानी; कान्छीको हावभाव मै wedding tents for sale ज्यान फाल्ने बेसीमा हजार भेटिन्छन्| ग्लासमा लोकल रक्सि राख्दा होस् या भुटेको बंगुरको सुकुटी  ग्राहकलाई दिंदा होस् कान्छीमा एक अलगै किसिमको फुर्ति देखिन्थ्यो| नसालु नजर, रेशमी कपाल र मिलेका दन्त लहरले कान्छीको व्यक्तित्वमा झनै निखार प्रदान गरिरहेको थियो| बाहिरी रुपमा जे भएनी भित्री रुपमा भने कान्छी एकदमै कम्जोर बन्दै गइरहेकी थिई आजभोली| एक्लो ज्यान र छताछुल्ल भै पोखिरहेको यौवन भइकनपनि आजसम्म घरबार नहुनुले कान्छी भित्रभित्रै जलिरहेकी थिई| आफू संगैका साथीहरुले लालाबाला लिएर हिँडेको देख्दा कान्छीलाईपनि इच्छा जाग्नु स्वाभाविक थियो तरपनि मन मिल्ने जीवनसाथी उसले आजसम्मपनि भेटाएकी छैन|


भट्टीमा आज धेरै मानिसहरुको उपस्थिति छ| कान्छी टेबलफ्यानको हावा खाँदै कुर्सीमा बसीरहेकी थिई| ऊ गम्भीर भइ केहि सोचिरहेकी थिई| भट्टीको एउटा कुनामा नरेले आफ्नो आसन जमाएको थियो| ऊ  केवल कान्छीलाई एकहोरो नियाली रहेको थियो| ऊ पनि गाउँका अरु ठिटाझैँ कान्छीको रुपमा मोहित थियो| कान्छी पनि घरीघरी नरेलाई पुलुक्क हेर्थी र मुस्कुराउँथीoutdoor exhibition tents | यो हेर्दा लाग्थ्यो कि दुई प्रेमी एकापसमा लुकामारी खेलिरहेका छन्| धेरै दिन अघिबाट नरे कान्छीलाई केहि भन्न खोजिरहेको थियो तर भन्न सकिरहेको थिएन| लोकल रक्सीको तीन पेक चिरिप्पा पारेर नरे कान्छी बसेनेर गयो| कान्छी नरेको सामिप्यताले निकै खुसी भई| धेरै दिन अघिबाट ऊ यो सामिप्यताको प्रतिक्षामा थिई|



आफ्नो सम्बन्धलाई दाउमा राखेर नरे कान्छीलाई विवाहको प्रस्ताव राख्यो| कान्छी अकमक्क परी, केहि बोल्न सक्ने अवस्थामा रहिन ऊ| उसको स्मृतिमा केवल नरेले विवाह प्रस्ताव राख्दा बोलेका  शव्दहरु छताछुल्ल भइराखेका थिए “कान्छी म तलाई एकदमै माया गर्छु, के मसंग विवाह गर्छेस्?”| उसलाई निर्णय दिन गारो भयो| एकापट्टी आफूले मन पराएको व्यक्ति अर्कापट्टी नक्कलीको घरवार, उसलाई फसाद पर्यो| नक्कली कान्छीको सानैदेखिकी साथी; नक्कली घरको ढु:ख सबै कान्छीलाई नै पोख्ने गर्थी| कान्छीपनि भविष्यमा राम्रो होला, नरे दाइले काम पाउनु होला र सुखसँग राख्नु होला भन्दै नक्कलीलाई सम्झाउने गर्थी| आज भने ऊ आफै दुई लोग्ने स्वास्नीको बिचमा आउन पुगेकी छे| नरेलाई ऊ असाध्य माया गर्छे तर  आफ्नो साथीको खुसी छताछुल्ल भएको हेर्न सक्दिन थिई| त्यसैकरण उसले नरेको विवाह प्रस्तावलाई ठाडै अस्विकार गरिदी| पूरा भट्टी कान्छीको चिच्याहाटले गुन्जयमन भयो; ”पात्येको जंड्याहा! एउटी स्वास्नीलाई त मुखियाकोमा बन्दकी राख्या छस् मलाई के खुवाएर पाल्छस्? म तँलाई मायासाया केहि गर्दिन| आफ्नो स्वास्नीलाई त खुसी दिन नसक्ने जंड्याहाले मलाई ताक्ने; तँ गइहाल मेरो यो भट्टीबाट, गइहाल|”
नरे छाँगाबाट खसेझै भयो| रातको दुई बजिसकेको थियो| नरेले बल्ल नक्कलीलाई सम्झियो| ऊ खुट्टा टेक्ने अवस्थामा थिएन| कान्छीको एक बोली उसकालागि अमृत सावित भयो| उसले नक्कलीसँग बिताएका सुखदु:खका पलहरुको सम्झना गर्यो| पानी रोकीई सकेको थियो| कुकुरको भौभौले गुन्जयमन थियो वेसी| नरे एक्लो थियो,उसका आँखामा केवल कान्छी र कान्छीका भनाइहरु छछल्कि रहेका थिए| उता कान्छीपनि मनमा गुम्सिएका भावनाहरु अस्रुधारामा समेटी राखेकी थिई| उसलाई असह्य भयो र राती नै वेसी छाडेर गई| नरे जसोतसो घर पुग्यो,नक्कली ढोकामा नरेलाई कुरेर बसिरहेकी थिई| स्वास्नीको यस्तो मायाले ऊ भक्कानिन पुग्यो| नरेलाई प्रेम नपाउदाको पीडाको आवास अघिनै भइसक्या थियो| नक्कलीले बेसुमार माया गर्दापनि आफूले घृणा मात्र दिएकोमा उसलाई आत्मग्लानी भयो| उसले नक्कलीसँग माफी माग्यो र भोलीबाट आफूपनि काम खोजि हिड्ने प्रण गर्यो| आफूले प्राणभन्दा बढी माया गर्या मान्छेको यो भनाइले नक्कलीका आँखा रसाए| नरे नक्कलीको  काखमा अघि नै निदाइ सकेको थियो| नरेको कपाल मुसार्दै नक्कलीले पनि पुरा रात काटिदिइ| बिहान नरे काम खोज्न सहरतिर हान्नियो, नक्कली सदा झै मुखिया बाकोमा काम गर्न हिंडी|  बेसी भने सुनसान थियो,सायद सबैलाई हसाउने कान्छी नभएका ले होला|

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |