हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

प्रतिध्वनित आवाजहरू

शर्मिला खडका (दाहाल), (काठमाण्डौ)

“हेमन्त सर अध्यागन विभागको एउटा केस छ हयान्डल गर्नुहुन्छ? दुइटी केटी बाहिरबाट आएका रहेछन् । कागजपत्र फर्जी रहेछ । अध्यागनका अफिसरले मिलाइदिने भनेर पैसा पनि असुल गरेछन् र यौवन पनि । ती केटीले उजुरी दिएका छन् । तपाईंको के विचार छ ?”

एसपी साहेबको यो अनुरोधलाई किनारा लगाउँदै म भन्छु, “सर मेरो खुट्टाको घाउ राम्रो निको भइसकेको छैन । केही समय इनडोर काम गर्ने विचार छ ।”

“ओके एज योर विस, टेक केयर ।” एसपी साहेबको प्रतिउत्तरले म निर्धक्क हुन्छु ।

अध्यागमनमा नयाँ केस आएको खबर मैले पहिले नै थाहा पाइसकेको थिएँ । सरकारी कर्मचारी भएर यस्तो गैरकानुनी र बेइज्जत हुने काम गर्न यी कर्मचारी किन लाज मान्दैनन् । मलाई ताज्जुव लाग्दछ । अध्यागनमजस्तो अन्तराष्ट्रियस्तरमा पहिचान हुने ठाउँमा यस्तो भष्ट्राचार र अनैतिक कार्य हुन्छ भने अन्तको कुरा के रहयो र ? हुन त हाम्रै प्रहरी विभागमा पनि यो कहाँ कम छ र ? अहिले देशका वर्दी लगाएका चोरहरू नै पुलिस हुन् भनेर मानिसहरू भन्छन् । केही फटाहा व्यक्तिहरूले गर्दा हाम्रो पेशाको नै वदनाम भइरहेको छ । फेरि पार्टीको नेताहरूको गोटी चलाइमा पहिलो शिकार पुलिस नै हुने गरेका छन् । यस पेशामा इमान्दार र कर्तव्यनिष्ट भएर टिक्नै गाह्रो भइसक्यो । तर पनि मैले त समाजको सेवा गर्ने कसम खाएको छु । हामीजस्तो प्रहरीले डटेर नै लाग्नुपर्छ भन्ने मेरो धारणा छ । त्यसैले त म बाहिर जिल्लामा जाँदा सबै गुण्डा, नायके र कालाबजारिया थर्कमान हुन्छन् । अहिलेसम्म मैले आफ्नो सङ्कल्पबाट कतै दायाँबायाँ हुनुपरेको छैन तर थाहा छैन कुन दिन म पनि त्यही धमिलो पानीको गन्हाउने फोहर भएर बग्नेछु । तर पनि जे जस्तो अवस्थामा पनि मेरो देश, मेरो जनता र मेरो समाज को सुरक्षा नै मेरो जीवनको अन्तिम लक्ष्य हुनेछ । अफिसमा आउँदा प्राय मेरो मस्तिष्कलाई यस्तै कुराले तरङ्गित बनाइरहेको हुन्छ ।

डेढ महिनापछि आजैमात्र अफिसमा मेरो आगमन भएको छ । त्यसैले पनि अफिसियल काममा मेरो मुड त्यति गएको छैन । कम्प्युटर अन गर्छु । एउटा लामो मेलले मेरो जागिरे समय खाइदिन्छ । इमेल यस प्रकारको थियो –

प्रिय हेमन्त सर

अहिले कस्तो हुनुहुन्छ ? सायद जाती भइसक्नुभयो होला । पत्र कहाँबाट सुरु गरु ? अल्मलिएकी छु । एउटा बेग्लै संसारको कथा भन्नु छ मैले । कहाँबाट लिपिबद्ध गरु ? म असमञ्जसतामा परेको छु । जब तपाईं घाइते भएर अस्पतालको वेडमा हुनुहुन्थ्यो । त्यहाँबाट हाम्रो कथा सुरु हुन्छ ।

सर्जिकल वार्डमा प्राय मेरै ड्युटी हुन्छ । तपाईको खुट्टाको अप्रेशन भएपछि वार्डमा तपाईंको सम्पूर्ण स्वास्थ्यको हेरविचार गर्ने जिम्मा मेरै थियो । तपाईंलाई देखेको पहिलो भेटमा नै मलाई यस्तो लाग्यो मानौँ यी दुई जोर आँखासँग म पहिलै नै बोलेको छु, कतै भेटेको छु । यी दुई आँखा मेरा आफनै आँखा हुन् । मलाई किन यस्तो लाग्छ ? मलाई थाहा छैन । एउटा नर्सले तपाईंजस्तो धेरै विमारीको स्याहार गर्नुपर्छ । तर ती दुई आँखाले मलाई किन तानिरहेको छ ? के रहस्य छ ? म जान्न खोज्दथे तर असफल हुन्थे । विस्तारैविस्तारै तपाईंको बारेमा थाहा हुँदै गयो । तपाईं पुलिसफोर्सको डिएसपी हुनुहुँदो रहेछ । तपाईंको लागि दुईजना प्रहरी हरदम खटाइएका हुन्थे । विद्यार्थीहरूसँग झडप हँुदा तपाईंको खुटामा ठूलो चोट लागेको रहेछ ।  अनि अस्पताल भर्ना हुनुपरेको रहेछ । तपाईंको खुटाको बीचको हडडी फुटेको हुनाले अप्रेशनगरी खुट्टालाई वेट दिई तानेर राखिएको थियो । यो निकै कष्टकर थियो ।

तपाईंलाई एक महिना अस्पताल बस्नुपर्ने थियो । किन हो मलाई तपाईंको समीप्यताको मीठो आकर्षणले हरपल सताइरहन्थ्यो । मलाई यसरी पुरुषप्रति आर्कषणको अनुभूति कहिल्यै भएको थिएन । मसँगैका मेरा दिद्रीबहिनी वा साथीहरूका थुप्रै लभअफेयर चल्दथ्यो । तर मेरो त्यस्तो भएन । मेरो आमा भन्नुहुन्थ्यो— “यो त लेब्जियन हो कि क्या हो ? कुनै केटाहरूसँग संगत गरेको पनि देख्दिनँ ।”

हुन पनि हो मलाई पुरुषहरूप्रति खासै आकर्षण थिएन । अझ पुलिस विभागका मानिसहरूप्रति मेरो नकरात्मक सोचाइ थियो । बिस्तारै तपाईंका बारेमा मलाई धेरै कुरा थाहा भयो । तपाईं राम्रा कथा, निबन्ध, र लेखहरू लेख्नु हुदो रहेछ । एकदिन तपाईंको छेउमा तपाईंको पुस्तक देखेँ ।

मैले सोधेँ, “सर पुस्तक लेख्नुहुन्छ ?”

“हो लेख्छु । तपाईलाई पढन फुर्सद छैन होला ?” तपाई प्रश्नात्मक अभिव्यक्ति दिनुहुन्छ ।

“किन नहुनु ! यस्तो किताव पढ्ने रुची छ तर उही हो समयको अभाव त सबैलाई हुन्छ ।’

तपाईंको घाउको डेसिग गर्ने क्रममा यो गफ भएको थियो ।

“तपाईंको घर कहाँ नि ?’

“मेरो कुपन्टोल । तपाईंको अर्घाखाची होइन मैले फाइलबाट नै थाहा पाइसकेकी छु ।”

यसरी हाम्रो छोटो संवाद हुन्थ्यो । बेलुका घर आउँदा भोलिपल्ट तपाईंसँग धेरैभन्दा धेरै गफ गर्छु भन्ने सोच्दथेँ तर तपाईंको सामु पुग्दा केही बोल्न नसक्ने हुन्थेँ । एकातिर पुलिकफोर्सका मानिस कडा मिजासका हुन्छन भन्ने सोचाइले मेरो मस्तिष्का भाइरल आक्रमण गरेको थियो । त्यसैले पनि म यो रोगबाट ग्रसित थिएँ । अर्कोतिर तपाईं कुनै गहिरो अध्ययन वा चिन्तनमा लागेको देखिन्थ्यो । त्यसैले पनि प्राय गम्भीर मुद्रामा हुनुहुन्थ्यो । प्रत्येक बेलुका तपाईंंसँग खुलेर बोल्न नसकेको पीडाले मलाई जलाउँदथ्यो । एकदिन मैले तपाईंको पुस्तक पढ्न मागेँ । तपाईंंले पनि खुसीका साथ मलाई पढन दिनुभयो ।

बेलुका घरमा आएर तपाईंको पुस्तक पढ्न थालेँ । पुस्तक पढ्दै जाँदा मभित्र केके हुँदै गयो । मैले बुझ्न सकिनँ मलाई यो के भएको हो भनेर । पुस्तकका शब्दहरू मैले धेरै अघि पढिसकेको हुँ जस्तो लाग्यो । यी शब्दहरू मेरा आफ्रनै हुन जस्तो लाग्यो । रातभरमा पुस्तक पढिसकेँ । पुस्तक राष्ट्रप्रेमले र नयाँनयाँ विचारले भरिएको थियो । यो पुस्तकले मलाई एउटा बेग्लै संसारमा पुर्याएको थियो । म सामान्यबाट असामान्य बन्दै गएकी थिएँ । मेरो मस्तिष्कले ठीक काम गर्न सकिरहेको थिएन । भोलिपल्ट म ड्युटिमा नै जान नसक्ने भएकी थिएँ । चक्कर लागेजस्तो भयो । खान मन लागेन । म विमार भएको कुराले घरमा खैलाबैला मच्चियो । हाम्रो समाज कति अन्धविश्वासी छ भनेर मैले भन्नै पर्दैन । डाक्टरी विमारको लक्षण नदेखेपछि मलाई माताजीकोमा लगियो । माताले भन्नुभयो, “यिनलाई आत्माले दुख दिएको छ । एक्लै नछोड्नू, यो फूल र अक्षता सिरानमा राखिदिनू ।“ मलाई के भएको हो मलाई थाहा भएन । भोलिपल्ट म बेहोश भएछु । बेहोश भएर ब्युझँदा मलाई एउटा कुनै फिल्म हेरेर निस्केजस्तो भएको थियो । त्यो फिल्मको कथा यस्तो थियो —

यो कुरा झन्डै एक सय वर्षअगाडिको थियो । त्यसबेला काठमाडौँमा राणाहरूको निरकुश शासन थियो । जनताको घरको देवलमा  ‘श्री ३ महाराजकी जय’ भनेर लेखिएको हुन्थ्यो । ठहिटीको एउटा सुन पसलेकोमा मेरो जन्म भएको थियो । मलाई रत्नमाया भनेर बोलाउँथे । तीनभाइ मुनिको एउटै छोरी भएकी हुनाले बाआमाले असाध्यै माया गर्दथे । त्यो बेला छोरीमान्छेले पढ्ने चलन थिएन तर मेरो हजुरवुवाले मलाई धेरै माया गर्नेहुनाले घरमा नै पढाउनुभएको थियो । तीन दाजुहरु दरवार हाइस्कुल पढ्न जान्थे तर मलाई पठाइँदैनथ्यो । मैले यस कुराको विद्रोह गरेँ । विद्रोह गरेपछि मलाई घरमा नै गुरुदाई राखेर पढने व्यवस्था मिलाइयो । त्यसबेला छोरीलाई पढाइयो भने झ्यालबाट चिठी लेख्छन् र पोइल जान्छन भन्ने चलन थियो । मेरो घर छेउमा नै पूर्णमाया नाम गरेकी साथी थिई । उसको घरमा म आउने जाने गर्दथे । त्यस समयसम्म मेरा धेरै साथीहरूको विवाह भइसकेको थियो । छोरीहरूको प्राय दस एघार वर्षमा विवाह भइसकेको हुन्थ्यो । म एउटै छोरी भएकीले बाआमाले मलाई छिटै विवाह गर्न रुची देखाएनन् । पछि विवाह गर्न केटाले जन्मकुन्डली लिएर जान्थे र केही नभनी फर्काउँथे । कुरा के रहेछ भने मेरो जन्मकुन्डली विवाह हुनुवित्तिकै दुलाहाको मृत्यु हुने जोग परेको रहेछ । यो कुराले मेरा बाआमालाई ठूलो चिन्ता परेको थियो । साथी पूर्णमायाकोमा जाँदाजाँदै मेरो भेट उसको दाजु हिराकाजीसँग भयो । हिराकाजी पढेलेखेका जवान युवा थिए । म उनको व्यक्तित्वबाट प्रभावित थिएँ । उनी हाकी, निडर, बोलक्कड थिए । मलाई भेटतै पिच्छे जिस्काउँथे । म लजाउँदै भाग्दथे । उनलाई हेरुँ–हेरुँ, भेटँु–भेटुँ, बोलुँ–बोलुँझैँ लागिरहन्थ्यो । मेरो उमेर पनि पन्ध्रबाट सोह्र लागिसकेको थियो । हिराकाजी राणाविरोधी सस्था ’प्रचन्ड गोरखा‘मा गुप्तरूपले काम गर्दा रहेछन् । उनी राणा शासनको विरोधमा लेखहरू लेख्ने, छाप्ने र पर्चा बनाइ बाँड्ने गर्दथे । उनी मलाई आफ्ना लेखहरू पढन दिन्थे र कसैलाई नभन्नू भनी भन्दथे । म पनि उनको लेख पढ्न औधी रुची राख्दथेँ । म उनलाई काममा पनि सघाउँथे । यसरी क्रान्तिकारी मोडमा हामीबीच आत्मीक प्रेमले स्थान पायो । त्यस समय केटीहरू त्यति बोल्ने चलन थिएन तर हिराकाजीको एकोहोरो मप्रतिको आकर्षणले मभित्रको लाज, डर, धक सबै हराउँदै गयो । कहिलेकाहीँ हामी घन्टौँ गफ गरेर विताउँथ्यौँ । हिराकाजी राणाको विरोधमा तन,मन, धन दिएर लागेको थियो । हामीले विवाहगरी राणा शासन हटाउन जस्तोसुकै क्रान्तिको बाटो रोज्न परेपनि रोज्ने कसम खाएका थियाँै । हिराकाजीको ज्यानको खतरा थियो । राणाले थाहा पाएमा जुनसुकै बेला पक्राउ गरेर मार्न सक्दथ्यो । उनी आफ्नो असुर्िक्षत भविष्य मला्ई सुनाउँदै पीर मान्थे । हामी दुई यो जन्ममा भेट नभए अर्को जन्ममा भेट हुने वाचा गर्दथ्यौँ । ऊ अर्को जन्ममा सेनाको जागिर खा्एर राणाहरुजस्तै कर्णेण, जर्नेल बन्ने सपना देख्दथे भने म समाजसेवा गर्ने भाव व्यक्त गर्दथेँ । म भन्थेँ, “तपाई कर्णेल, जर्नेल हुनुभयो भने राणाजस्तै हुनुहुन्छ होला ।”

उनी भन्दथे, “होइन म राणाहरूको ठीक उल्टो काम गरेर समाजलाई देखाउँछु ।”

यसरी हामी बीच वार्तालाप हुन्थ्यो । हामी बीचको सम्बन्धको बारेमा टोलमा गाइँगुइँ हल्ला चल्न थाल्यो । हाम्रो जात पनि मिल्ने हुनाले बाआमाले हाम्रो विवाह गरिदिने विचार गरे । केटा राणाहरूको विरोधमा लागेको हुनाले मेरी आमाले आनाकानी गर्नुभयो तर घरमा सबैले छोरी तरुणी भएकीले विवाह गरिदिनुपर्ने मनसाय राखे । हाम्रो विवाहको तयारी हुनथाल्यो ।

वि.स. १९९७ मा सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द  लाई मारेको झन्डै दसवर्ष अघि वि.स. १९८८ सालको कुरा हो, त्यसबेला श्री ३ प्रधानमन्त्री भीमशमशेरको निवास टङ्गालमा थियो र रोलक्रम अनुसार महाराज हुन ठीकठाक भएका कमाण्डर इन चिफ जुद्ध शमशेर जाउलाखेलमा बस्दथे । पुतलीसडक नबनेको त्यसबेलामा जुद्ध शमशेरलाई जाउलाखेलबाट भीमशमशेर कहाँ पु्ग्न कालिकास्थान हुँदै डिल्लीबजारबाट टंगाल पु्ग्नु पर्ने थियो । डिल्लीबजारको मोडमै, बग्गीमा सवार हुने जुद्ध शमशेर र उनका सँगै आएका राणाहरूलाई बमले स्वाहा बनाउने योजना प्रचण्ड गोरखाले गरेको थियो । तर यो विरोधको पोल खुल्यो । पोल खुलेपछि प्रचण्ड गोरखाका मैनाबहादुर, खण्डमान सिँह, खड्गमान सिँह, उमेशविक्रम शाह, रंगनाथ, नानीकाजी सिजापतिसँगै हिराकाजी पनि पक्राउ परे । एकातिर विवाहको तयारी भइरहेको थियो भने अर्कोतिर हिराकाजी पक्राउ परेर जेल परेका थिए । हिराकाजी पक्राउ परेपछि म विक्षिप्त बने । उनलाई छुटाउन उनको घरकाले धेरै प्रयास गरे तर राणाहरूको दमन चरमोत्कर्षमा थियो त्यसैले  सकेनन् । म निडर र हाकी पनि थिए । फेरि हिराकाजीको संगतले मभित्र एकप्रकारको आत्मविश्वास पलाएको थियो । एकदिन म आफै आँट गरेर जेलका वडाहाकिमलाई भेट्न गए । मैले गएर विन्तिभाउ गरेँ तर बडाहाकिमले उल्टै मलाई आरोप लगाई जेलको कालो कोठामा थुनी दिए । यतिमात्र नभइ उनले मलाई बलात्कार गरे । मैले कति रोइकराइ गरे, विरोध गरे तर सकिनँ । मेरो जीवन यही कालकोठामा बित्ने रहेछ भन्ने लाग्यो । उसको पापको परिचय मेरो पेटमा बढ्न थाल्यो ।  जेलमा खाना राम्रो थिएन । म दिनदिनै राणाहरूलाई सक्दोसराप गर्दथे । मेरो सरापले होला राणाविरोधी कार्यहरू देशमाभित्रभित्रै उत्कर्षमा पुग्दै थियो । देशमा महान सहिदहरू राणाशासन खतम गर्न ज्यानै फ्याकेर लागेका थिए ।

एकदिन बलात्कार गर्ने हाकिम आएर भने, “यसका दुलाहाका अगाडि यसलाई लगेर राख । यिनीहरूको इश्क भएको रहेछ । विवाह अघि नै बच्चा पाउने भएकी रहिछ ।”

मलाई त्यो हाकिमप्रति घोर घृणा जाग्यो उसको मुखमा थुक्दै भनेँ, “पापी, अत्याचारी, पाप र धर्मको होस राख् । राणाहरूको जुठो खाएर कतिदिन  बाच्छेु भन्छेस्, तैँले एकदिन मर्नैपर्छ ।”

मैले यसरी हाकिमको मुखमा थुक्नु ठुलो साहस थियो । उसले मलाई कोर्रा हान्न लगायो । मलाई हिराकाजीले देख्नेगरि सामन्नुको कोठामा राखिएको थियो । हामी आँखाबाट बोल्थ्यौँ, आँखाबाट नै मनको कुरा व्यक्त गर्दछौँ । मेरो अवस्था देखेर हिराकाजीको आँखामा कोही बेला आक्रोश देखिन्थ्यो भने कोहीबेला लाचारी र विवशता देखिन्थ्यो । मेरो हालत दिनप्रतिदिन कमजोर बन्दै गएको थियो ।

एकदिन हिराकाजीलाई उसको कोठामा देखिनँ । जेलमा हल्ला चल्यो हिराकाजीलाई राती नै लगेर मारियो भनेर । यो सुनेर म वेहोश भएँ । म वेहोश भएर होशमा आउँदा वैद्य नजिकै थियो । यसरी जेलमा वैद्य आउनुलाई विशेष कारण मानिन्थ्यो । वैद्य आउनुको रहस्य मैले बुझ्न सकिनँ । त्यसैपनि मेरो जीवनको पनि कुनै भर थिएन । कुनै दिन लगेर मार्न सक्थे । तर दोजिया त्यो पनि स्त्रीलाई मार्नलाई सितिमिति आँट गदैनथे । वैद्यले मलाई औषधि खानु भनेर दिएर गयो । अझ एउटा गोली आफै बसेर खुवाएर गयो । यो औषधि खुवाउनुको के रहस्य होला भन्ने मैले बुझ्न सकेकी थिइनँ । म धमाधम औषधि खाँदै गए । यसको तीनचार दिन पछि थाहा भयो जब म रगतको भेलमा डुब्न पुगेकी थिएँ ।  पेट दुखेर खपिनसक्नु भयो । मेरो शरिरबाट रगतको खोला बग्न थाल्यो मेरा हातखुट्टा लुला हुँदै गए । त्यसपछि मैले वैद्य बोलाउनाको रहस्य थाहा पाए । त्यतिन्जेलमा धेरै ढिला भइसकेको थियो । त्यसै पनि मेरो बाच्ने इच्छा मर्दै गएको थियो । मेरा आँखा सदाको लागि बन्द भयो । हाम्रा आत्माहरूले मिलन नभई विछोडको पीडा सहनुपरेको थियो । यो कथा इतिहासमा नलेखी हरायो । तर हाम्रो आत्मा यही कथा बोकेर भटकिरह्यो र यो जन्ममा हाम्रो भेट भयो ।

मैले पहिलो भेटमा नै तपाईंको आँखामा उही प्रेमको कथा पढेकी थिएँ । तपाईंको पुस्तकमा उही हिराकाजीको राष्टप्रेमले भरिएको निबन्धहरू पढेकी थिएँ । उही शब्द, उही शैलीले मलाई मेरो पुर्नजन्मको कथामा पुर्याएको थियो ।

आठ दिनसम्म घरमा विमारी भएर बस्दा तपाईंको डिस्चार्ज भइसकेको रहेछ । तपाईंले पनि मेरो विषयमा वार्डमा धेरै जनालाई सोध्नुभएछ । तपाईंको गार्डले जिस्काउँदै भन्यो रे, “सरले आकाङ्क्षा सिस्टरलाई निकै खोज्नु भयो सर । केही छ सर ? हामीले पार्टी खान पाउने हो ?”

तपाईंले उसलाई हकार्दै भन्नुभयो रे, “चुप लाग । तिनले मेरो किताब लगेकी हुनाले सोधेको हुँ । हेर यी केटीहरूको चक्करफक्करमा मलाई नलगाओ । यी केटीहरू मायाका जाल होइनन आपतका जाल हुन् । यिनले गर्दा नै पैसा कमाउन प्रहरीहरू अनैतिक काम गर्छन् । त्यसैले तिमीहरू मलाई यस्ता कुरामा जाल बुन्दै फसाउने प्रयास नगर ।”

तपाईंको कुरा  सुनेर ती गार्डहरू डराए रे अनि ‘माफ गर्नुस सर’ भनेर माफी मागे रे । मैले वार्डमा यो हल्ला सुनेको थिएँ ।

त्यसपछि समय यथावतरूपमा चलिरह्यो । मेरो हदयको अन्तकुनामा कोरिएको मेरो कथाको सागरमा पौड्दै म आफ्नो जीवनको डुङ्गा खियाइरहेकी थिएँ । मैले धेरै चोटि साहस गरेँ तपाईं यी कुरा बताउन तर सकिनँ । मेरो कथालाई विश्वास गर्ने कुनै आधार थिएँ । प्रमाणको आधारमा ठीक बेठीक छुट्टयाउनेको लागि मेरो कथा हास्यास्पद हुनसक्थ्यो । घरमा मेरो विवाहको कुरा गाइँगुइँ चल्न थाल्यो । अन्तिममा मेरो विवाह हुने निश्चित भयो । मेरो बाआमालाई मैले विवाह नगनुको स्पष्टिकरण दिनुपर्ने भयो । अमेरिकामा डिभी परेर उहीको ग्रिनकार्ड पाइसकेको केटा नसिङ पढेको केटीको खोजीमा रहेछ । उसले मलाई देखेपछि नाइँ भन्ने कुरा नै भएन । तर मैले नाइँ भन्ने कुनै बहाना पाउन सकिनँ । बाआमाको लागि सम्पत्ति जतिसुकै भए पनि छोरी धेरै हुदो रहेछ । उनीहरू ‘कि केटा देखा कि त विवाह नगर्नुको कारण बता’ भन्न थाले । मैले कारण प्रस्टाउन सकिनँ त्यसैले तपाईंलाई गुहार्न यो मेल लेख्ने साहस गरेँ । अमेरिका पुगे पनि मेरो आत्माले त्यो खुसी पाउन सक्दैन जुन खुसी मैले ती जोर आँखामा देखेकी छु । मलाई उही आँखा, उही शब्दले लखेटिरहनेछ । म मेरो उही कथाको सागरमा निस्सासिने गरी डुबीरहनेछु । मलाई लाग्छ मेरो जीवनको उददेश्य भने पनि प्राप्ति भने पनि गन्तव्य भने पनि तिनै आँखा हुन् । ती आँखाका सम्मोहनबाट फुत्किएर म अन्त टाढा कतै पनि जान सक्दिनँ । प्रेम शाश्वत हो । अमर हो । हामी दुईको अतृप्त आत्माले यो जन्ममा पूर्णता पाउनै पर्छ । नत्र अर्को जन्ममा पनि हामी तडपिरहेको हुनेछौँ ।

—सिस्टर आकाङ्क्षाको यो कुराले मेरो हृदय हल्लाइदियो । कस्तो खालको कुरा हो भनेर । मैले यी सब कुरा सजिलै विश्वास गर्न सकिरहेको थिइनँ । मैले अफिसियल काम खासै गर्न नपर्ने हुनाले पुर्नजन्मwedding tents rental सम्बन्धित वेवसाइड हेर्न थालेँ । यस्ता घटनाहरू धेरै ठाउँमा घटिसकेको रहेछ । एकठाउँमा पुर्नजन्मसम्बन्धि यस्तो कुरा लेखिएको थियो —

पुर्नजन्म र यसको वैज्ञानिक कारण

वर्तमान समयमा पुनर्जन्म एउटा धार्मिक सिद्धान्तमात्र नभइ विश्वविद्यालय र परामनोवैज्ञानिक सस्थाहरुको प्रमुख अनुसन्धान कार्य भएको छ । जसलाई आज अन्धविश्वास मात्र नभइ सृष्टिको आगमनको तथ्यात्मक रुप मानिएको छ । यसमा उर्जा सिद्धान्त लागु हुन्छ । जसरी उर्जाशक्ति नाश हुन सक्दैन । त्यस्तै चेतना पनि नाश हुन सक्दैन । हाम्रो शरीर पाँचparty tents for sale भौतिकतत्व मिलेर बनेको हुन्छ । कुनै पनि समय हाम्रो आत्माले यो पञ्चभूत तत्वलाई छोडेर जान सक्छ र फेरि कुनै निर्धारित समयमा यसले पहिलो जन्ममा गरेको कर्म र संस्कारको आधारमा पुर्नजन्म लिन सक्दछ । यसलाई कतिपय वैज्ञानिकले अन्धविश्वास मानेका छन् भने कतिपय वैज्ञानिकले वास्तवविकरूप मानेर अनेकौँ अनुसन्धानको कार्य भइरहेको छ ।

मेलको कुरा अझै सकिएको थिएन । म पढ्न थालेँ ।

हो तपाईंलाई लाग्न सक्छ के मान्छेको पुर्नजन्म हुन्छ र ? तर यसैको शक्तिले तपाईंमा घटेको एउटा घटना म बताउन सक्छु जसले तपाई विश्वासको चुचरोमा पुर्याउन सक्छ । एक पल्ट तपाईले एउटा बुढी मान्छे मारेको केस लिनु भएको थियो । ती बुढी मान्छेलाई अपराधीहरूले गरगहना लुटेर बलात्कार गरेर मारेका थिए । धेरैदिन सम्म अपराधी पत्तालगाउन नसक्दा तपाईले इश्वरको मदत माग्नु भएको थियो । सपनामा कसैले तपाईंंलाई बताएर त्यो ठाउँमा छापा मार्न जाँदा अपराधी भेटिएका थिएँ । नभन्दै तपाईंं सफल हुनुभएको थियो ।event tents

—मलाई अचम्म लाग्यो । उनले यो कुरा कसरी थाहा पाइनँ भनेर । मैले यो कुरा कसैलाई भनेको थिइनँ । यो केसमा साँच्चै नै मैले अपराधीहरू पत्ता लगाउन नसकेर विभागबाट गाली खाइरहेको अवस्थामा कसैले सपनामा मलाई त्यो ठाउँको पत्ता बताइदिएको थियो । साँच्चै नै त्यहा अपराधीहरू तास खेलेर लुकेर बसेका थिए । जुन घटनाले मैले विभागबाट बधाइमात्र होइन इन्सपेक्टर बाट बढुवा भएर डिएसपीको पद पाएको थिएँ । तर उनले कसरी थाहा पाइन म मनमनै कुरा गुन्दै उनको मेल पढन थालेँ ।

हो त्यो पुर्नजन्मको शक्ति हो । पवित्र प्रेमको शक्ति हो । हाम्रो अतृप्त आत्मा धेरैसमयसम्म भटकिरह्यो । त्यसपछि हामीले पुर्नृजन्म पायौँ । तपाईंले सोचजस्तो सेनाको जागिरखाने भनेकोमा इन्सपेक्टर बन्नुभयो मैले सोचेजस्तो wedding tents म समाजसेवाका लागि नर्सको पेशामा लागेँ । हामी दुवैको उददेश्य पुरा भएको छ ।

—सिस्टर आकाङ्क्षाको कुराले म अझै अचम्मित बनेँ । के उनले भनेका कुरा सही हुन ? के हाम्रो पुर्नजन्म भएकै हो त ? के हाम्रो मिलनले मैले सोचेजस्तो देश र समाजको सेवा गर्न सक्छु ? के पवित्र प्रेमको शक्ति यति ठूलो हुन्छ ?

हो प्रेमको अर्थ मिलन मात्र होइन । हामीले मिलनलाई मान्यता दिएनौँ । यदि हामीले मिलनलाई मान्यता दिएको भए पहिलो जन्ममा नै हामी भागेर विवाह गथ्र्यौ र घरजम गथ्यौँ । तर हामीले मिलनलाई प्राथमिकता दिएनौ । हाम्रो पहिलो प्राथमिकता नै देश र समाज थियो । यदि तपाईं चाहनुहुन्छ भने यो जन्ममा पनि हामी अलग बस्न सक्छौँ । केहीदिनपछि मेरो विवाह हुँदैछ । विवाह भएर म अमेरिका जानेछु । सायद तपाई पनि आफ्नो जीवन आफ्नै खुसीमा बाच्नुहुनेछ । तर हामी दुवै कुनै बेला यसरी नै भेट भयौँ भने हाम्रा आत्माहरू भटकिनेछ । तर यो जन्ममा हाम्रो मिलनको बाधक कोही छैनन् । हामी हाम्रा आत्मालाई शान्ति दिन सक्नेछौ अनि जीवनलाई सार्थकता दिन सक्नेछौँ । एउटा पवित्र प्रेमको शक्ति यो पनि हुनेछ कि मेरा शब्दहरूले तपाईंलाई उद्वेलित पारिरहनेछ । अगाडि तपाईंको इच्छालाई छोड्दै मेरा कुरा यही टुङ्ग्याउँछु ।event tent

उही तपाईंकी

सिस्टर आकाङ्क्षा

सिस्टर आकाङ्क्षााको मेल पढिसक्दा म साँच्चिकै उट्ठेलित हुन पुग्दछु । उनले मभित्र रहेको राष्ट्रप्रेम र समाजप्रेमलाई नजिकबाट बुझेकी थिइनँ । यो कसरी भयो ? एउटा केटीले प्रेमीलाई लेख्ने पत्र यस्तो त कदापि हुन्न । उनी त माया प्रेमको मात्र कुरा लेख्न सक्छे । तर उनले त पहिलो जन्मदेखि लिएर मेरो अहिलेको जीवनको रहस्यमय कुरा पनि खोतलेकी छिन् । साँच्चै भन्नुपevent tents र्दा उनले मेरो जीवनलाई सिटिस्क्यान गरेर नै देखाइदिएकी थिइनँ । उनको यो रहस्यमय कुराले म आकर्षित र आन्दोलित हुँदै गएँ ।

साँच्चैभन्नुपर्दा अस्पतालमा हँदा देखि नै म उनीप्रति आकर्षित थिएँ । म यसरी केटीप्रति आकर्षित हुँदा आफैलाई अचम्म लागिरहेको थियो । अहिले आकाङ्क्षाले मलाई आफुले आफैलाई ऐनामा हेरेर छर्लग देखेजस्तो देखाइदिएकी थिइनँ । मलाई आफुले आफैलाई पढेजस्तो लागिरहेको थियो ।

धेरैसमयसम्म सिस्टर आकाङ्क्षाको कुरालाई मनमा मनन गरेर प्रतिउत्तर लेख्न बसेँ ।tents for weddings

सिस्टर आकाङ्क्षा,

तपाईंका कुराले वास्तवमा नै म उद्वेलित भएको छु । वास्वतमा यी सबकुरा कसरी हुन्छन् म भन्न सक्दिनँ । तर अप्रेशन गरेपछिको अथाह पीडामा तपाईंले मेरो निधारमा हात राख्नुहुँदा नै मैले असीम आनन्दको अनुभूति गरेको थिएँ । मेरा सारा पीडा हराएका थिए । तपाईको प्रत्येक व्यवहारबाट मलाई प्रिये लाग्दथ्यो । मैले आफूभित्र रहेको यही राष्ट्रप्रेमले गर्दा नै विवाह नगर्ने भनेर सङ्कल्प गरेको थिएँ । तर तपाईजस्तो एउटा सुशील सुन्दरी पाउँदा म आफुलाई भाग्यमानी ठानेको छु । मेरो भावाना मेरो विचार बुझ्ने जीवनसाथी पाउन पाए म कदापि अस्वीकार गर्ने छैन । तपाईंले जुन पुर्नजन्मको कुरा गर्नुभयो । त्यसलाई हामी कुनै काल्पनिक कथा, wedding tent for sale विनिर्मित वा पुर्नजीवित कथाको उपमा दिन सक्छौँ । हामी हाम्रो आत्मिक प्रेम र राष्ट्रप्रेमको फ्युजन गराएर धेरै गरिव दुखीको हदयमा मलहमपट्टी लगाउन सक्छौँ । हामी हाम्रो जीवनको उद्देश्यमा ऐक्यवद्धता जनाउँदै अघि बढ्न सक्छौँ र जीवनलाई सार्थक बनाउन सक्छौँ । तपाईंंको साथ पाए भने मेरो जीवन अवश्य नै सफल हुनेछ भन्ने विश्वास छ मलाई । हामी चाँडै नै एकअर्काको भावना र हदयको नजिक हुनेछौँ । अहिलेलाई विदा ।

हेमन्त

छायाकथा

“सिस्टर आकाङ्क्षा हुनुहुन्छ ?”

“बोल्दैछु । ”

“म हेमन्त ।”

“एऽऽ..  डिएसपी साब ।”

“अनि खबर के छ ?”

सिस्टर आकाङ्क्षाको मन अत्तालिन्छ । मुटु ढुकढुक गर्छ ।

“खबरर  हुँ.......अँ ...।”

“खबर पाइसकेको छु डराउनुपदैन ।”

“डर लागिहाल्छ नि ।”

“हो लाग्छ । मनको चोरलाई डर लाग्ने भइहाल्यो पक्राउ खाएपछि ।”

आकाक्षा डरले पानी पानी हुन्छिन् । केही बोल्न सक्दिनन् ।

“अँ....के....रे..।”

“भैगो उजुरी परेरको छ अब हथकडी लगाउनु आउनुपर्ला ।”

सिस्टर आकाङ्क्षाको दिमागले काम गर्न सकिरहेको छैन के भन्ने कि , के गर्ने भनेर ।

“भोलिको समय कस्तो छ भेट हुन सक्छ ? भेटन अनुकुल छ ?”

“अँ हुन्छ । मेरो अफ छ ।”

डिएसपी हेमन्तको फोन आएदेखि सिस्टर आकाङक्षाको दिमागमा ठीकमा छैन । के गरुँ, कता जाउँ, कसलाई भनुँ भइरहन्छ । मनमा बेचैनको सुनामीले लखेटिरहन्छ । अन्तिममा एक जना मिल्ने साथीलाई सबै कुरा सेयर गर्ने विचार गर्छिन । साथीलाई सबैकुरा भने पछि मन शान्त हुन्छ । साथीले पनि केही सरसल्लाह सुझाव दिन्छिन् ।

भोलिपल्ट निर्धारित समयमा डिएसपी हेमन्तसँग सिस्टर आकाङ्क्षाको भेट हुन्छ । त्यसठाउँमा घुम्न आउने प्रणयजोडी देखेर आकाङक्षाको मनको डर हराउँदै जान्छ ।

डिएसपी हेमन्त सामान्य कुराबाट कुरा थाल्छन् ।

“यतिका मनका कुरा यतिका दिनसम्म कसरी लुकाउन सकेको होला ? ”

“नराखेको भए अहिले भेट नहनु सक्थ्यो नि । ”

“हो यो कुरा पक्का हो । ”

“मेरो कुरामा कतिको विश्वास लाग्यो ? ”

“विश्वास लागेर न भेट्न बोलाएको नि । तर यो कथा त एउटा निमित्त मात्रै हो । हाम्रो भेट हुनाका लागि । आखिर प्रेमी पे्रमिकालाई भेट गर्न एउटा बहाना त चाहियो नि होइन ? कोही कथाको, कोही गीतको कोही ठक्करबाट पनि त प्रेम गर्ने बहाना त चाहिन्छ नि । होइन र ? ”

“तर मलाई यी सब कुरामा विश्वास छैन । म जहिले पनि आत्माको कुरा सुन्छु ।” सिस्टर आकाङ्का अलिक कठोर भएर भन्छिन् ।

सिस्टर आकाक्षाको भावानामा तुषारापात परेको महसुस गर्छ हेमन्त अनि फकाउने सुत्र प्रयोग गर्छ 

“मैले त ठट्टा पो गरेको त । त्यसो त म पनि त्यति सजिलै यो अवस्थामा आउने भए अहिले दुई बच्चाको बाउ भइसक्थेँ । ”

डिएसपी हेमन्तको कुरा सुनेर सिस्टर आकाक्षाको मुखबाट हाँसोको फोहरा छुट्छ । यही मौका छोपेर डिएसपी हेमन्त उनको हात समाएर गहिरो चुम्बन गर्छन् । सिस्टर आकाङ्क्षा लाजले आँखा चिम्म गर्छिन् । दुई जनाको बग्दै गरेको जीवनको खोलामा प्रेमको गहिरो बाँध बाँधिन्छ । समय त्यही बाँधमा बाँधिन्छ ।

सुत्रधारः डिएसपी हेमन्त र सिस्टर आकाङ्क्षाको भेटपछि जीवनले नयाँ गोरेटो कोर्न थाल्छ । उनीहरू आफ्नो मिलनलाई प्रमाणिकता प्रदान गर्न चाँडै नै विवाह बन्धनमा बाधिने योजना बनाउन थाल्छन् । एकातिर डिएसपी हेमन्त आफ्नो जीवनलाइ सिस्टर आकाङ्क्षासँग पूर्णता दिन लागि पर्छन भने अर्कोतिर एउटा इमान्दार र कर्तव्यनिष्ट प्रहरीको छवि बोकेर कालाबजारिया, घुसखोरी र भष्ट्राचारीहरूको आँखाको कसिङ्गर बन्न पुग्छन् । जताततै उनको इमान्दारीताको प्रशंसा भइरहेको हुन्छ । तर अचानक एकदिन मन्त्रीको पहुचमा भएको कालाबजारियालाई भन्डाफोड गर्न पुग्छन र डनबाट मारिन्छन् । डिएसपी हेमन्तको हत्यापछि सिस्टर आकाङ्क्षा पागलजस्तै बन्न पुग्छिन् । उनी गुन्डाहरूसँग बदला लिने प्रपन्च मिलाउन थाल्छिन् । यसै सन्दर्भमा उनी बलात्कृत भई मारिन्छिन् । एउटा अधुरो प्रेम कथा फेरि जन्मन्छ । प्रत्येक युगसँगै यो प्रेम कथा जन्मन्छ अनि प्रत्येक युगमा अधुरो भएर समाप्त हुन्छ । सायद डिएसपी हेमन्त र सिस्टर आकाङ्क्षाको जन्म अर्को जन्ममा हुनेछ जसरी रत्नमाया र हिराकाजीको भएको थियो । उनीहरूको कथा सुरु भएर यसरी नै कथा अन्त हुनेछ । सतीले सरापेको हाम्रो देशमा यस्ता राष्ट्रप्रेमीहरूको कथा र सतीको कथा यसरी नै सुरु हुन्छ अनि यसरी नै समाप्त हुन्छ । प्रत्येक युगमा समयसँगै बिडम्बनाको भारीले भरिएको कथा पढ्न हामी पाठकहरू यसरी नै बाध्य हुनेछौँ । कथाका शब्दहरू प्रतिध्वनित आवाज भएर यो ब्रहाम्डमा गुन्जिरहन्छन् ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |