हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

एउटा देश

बिनोद खड्का, (हालः दोहा, कतार)

जहाँ

स्वतन्त्रता

शान्ति

अनेकता

विविधता

अखण्डता

गहना थिए ।

 

अहिले

साम्प्रदायिकता

जातियता

क्षेत्रियता

विखण्डन

नाराहरु बनेका छन ।

 

गरीवी

अभाव

रोग

भोक

विपक्षमा उर्लेका छन ।

 

लुट

हत्या

अपहरण

फिरौती

नक्कल गरिदै छन ।

 

खोई हातमा

कलम

किताब

कापी ?

विकल्पमा बन्दुक आएका छन

वन पाखामा परेड चलेका छन ।

 

बन्दुक र शान्ति

बहसमात्र हो

यथार्थ होईन

हुँदै होईन

युद्धको संकेत हो

युद्धमा केवल युद्ध नै विजयी हुन्छ

बाँकी सवै पराजित हुन्छन

तैपनि

युद्ध मडारिरहेको छ

युद्धका बादलहरु सुसाई रहेका छन

अन्त्यहिन यात्रा जस्तै ।

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |