निर्दयी ईश्वर
नीलम कार्की निहारिका, (नर्थ क्यारोलिना)
यो वर्ष म जुन महिनामा नेपाल गएकी थिएँ|
जगदिश दाईलाई भेट्न उहाको घर पुगें | जानुको अर्को पनि उदेश्य थियो आफनो प्रकासनको तयारीमा रहेको उपन्यासको बारेमा केहि लेखि माग्नु | पेन ड्राईभको एक फाईलमा अर्की आईमाईको पाण्डुलिपि थियो |
पुगेको केहि बेरमा दुर्गा भाउजुपनि आई पुग्नु भयो | अनि उहाको हातको खाजा संगै कुरा अगाडी बढ्यो |
बसाईको केहि समय दाईको बिरामीको बारे जानकारीको लागि, केहि समय देशको अबस्था र केहि समय साहित्य चर्चामा खर्चियो | सकस र सकस मन्थन बारे कुरा हुने नै भयो ,सेतो धर्ति ,ताप ,लु र रेडियो कार्यकम श्रुति संवेगसम्म कुरा लम्बियो | दाईले आफु बिरामी भएर विदेशको अस्पतालमा बस्दाको सस्मरण सुनाउनु भयो , मैले आफु नर्स भएर अमेरिकामा काम गर्दाको केहि अनौठा अनुभब सुनाएं | उहाले भन्नु भयो 'यो बिषयमा अवश्य लेख्नु | राम्रो हुन्छ ! त्यही बेला इश्वर बल्लभ दाई सम्झदै भनेकी थिए ईश्वर दाईलेपनि अमेरिका जानु अगाडीको भेट ,त्यो भेट जुन उहा संग को अन्तिम भेट रहन गयो | हो त्यो भेटमा भन्नुभएको थियो ‘तपाई त्यहाँ को बिषयमा मज्जाले लेख्नु हामी यहाँ स्वाद मानेर पढ्ने छौ |’
मेरो उपन्यास को विषय र शिर्षककोबारे छलफल गरियो | दोस्री आईमाई ,कि अर्की आईमाई ? दाईले राज्नु भयो अर्की आईमाई नै |
मैले भने ‘ईश्वर दाई रहदा नै लेखन सकिन तर अहिले उहा ले भने झैँ मेरो उपन्यास मा अलिकति त्यहाँ छ र अलिकति यहाँ छ पनि |’
नेपाली वांगमय अबस्था बारे निक्कै बेर चर्चा गरेयौ |बिदेशी साहित्य बारे पनि |
बस्न मन थियो तर दाईको समय धेरै नै लिई लिई सके जस्तो लाग्यो | मस्तिकले भन्यो अब जानु पर्छ | तत्काल मस्तिस्कको आदेशमा हामी निस्कियौ | मैले भन्न नै सकिन ‘दाई यहाँको केहि समय मेरो उपन्यासको लागि दिन सक्नु होला कि ?’
बोल्छु भनेको बाक्य साच्चै नै घाटीमा रोकिने रैछ | त्यति धेरै कुरा हुदा सम्म म खाट्टी कुरा बोल्न नै सकिन |
सिर्जना पढेर लेखि दिनु सहज काम पक्कै होइन | त्यो पनि भयानक क्यान्सरसंग लडेर आफनो जिन्दगीको घडी बाँची रहेको ब्यक्तिबाट ! उहालाई भेटेपछि ओखतीको साईड ईफेटले साम्राज्य जमाएको रहेछ भन्ने लाग्यो | यस्तो लाग्यो उहालाई जिबन दान दिई रहेका ति ठुला ठुला क्याप्सुलहरू उहाका मित्रु हुन् र केहि शत्रुपनि | यसरी भन्नु पर्छ शत्रु कम मित्रु ज्यादा !
किमो ,कयाप्सुल र सुईको जिबन बाचे पनि हर मिनेट साहित्यको निम्ति समर्पित जगदिश दाई !
उहाको त्यो अमुल्य समय मेरो लागि खर्च गरिदिनु भनेको एक स्वार्थी मनुबाले गर्ने अपराध नै हो | त्यही निर्क्यौल गरे |
मनले मानेन |मैले आफनो उपन्यासको भूमिका लेखि माग्नुको निम्ति उहासंग कुनै भुमिका बाध्न सकिन | बाधिन |
बाहिर पुगेर सिढी ओर्लने बेला कृष्ण अविरलजीले आफ्ना हातमा भएका किताबको ईसाराले सोध्नु भयो ‘खोइ कुरा गरेको ?’
बार्दलीबाट दाईले हामीलाई नै हेरी रहनु भएको थियो | म आवाजमा जवाफ दिन नसकेर अलमलमा परें | न कुनै साकेतिक भाषा नै बोल्न सक्थें |
हाम्रो अलमल जगदीश दाईले सहजै बुझ्नु भएछ |पक्कै केहि हुनु पर्छ -‘केहि कुरा बाकी छ ?’
कृष्णजीले पनि अप्ठ्यारो मान्दै मान्दै भनि दिनु भयो ‘अघिको अर्की आईमाई को कुरा ,दाईको भूमिकाको लागि .......... ‘
दाईले सहर्ष भन्नु भयो ‘खोइ ल्याएको छ ? अघिनै किन नभनेको ?’
मैले भने “पेन ड्राईभमा छ दाई “
“अघि भन्नु पर्छ नि” दाई सरासर भित्र पस्नु भयो |
हामीलाई समेत फिर्ता बोलाएको सकेत थियो त्यो | गुरुको पछाडी शिष्य लागे झैँ हामी झरी सकेको सिढी उक्लिएयौ |
लिभिग रुममा उहाँ आफनो आसनमा बसेर आफ्नो ल्यापटपमा मेरो उपन्यास कपि गर्नु भयो |मैले भने “दाई हजुरलाई समय मिल्दा पढीदिनुभए हुन्छ |’ अझ संकोच थियो मेरो आवाजमा | कता कता ग्लानि पनि |
दाईको अलि सुनिएका जस्तो लाग्ने औला हेर्दै भने ‘ उपन्यासको कभरकोलागि भए नि हुन्छ दाई ब्याकको लागि |’
दाईको मनमा कति अटेस मटेस लेखनका विषय होलान,कति प्लट बनि सकेका होलान | कति लेखिसक्नु छ भन्ने होला ,लामो विधा शुरु गरे भने पुरा गर्न सक्दिन कि भन्ने त्रास पनि होला | यहि सोचे |
सत्य भन्छु घर बाट जे सोचेर गएकी भए पनि त्यहाँ पुगे पछि आफनो लागि उहाको समय लिएर उहाको सिर्जनाको समय छोटाईदिने पक्षमा कति पनि थिईन |
धुलिखेल गएकी थिए बिहानै आमाको फोन आयो “ जगदीश घिमिरेको फोन आएको थियो मैले तेरो मोबाईल नम्बर दिएकी छु है |’
मैले हतपत आफै फोन गरे | जगदीशदाईले भन्नु भयो ‘आज उपन्यास पढुं भनेको मैले आफनो कम्पुटरमा फाईल भेटिन | पठाउनु मिल्छ फेरी |’
मैले भने ‘दाई म बाहिर छु |’ तत्काल भनें ‘तर हजुरको ईमेल आई डी दिनु म छोरालाई भन्ने छु |’
दाईले आफनो ईमेल टिपाउनु भयो | मैले हिमंसुलाई फोन गरें | उ सुति रहेको रहेछ ,उठाउनु लागाएर अर्की आईमाईको फाईल अहिले नै ईमेलमा एटेच गरि दिनु भने |
छोराले ईमेल पठाए पछि मलाई फोन गर्यो अनि मैले दाईलाई फोन गर्नु नपाउदै उहाले नै गरेर भन्नु भयो ‘मैले अर्को नाममा सेभ गरेको रैछु |’
मैले पुन भने दाई समय लिदा हुन्छ मलाई हतार छैन | मैले समय लिदा हुन्छ भनेर कहाँ हुदो हो र ? दाई आफना पेंडीग कामहरु एक एक निबटाउदै गर्नु भएको हुदो हो |
घर पुगेर थाहा लाग्यो दाईले हिमंसु लाई धन्यबाद भनि ईमेल गर्नु भएको रहेछ |
अनि म अमेरिका फर्के | सेप्टेम्बर ४ को दिन लेख्नु भएछ मेरो फेस बुकमा ‘मेरो ईमेल को पहुँच किन नदिएको ?’ पहिला मैले कुरा बुझिन अर्को दिन लेख्नु भयो ‘मैले उपन्यासबारे टिप्पणी पठाएको निकै दिन भयो। पुग्यो पुगेन थाहा भएन।‘ अनि उही दिन नै लेखे फेसबुकमा ‘जगदीश दाई ,आभारी छु अनि माफी चहान्छु | हिमांशुले ईमेल नखोलेकोले थाहा भएन | दाईको व्यस्तता र स्वास्थ्यको कारणले दाई समय लाग्ला कि भनि पर्खाईमा मात्र थिएँ | मेरो उपन्यासको लागि समय दिनु भय अति नै ऋणी छ |’
दाईले छोराको ईमेल मा पठाउनु भएको रहेछ | दाईले सुझाब र भूमिका पठाउनु भएको थियो |मेरो लागि कम्तिमा ६ सात घण्टा खर्चिनु भएको थियो | म साच्चै ऋणी भएँ |
जब म देश छाडेर बिदेश आएँ २०६४ मा उहाको अन्तर्मनको यात्रा आयो | अरु पाठकले झैँ मैले उहाको जिबन सगै उहालाई पुस्तकबाटै नजिकबाट चिनें |
पटक - पटक पढें अन्तर्मनको यात्रा | म एक पाठक भएर हेरे सर्जक जगदीश घिमिरे | म एक स्वास्थ्यकर्मी भएर पनि पढे बिरामी जगदीश घिमिरेलाई |उहाको हिम्मतलाई सम्मान गरें |
उहाँसंग मेरो पहिलो भेट भएको एउटा कार्यक्रममा हो | सो कार्यक्रममा पहिलोपटक उहाँलाई देखेपछी म कार्यक्रमको अन्तिममा जगदीश दाईको पछि लागें |
‘दाई नमस्कार |’ अलि जोड संगै भने | फर्किएर हेर्नु भयो |
पुन भने अलि बिस्तारै “ दाई नमस्कार | मलाई दाईले चिन्नु हुन्न, म नीलम’
दाईले अलिकति मास्क मिलाउदै भन्नु भयो “कार्की निहारिका ! तपाई हो ?’
दाईबाट आफ्नो बाकी नाम त्यसरी सुन्दा म खुसिले झन्डै बुरुक्क उफ्रिन |
म खुसिले कापी रहेकी थिए |अगाडी केहि बोल्न सकिन |
अघि सम्म हतारिएकी म ढुक्कले बसें ,कारण त्यहाँ जगदिस दाई हुनुहुन्थ्यो | म त्यतिन्जेल बसे जब सम्म जगदिस दाई सबैसंग बिदा भएर गाडी चद्नु भएन | त्यो वर्ष नेपालबाट फर्कदाको एक उपलब्धिको रुपमा लिएकी थिए जगदिस दाई संगको त्यो भेट |
यस पटक नेपाल बसाईको क्रममा मेरा व्यस्तताका वावजुद जगदीश दाईलाइ भेट्ने मेरो इक्षा अनुरुप कृष्ण अविरलजीले समय माग्नु भएको थियो | हामी संगै गयौ|
ठुलो झ्यालको अघिल्तिर दाईको बस्ने सोफा ,दया तिर छेउमा नाम नामका ओखती, बोतल भरि भरि पिउने पानी र रिडिंग टेबलमा कम्पुटर अनि कागजहरु |
अनुमान लगाउन सकिनथ्यो दाई घन्टौ त्यही ल्याप्टपमा बिताउनु हुन्छ |अस्पाताल धाएर बाकी आफनो भागमा पर्ने समय केवल साहित्यकोलागि मात्र खर्चिनु भएको छ |आराम गरेर एक पल खेर फाल्नु चाहनु हुन्न |त्यसैले होला मैले अमेरिका आएपछि त्यहाँको रातको समय , बाह्र एक बजे हुदा समेत जगदीश दाईलाई कम्पुटरमा भेटेको छु | देखेको छु उहाको स्टाटसमा |
केहि दिन अघि प्रकास सायमी दाईको फेसबुक स्टाटसबाट थाहा लागेको थियो ‘जगदिश दाई अस्पतालमा भर्ना हुनु भएको | लेख्नु भएको थियो आई सियुमा उपचार चलिरहेछ |’
‘दाईले रोगलाई यो बाजी पनि जित्नु हुनेछ|’ मन दह्रो बनाएकी थिएँ |मन छटपटाएको थियो |घरि म स्वास्थ्यकर्मी मनले सोच्थे उहाको रोगको भयङ्कर रुप, जटिलता र त्यसले दाईलाई दिने पिडा बारे | घरि सोच्थें उहाको पाठक भएर |
जगदीशदाई बारे कुरा गर्नु फ्लोरिडा बस्ने सुन्दर जोशी दाईलाई फोन गरें | क्यारीका मनोज प्रधान र भर्जिनियाका बासु श्रेष्ठलाईपनि | सुन्दर दाईले भन्नु भएको थियो म हरेक दिन आधा घण्टा प्रार्थना गर्ने गर्छु | आजको प्रार्थना पुरै उहाकोलागि हुनेछ | मैले पनि कोटी कोटी कामना गरें जगदीश दाई पुन घर फर्किएर कम्पुटरमा अक्षर रोप्नु होस् है | यहाले बिट मार्नु बाकि रचनाले पनि त पर्खी रहेछ |
तर ईश्वर निर्दयी हुदो रैछ |
Comments
paras nepal
राम्रो लाग्यो...