हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

लाइक

समीर हरि शर्मा, (काठमाण्डौं)

भगवानप्रति श्रद्धा भए लौ चढाउनुस लाइक,

देशप्रति श्रद्धा भएपनि चढाउनुस लाइक ।

       

               आजको दिन शुभ हुनेछ दिनुस एक लाइक,

               एक लाइकमा मनोकामनापूर्ण, फ्रिमा छ लाइक     

 

 दुनियाँलाई देखाउनको लागिपनि लाइक,

धर्मप्रति आस्था होस् नहोस् लाइक ।

 

                हात समातेर तान्या जस्तो भन्छन् दिन लाइक,

               वर्षाकालको मेघ जस्तो उर्लेको छ लाइक ।

 

 इश्वरलाई पनि कहिँ चाहिन्छ र लाइक ?

आस्था भन्ने देखाउनलाइ मात्र हो र लाइक ?

  

               नेपालीको बुद्धि बरु सपारी देउ न लाइक,

               मिलेर अघि बढ भनि हकारी देउ न लाइक ।

  

धर्म भन्दा कर्म ठूलो सिकाइ देउ न लाइक,

एउटा अर्को बुद्घ फेरी झिकाइ देउ न लाइक ।

  

               कठिन घडीको तिमीलाई सामना छ लाइक,

               तिम्रो उत्तरोत्तर प्रगतीको कामना छ लाइक ।

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |