हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

खरिद–बिक्री

नीलम कार्की निहारिका , (हाल: नर्थ क्यारोलाइना )

केही महिनापछि मात्र ऊ सहरमा देखियो । निकै भएथ्यो हराएको । आउँदा सहरियाहरूको राम्रो मासु डोर्याउँदै आयो ।

सुरु भयो खरिदबिक्री

राम्रो भाउ पर्ने ल्याएको छु, राख्ने हो ?large event tents " मासुबजारको एक बगरेलाई सोध्यो ।

कति मोल गरेका छौ ?”

माल हेरेर दाम गर्नुस् आफैँ ..

तिमीले भन्यौ, मैले हेरेँ । दाम गर दाम ।

हरियो डाडासँग लुकामारी खेल्दै हुर्केको पो हो । झरना उनको कपाल । गुराँस उनको गाला ।

आखिर मासुमासु नै हो । एउटैदुरुस्तै ।

मासुमासु नै भए पनि केको मासु, कहाँको मासु फरक पर्छ । तपाईं जे भन्नुस् न, म मान्दिनँ ।

तर पहिलाभन्दा बढी दिन सक्दिनँ ।

अहँ, दुगुना नभए डेढी चाहिन्छ नै ।

हुँदैन । गाउँले मासुलाई पहिला सहरियाको साँचोमा ढाल्नुपर्छ । कम खर्च छ त्यहाँ ?”

त्यसो हो भने म दिन सक्दिनँ ।

लैजाऊ । अहिले अड्को परेको पनि छैन । धेरै पुराना हड्डी थुप्रिएका छन् । खोर सफा गर्दछु ।

के फिक्री लिनु छ त्यहाँ ? म लिन्छु जिम्मा । हड्डीलाई मासु पार्ने कला मसँग छ । धन्दा मान्नै पर्दैन ।

रोगी हाडहरू नि ? के गर्नु ?”

खोरको ढोका खोलिदिए भुर्र उड्छन्  wedding tent for sale । दर्गुछन्, आफैँ ।

सक्दैनन्मान्दैनन् । अपाङ्ग छन् । जान्दैनन् क्वै ।

कामको कुरा गरौँ ।

दुईको सबा हिसाबले साटासाट पुरानो र नयाँबीच हुँदैन ?”

कहाँ हुन्छ ? चारको एक ।

त्यसरी नकस न तीनको एक ।

ल त भैगो, तर यो पटक नगद नि ।

ठीक छ । अनि कुनै खतरा ?”

क्यै छैन । मेरो काम पानी जस्तै सङ्लो छ । tents exhibition टक्र्याउनेलाई दस्तुर पुर्याईसकेको छु । यहाँले पनि बेलाबखत टक्र्याउन नर्बिसनू । चारो छर्दै गर्नुपर्छ । बेलामौकामा ।

नयाँ भित्र पस्छन् ।

पुराना बाहिरिन्छन् ।

आउनेजानेको क्रम चलिरहन्छ ।

गाउँमा

मेलाबाट

गोठालाबाट

घाँसदाउरा गर्ने जङ्गलबाट मासु बेपत्ता हुन्छन् ।

ब्वाँसो पल्केको छ ।

हराउँछन्

पारिवारिक तनावले थिचिएकाहरू

राम्रो लाउने रहर पाल्नेहरू

सहरिया जीवनको कल्पना हुर्काउनेहरू

प्रेम गर्ने प्रेमिकाहरू

साहूको ऋणले थिचिएकाहरू

लोग्ने बेपत्ता भएकाहरू

सौताबाट तनाव पाएकाहरू

जँड्याहा लोग्नेबाट दिक्क भएकाहरू

गाउँबाट हराएकाहरू खोरभित्र थुनिन्छन् । ड्याम्म !

भोलि बिदाको दिन । हामीकहाँ पाहुना आउँदै छन् । मालिकका पनि मालिक वडामालिक । अस्तिको हप्ता विदेशी पाहुना आएका थिए । त्योभन्दा पहिला कुर्सीवालापैसावालानामवाला दौँतरीहरू । साथीलाईदौँतरीलाई राम्ररी स्वागत गर्नुपर्छ । भान्छादेखि सबैतिर पूरै । हृदय अघान्जेलीको सत्कार । अतिथि देवो भवः ।

म मेरो मालिकको बस्तीभन्दा अलि परको मासुबजारमा पुग्छु । double decker tent म त्यो बाटो धेरै नै ओहोरदोहोर गर्नुपर्ने हुँदा धेरैले चिन्छन् । म जस्तै मालिकको अतिथि स्वागत गर्न सामग्री जुटाउन हिँड्ने ठिटाहरूसँग भेटघाट हुन्छ । रमाइलो गफ चलाउन पाइन्छ । उनीहरू पनि मासु बुकिङ गर्न हिँडेका । कुन राम्रो कुन नराम्रो हामी छान्छौँ । जिस्कन्छौँ पेटभरि ।

म सधैँ मोटे बगरेकै पसलमा पुग्छु । किन त्यहीँ पुग्छु त्यो मेरै मनले जानेको छ ।

म भोलिका लागि आएको । के छ ? दिन सक्छौराम्रो एकदमै राम्रो ।

अहिलेसम्म नराम्रो दिएको छु र ?”

छैन तर... अस्तिको त्यति राम्रो होइन । ठीकै भन्छु म त्यसलाई । तहनलागेको पाखे मर्जी भाथ्यो मालिकबाट । धेरै रिसानी भो । त्यो ठाउँबाट अब नल्या मर्जी भाथ्यो ।

कहाँ, झन् ताजा भनेर दिएको, पहिलापहिला सबै त्यस्तै त हो । ताजा त्यस्तै हो बानी नपरुन्ज्याल ।

हेर्दै घिनलाग्दो मलाई त, ... अनि मालिकलाई कस्तो लाग्दो हो । मालिकका साथीहरू के भन्दा हुन् ? आफैँ विचार गर न तर जे भए पनि म यहीँ आउँछु ।

तिमीले वचन दिएका छौ, ‘एक दिन उसलाई मेरो जिम्मा लाउँछुभनेर ।

ट्वाल्ल परेर हेरिरहेका थिए झ्यालबाट बलि भइसकेकाहरू । बलि हुने पालोमा परेकाहरू ।

भोलि कुनकुन पठाउँछौ देखाइदेऊ । अनि पो मालिकसँग बिस्तार गर्न सकिन्छ । सोधनी हुन्छ । मालिकसँग पनि हुन्छ होला सोधनी । साथीहरूबाट म मालिकको नोकर । मालिक पनि कसैको नोकर ।

ब्युटीपार्लरबाट दुईवटी आए, हातमा ठूलो झोला झुन्ड्याएर । म पनि उनीहरूसँग पछिपछि लागेँ भित्रतिर । पुरानो विश्वासिलो ग्राहक भएको हुँदा खोरसम्म पुग्न कुनै रोकटोक छैन मलाई । 

व्युटीसियनहरू आफ्नो काममा लाग्छन् । म आफ्नो उद्देश्यमा, मेरो उद्देश्य एक हेराइ आँखामा थुनेर उसलाई कैदी बनाउनु । थुन्छु आँखाभरि । सधैँझैँ आँखामा थुनेर सन्तोष लिन्छु । tents exhibition ऊ दुब्लाएकी रहिछ । अस्तिको हेराइमा भन्दा यस बेला पातलिएकी । म यहाँ हप्तामा कम्तीमा तीन पटक आउँछु पहिलोपल्ट बुकिङ गर्न । दोस्रोपल्ट लिन । तेस्रोपल्ट पु¥याउन । तीनैपल्ट म त्यो ढोकाअगाडि केहीबेर नअडिईकन फर्कन्न । मसँग धन छैन नत्र ..... ।

खोरभित्र थरीथरीका छन्

हिमाली÷पहाडी÷तराईली सबै रङका मासुहरू । यी सबै मासुहरू बगरेको तराजुमा जोखिएर ठाउँठाउँमा पुग्छन् । लुस्छन् मासुलाई, भक्षीहरू ।

देशका रक्षकहरू

घरका मालिकहरू, पाहुनाहरू, सतीसावित्रीका श्रीमान्हरू ।

सङ्घ/सङ्गठनका नेता, कार्यकर्ताहरू

बजारका साहूहरू, व्यापारीहरू, ग्राहकहरू

विद्यालयका गुरुहरू, चेलाहरू

मन्दिरका पुजारीहरू, भक्तहरू

बाटाका भिखारीहरू, बटुवाहरू .............

शाकाहारीमांसाहारी कोही कम छैनन् मासु लुछ्ने होडमा । मासु लुछिन्छ सम्पूर्ण रूपमा ।

म नोकर । मासु लुछिएका हड्डीहरू उठाएर बगरेकहाँ पुग्छु । हड्डीहरू आफ्नो बजारमा पुगेर पुनः मासु बन्छन् । मासु बनेर फेरि बेचिन्छन् अर्को ग्राहकसँग हड्डी । म हेरिरहन्छु मासु बन्नु र बेचिनुको चक्र । घुमिरहेछ यसै गरी ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |