हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

टोक्योमा टेकेका डोबहरु...

उमेश राई“अकिञ्चन”, (विराटनगर)

हृदयलाई दुई कुना बनाएर

छोडनु छ टोक्योमा टेकेका डोबहरु

 

टाढाटाढाका देशबाट एक्लाएक्लै आएर

एउटै परिवारका सदस्य वनेका तालिमे साथीहरु

अज्ञानताको समुद्रमा ज्ञानको डुंगा तार्ने प्रोफेसरहरु

हिड्दाडुल्दा भेटिएका जापानीहरुले बाँडेका

प्रेयसी अँगालोजस्तो आत्मिय आतिथ्यता

 

वुलेट ट्रेनको गतिसँगै

दौडने घडिका काँटाहरु

हत्केलाले छेकेर नछेकिने

सूर्यजत्रो उज्यालो बोकेर दौडिने

टोक्यो ट्रेनका यात्रीहरु

 

समुद्रको सौन्दर्य छेउ

हाँसिरहेको खुर्पेटो जून

उदियमान कलाकारले गाएका

सडक गीत

कलेज छेउमा फुलिरहेको साकुरा

टोक्यो शहरको उज्यालो जस्तै

साथीहरुका चम्किला सम्झना

जिन्दगी नामको रुमालमा

सवैसवै भरेर

फर्किनु छ

आफ्ना देश

हृदयलाई दुई कुना बनाएर ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |