हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हाउस वाइफ

होम बहादुर क्षेत्री, (दोहा, कतार)

यस महिलालाई
सबै थाहा छ
पिंजरा कस्तो हुन्छ
कस्तो हुन्छ यंत्रणागृहको दुःख

फगत थाहा छैन
कस्तो हुन्छ खुला आकाश
पखेंटा फिंजाएर उडनुमा के मजा छ

परिवारलाई
भोजन
संतानलाई माया
अनि लोग्नेलाई यौनतृप्ति
सबै नै कर्तव्य पुरा गर्छे ऊ
हाउस वाइफ.....
पाक घरको आगोमा पोलिन्छे ऊ

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |