हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

सरस्वती महर्जनको सम्झनामा - दुइ थोपा आँशु

बसन्त श्रेष्ठ , (भर्जिनिया, अमेरिका )

आयौ तिमी कहाँबाट त्यो कसैलाई भनेनौ

गयौ तिमी कता कता त्यो पनि कसैलाई भनेनौ

तर यस जगतमा आई यो कस्तो खेल रचायौ

सम्झी सम्झी तिमीलाई, आँशु झार्ने बनायौ

 

मानब जीबनको अन्तिम प्रस्थान बिन्दु हो मृत्यु “ l जो सत्य छ, सास्वत छ अनि अपरिहार्य छ मृत्युको कुनै निश्चित अबधि, सिमा र आयु पनि हुदैन l मानब जीवनले नचाहेको, नसोचेको र नखोजेको पनि यहि मृत्यु नै हो l

हिन्दु धर्मले मृत्युको बारेमा भनेको छ जातस्यही ध्रुबो: मृत्यु धुर्बम जन्म मृतस्यच: अर्थात् सबै जन्मेकाको मृत्यु र मरेकाको जन्म निस्चित्त छ l

गीतामा मृत्युको बारेमा लेखिएकोछ ब्बांससी जिर्न्नानी यथा बिहाय नान्यानी सन्यति नरोपरानी अर्थात शरीर परिबर्तनलाई पुराना पात झरेर नया आउन पर्खे झैं अझ पुराना बस्त्र बदलेर नया धारण गरे झैं भनेको छ l

बौद्ध धर्मले मृत्युको बारेमा भनेको छ मृत्यु जीबनको अन्त्य होइन यो त केवल यो जीबनमा बास बस्ने त्यो शरीरको मात्र अन्त्य हो l
संसारका बिभिन्न धर्मले मृत्युको बारेमा आ-आफ्नो दृष्टिकोण राखेता पनी श्रष्टा र विचारकहरुले मृत्युलाई अगम्य, उच्च,हितकर र अन्तिम गन्तब्य ठानेका छन l

 

बिश्वबिख्यात साहित्यकार विलियम शेक्सपियरले एज यु लाइक इटमा लेखेका छन -

 

यो संसार एक रंगमंच हो
अनि सारा नर नारी केवल अभिनेता
तिनीहरुको प्रवेश हुन्छ र बहिर्गमन हुन्छ
प्रत्येकले अनेक भूमिका खेल्छन
उसले सात वटा आयुमा
आफ्नो अभिनय पुरा गर्दछ l

 

यही प्राकृतिक नियमलाई आत्मसात गर्दै ईस्वि सम्बत १९६८ सालमा ललितपुर नेपालमा जन्म भै अमेरिकालाई कर्म भूमि मानेका सरस्वती महर्जन सेप्टेम्बर २१ तारेख २०१३ साल असामयिक निधन भै परमात्मासंग लिन हुन पुगे |

जीबन रहस्यमय गुफा रहेछ -उनको छोटो जीवनको परिधिलाई हेर्दा मलाई यस्तै लाग्छ |

उनको जीबन यति छोटो लेखिएको रहेछ विश्वास नै हुदैन |

जीबनलाई संधै उत्सब झैं मनाउने, परोपकारी, दानी र सामाजिक उत्तरदायित्व बहन गर्ने उनको आत्म विश्वास उनमा बिद्दमान थियो भन्ने मेरो उनिप्रतिको निर्क्यौल हो |

रोगको निदान भैसके पछि मैले संधै उनीलाई सम्झाई रहन्थें रोग त एक कारण हो साध्य हुन सक्दैन | त्यसलाई त बाच्ने प्रबल ईच्छाशक्तिले जित्न सक्नु पर्छ भन्थेँ | उनी सहि थाप्तिन र लाग्थ्यो रोगलाई जित्न धेरै कोशिस गर्दैछिन | तर रोग भीमकाय पहाड जस्तो बिशाल वृक्षको  हाँगाबिंगा सर्बत्र जरा बनेर फैलिसकेछ उनको जीबनमा | हर कोशिस हर प्रयत्न विफल बन्दै गयो | क्यान्सर जस्तो बिषालु रोगसंग लड्नु त्यति सजिलो थिएन | र अन्तमा जीबन भन्दा मृत्यु गहन, अगम्य र आत्मसात गर्नु अनिबार्य छ भन्ने उनको अन्तिम निर्णय नै यहि आजको परिणामको प्रतिफल हो भन्ने कुरामा म बिस्वस्त छु |

आज भन्दा दश बर्ष अघि अमेरिका आइपुगेकी सरस्वती महर्जनको पूर्ण जीबन सामाजिक सेवा, परोपकारी भावना, दयालु र अति सहयोगीको निचोड हो भन्ने मेरो ठम्याई छ | अमेरिकाको संघर्षमय जीबनमा आफ्नो शिप, जाँगर र कार्य कौशलताको पूर्ण उपयोग गरेर थुप्रै बर्ष देखि आफ्नी निजी ब्यबसाय "सारा ट्राभेलस" संचालन गरेर जीवनको अरु सफलता प्राप्त गर्ने खुड्किला उक्लदै थिईन | परदेशी जीवनका संघर्षमय शुरुका दिनहरुसंग एक्लै लड्दै आफ्नो परिवारलाई प्रवासमा उचित व्यबस्था गरि बाँच्ने आधार बिकास गर्नु र भावी जीबन यात्राकोलागि सुगम रुपरेखा तयार गरिदिन सक्षम हुनु उनको जीवनको पूर्ण सफलताको कडी हो भन्ने मलाई लाग्दछ | आफ्नो जीवनको प्रारम्भिक चरणमा नेपालमा महिला साक्षरताको लागि प्रौढ शिक्षा संचालन गर्ने, टुहुरो बाल बालिकाको शिक्षाको लागि आफ्नै पहलमा "जन कल्याण केन्द्र"को स्थापना गर्ने कार्यले गर्दा लाग्छ उनको जीवनका शुरुका यामहरु पूर्ण सामाजिक सेवामा समाहित भएको छ | यस्तै सामाजिक कर्मलाई नै अझ परिस्कृत र बिकसित बनाउन उनी थुप्रै पटक जापानको भ्रमणमा रहेको र अमेरिकाको भ्रमण पनि यसै उद्देश्यकोलागि भएको प्रष्ट हुन्छ | यसरि  जीवनको छोटो परिधिमा पनि उनले गरेको थुप्रै सामाजिक योगदानले उनलाई अमर बनाएको छ |

सरस्वती, तिमीले मलाई संधै सत्कर्म र परोपकारी भावनाको जीवन किन छिटो हार्नु पर्ने भनेर पटक पटक सोध्ने गरेको प्रश्नको उत्तर - म आज यसरि दिईरहेछु | सत्कर्म र सत्कार्य ले त जीबनलाई अमर बनाउछ, ज्ञान गुणको वृद्धिले जीबनमा बुद्धत्व प्राप्त गर्न सकिन्छ तर जीबन जित्न सकिन्न | यो जीबन र जगतको साश्वत नियम हो | त्यसैले तिम्रो सत्कार्य र सत्कर्मले तिम्रो जीबन अमर भएर रहेको छ |

जीबन भौतिक गुणले सम्पन्न क्षयशील पदार्थ हो l नाशवान र क्षयशील भएकै कारणले यसको महत्व छ l त्यसैले प्राप्त भएको जीवनलाई हरकोणबाट सार्थक, उदेश्यमुलक र सामाजिक हितको लागि खर्चन सक्नु नै हाम्रो जीबनको मूल उद्देश्य हो र हुनु पनि पर्छ l तिमीले समाजकोलागि गरेको यही शिक्षा नै जीबनको सार-तत्व हो l   

उनको अभाबले हामीले एक साहसी, संघर्षशील र उदारमना परोपकारी व्यक्ति गुमाएका छौं | उनका छोरा सयुज र श्रीमान सुनिलले एक ममतामयी माता र अपार मायाको भण्डार रित्तिएको महशुस गर्नेछ | जो स्वाभाविक जीवनको एक प्रक्रिया हो | जसलाई आत्मसात गर्नको लागि  सहन गर्न सक्ने शक्ति र साहसकोलागि म कामना गर्दछु |

सरस्वती - तिम्रो आत्माको चीर शान्तिको भगवानसंग हृदय देखि नै प्रार्थना गर्दछु |

  

०९/२२/२०१३

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |